Listen Our Online Radio









~~~~~~~~~~~~~~~~~~~~~~~~~~#बिषयसुची #~~~~~~~~~~~~~~~~~~~~~~~~~~

गजल (416) मुक्तक (290) कविता (93) चुटकिला (85) मुक्तक माला (74) nepalimp3 (57) मुक्तक दोहोरि (51) Nepali News (31) मुक्तक दोहोरी (27) हिजो - आज (26) funny picture (23) नेपाली खित्त्का (21) अचम्म संसार (20) साहित्य (17) News (15) गीत (13) दोहोरि (13) हाँस्य-व्यंग्य (13) nepali radio (11) jokes (10) आज देशमा (10) फेसबुके स्टाटस (10) साहित्य समिक्षा (10) Fun (9) converter (9) प्रहार (9) सायरी (9) हाइकु (9) knowledge (8) muktak sarobar (8) mynepal (8) sports (8) कथा (8) सिन्का (8) football (7) ब्यङ्ग्य (7) भावना (6) भाषा/साहित्य (6) लेख (6) आफ्नो कुरा (5) कमिडी (5) जान्नैपर्ने कुराहरु (5) प्रेम (5) सिक्ने ठाउँ (5) मुक्तक दोभान (4) साहित्य सरगम (4) Artist (3) E-Book (3) Facebook (3) blogger tips (3) केस्रा (3) जीवन (3) जीवनी (3) बहकिने मन (3) सूचना (3) Anroid apps (2) facebook posts (2) featured (2) nepali videos (2) software (2) गजल सुधा (2) तपाइँप्रति (2) नाटक (2) प्यारोडी (2) माया के होला (2) मुक्तक दोहोरी रेडियो कार्यक्रम (2) लघुकथा (2) समालोचना (2) सामान्य ज्ञान (2) साहित्य दर्पण (2) स्मृतिका पानाहरु (2) SMS (1) advertisement (1) general (1) nepali film (1) nepali patro (1) system (1) कोशेली (1) गजल गंगा (1) गजल गुन्जन (1) गेडी (1) फोटो गज़ल (1) भलाकुसारी (1) मनोवाद (1) मुक्तक डायरी (1) राशिफल (1) रेडियो कार्यक्रम (1) लिखित अन्तरबार्ता (1) संगीत (1) संवाद (1) साबरी (1) सामुन्द्रिक छल्का (1) साहित्य संगम (1) हास्यव्यङ्ग्य (1)
Home » » चुकुप्रकाश १२ औं मुक्तक दोहोरीमा बिनोद लिम्बुले पठाउनु भएको केहि मुक्तक दोहोरि [ लिम्बु र साथीहरु ]

चुकुप्रकाश १२ औं मुक्तक दोहोरीमा बिनोद लिम्बुले पठाउनु भएको केहि मुक्तक दोहोरि [ लिम्बु र साथीहरु ]

चुकुप्रकाश साहित्यिक अनलाइन पत्रिकाको आयोजनामा Chukuprakash Muktak Dohori को फेसबुक वालमा  संविधान विशेष १२ औं  मुक्तक दोहोरी सम्पन्न भयो  | जहाँ  १६३ जनाको सक्रिय भूमिका रहेको थियो भने लाखौँ साहित्यकारहरु प्रभावित भए | दोहोरीमा ३१५० मुक्तक रहेको थियो |

हजारौं मुक्तक बीचबाट  बिनोद लिम्बुले आफ्ना केहि मुक्तक संकलन गरि  हामीलाई पठाउनु भएको यो मुक्तक दोहोरी :


Dilu
नेता तिमीहरूको यो मिली भगतले
लगाउदैछ लोभी नजर सारा जगतले
बनाएनौ भने संविधान यसपाली पनि
सराप्ने छ तिमीलाई शहीदको रगतले
विनोद,,
हाम्रो कामलाई यो भन्दा अब्बल बनाउछौँ
एउटा सुन्दर कानुनको महल बनाउछौँ
हामीलाई जनताले साथ मात्र दिए हुन्छ,
हेरि राख्नुस् संविधानलाई सफल बनाउछौँ ।
Dilu
खै त हजुरहरूको जहिले पनि रात हुन्छ,
हुने विरूवाको त पहिले चिल्लो पात हुन्छ।
संविधान बनाउने कति दियौ मौका हामीले,
हजुरहरूको त जहिल्यै खस्रो बात हुन्छ ।
विनोद,,,
जनताको अधिकार बताउने सुरमा छौँ,
अन्याय र भ्रष्टचारलाई सताउने सुरमा छौँ
आउनुस् हाते मालो गरौ हामीसंग अब
सडक र सदन दुबै तताउने सुरमा छौ ।
Dilu
हामी जनतालाई झुक्काउने बानी सुधार्नुस्,
संविधान बनाउदा गर्ने आनाकानी सुधार्नुस्
हामीले साथ आफ्नो रगत सधै दिएकै हौ
पहिला त नेता ज्यूँ, त्यो बैमानी सुधार्नुस् ।
यस्तो सुन्दर सवालको जवाफ मैले दिन सकिनछु कारण हजारौ सवालजवाफ comment मा उहाँको यो जवाफ कुहिरो भित्रको काग जस्तै भएछ। मैले त्यो बेला हेरे तर त्यहानीर आखा पुगेनरहेछ - बिनोद 

त्यस्तै त्यहीभित्रको अर्को दोहोरी 

Raj yk बाट सुरू भएको यो दोहोरी
Raj yk
ल्याउनेछु माघ ८ मै संविधान बोलेर,।
अतीत भुली वर्तमान पाउनुपर्छ घोलेर।
चारैतिर हरीयाली हाम्रो देशमा छाउनेछ,
बन्छ हकहीत हांस्नुपर्छ दिलै खोलेर ।
के आधार छ संविधान आउछ भनेर,
मिति सार्दै गर्छ आह्वान आउछ भनेर
भोलि भोलि भन्दै यहाँ युग वितिसक्यो,
अझै लगाउदैछौँ रतान आउछ भनेर ।
जनतालाई आश देखाउनै पर्छ
लागि परेकैछु संविधान लेखाउनै पर्छ
विश्वास दिलाउछु माघमै आउछ संविधान
सारा जनताको आश साच्चै मेटाउनै पर्छ ।
Raj yk
हामी हरायौ ईतिहास हरायो
पुर्खाको सपना पारी तरायो
नेता आयो गयो कुम्ल्याएर
ऊ धनी भो सदनमा करायो ।।
सुजन क्षितिज
अब नया संविधान आउदैछ
दहरू सबै बैठक धाउदैछ
जति कुम्ल्याउनु थियो उस्ले
फरक संविधान अब बन्दैछ।
विनोद,,,
सत्तामा पुगेपछि देश चलाउछु भन्छन्
सुन्दर शान्त र विशाल बनाउछु भन्छन्
बन्दैन भने निती र नियम हाम्रै कठघरामा,
जारी संविधान पुरै जलाउछु भन्छन् ।
सुजन क्षितिज
हाम्रो देशमा हकहीत संविधान ल्याउनैपर्छ,
६०१ मिलेर सुन्दर शान्त नेपाल बनाउनै पर्छ
अत्याचार जात भात बलात्कारी शोषणलाई
सारा जनताले आवाज उठाइ जलाउनैपर्छ ।
विनोद,,,
जनताले बाच्न सक्ने विधान चाहीयो भन्छन्,
बोल्ने खाने सबको पहिचान चाहीयो भन्छन्
सयौ भाषा संस्कृतिको माग छन् हजारौ
पुर्बेलीलाई छुट्टै एउटा लिम्बुवान चाहीयो भन्छन् ।
Share this article :

No comments:

Post a Comment

Total Desktop view for chukuprakash

number of visits track
Now online in this blog

NOW IN NEPAL..
Please follow me at my Personal facebook ID. Follow Me at chukuprakash's twitter account.
 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger