Listen Our Online Radio









~~~~~~~~~~~~~~~~~~~~~~~~~~#बिषयसुची #~~~~~~~~~~~~~~~~~~~~~~~~~~

गजल (416) मुक्तक (290) कविता (93) चुटकिला (85) मुक्तक माला (74) nepalimp3 (57) मुक्तक दोहोरि (51) Nepali News (31) मुक्तक दोहोरी (27) हिजो - आज (27) funny picture (23) नेपाली खित्त्का (21) अचम्म संसार (20) साहित्य (17) News (15) गीत (13) दोहोरि (13) हाँस्य-व्यंग्य (13) nepali radio (11) jokes (10) आज देशमा (10) फेसबुके स्टाटस (10) साहित्य समिक्षा (10) Fun (9) converter (9) प्रहार (9) सायरी (9) हाइकु (9) knowledge (8) muktak sarobar (8) mynepal (8) sports (8) कथा (8) सिन्का (8) football (7) ब्यङ्ग्य (7) भावना (6) भाषा/साहित्य (6) लेख (6) आफ्नो कुरा (5) कमिडी (5) जान्नैपर्ने कुराहरु (5) प्रेम (5) सिक्ने ठाउँ (5) मुक्तक दोभान (4) साहित्य सरगम (4) Artist (3) E-Book (3) Facebook (3) blogger tips (3) केस्रा (3) जीवन (3) जीवनी (3) बहकिने मन (3) सूचना (3) Anroid apps (2) facebook posts (2) featured (2) nepali videos (2) software (2) गजल सुधा (2) तपाइँप्रति (2) नाटक (2) प्यारोडी (2) माया के होला (2) मुक्तक दोहोरी रेडियो कार्यक्रम (2) लघुकथा (2) समालोचना (2) सामान्य ज्ञान (2) साहित्य दर्पण (2) स्मृतिका पानाहरु (2) SMS (1) advertisement (1) general (1) nepali film (1) nepali patro (1) system (1) कोशेली (1) गजल गंगा (1) गजल गुन्जन (1) गेडी (1) फोटो गज़ल (1) भलाकुसारी (1) मनोवाद (1) मुक्तक डायरी (1) राशिफल (1) रेडियो कार्यक्रम (1) लिखित अन्तरबार्ता (1) संगीत (1) संवाद (1) साबरी (1) सामुन्द्रिक छल्का (1) साहित्य संगम (1) हास्यव्यङ्ग्य (1)
Home » » नेपाली कविता : शीखर चुम्न लम्किरहेछौं भन्दिनु [ सर्जक : राजेश चोच्छे / धुलिखेल [

नेपाली कविता : शीखर चुम्न लम्किरहेछौं भन्दिनु [ सर्जक : राजेश चोच्छे / धुलिखेल [

'शीखर चुम्न लम्किरहेछौं भन्दिनु'
-------- राजेश चोच्छे, धुलिखेल ।
- - - - - - - - - - - - - - - - - - - - -
स्वच्छ पवित्र बागमति भई बग्नुपर्थ्यो
दुर्गन्धित टुकुचा भई बगिरहेछौ
कंचन सलल बगेको भए राम्रै हुन्थ्यो
कचडामैलाका डंगूर छिचोल्दै
कनिकुथि हिंडिरहेछौ
सदियौं पुरानो इतिहास बोकेको तिमिले
मरन्च्याँसे अवरोधहरुमा नअल्मलिई
ठूला खोला हुँदै हिन्दमहासागरसम्म
मेरो हिमालको सुगन्ध पुर्याउनुपर्छ
मेरो चन्द्रागिरीका गुराँसहरुको मगमग
अनि मेराे धरोहरहरुको निम्तो बाँड्नुपर्छ,
सात समुन्द्रपारीका देहातहरुमा
मेरो सगरमाथाका गाथाहरु
मेरो वुद्धका सन्देशहरु सुनाउनुपर्छ
तिमिले केवल राम्रा पक्षको
बखान मात्र हैन
नाक थुनेर फोहर कुल्चँदै हिंडेका भद्रहरु
सत्ताकृडामा मग्न साइज साइजका जुँगाहरु
रोल्पाको सतिसालले आँशुझार्दै नियालेको
फगत क्रान्तिकारी
रोमान्सहरु पनि ओकल्नुपर्छ
नयाँ वर्षको आगमनसंगै
नवीन ऊर्जाले ओतप्रोत
नवप्रवेशी कविका भावनाहरु,
सुनकोशी वगरका ढंुगाहरुमा बासबस्न
ढिँडो मस्काउँदै गरेका
ढाक्रेदाईका कथाहरु
गोलीका छर्राहरु, आगोका मुस्लाहरु
ग्रिनेड र सकेटहरु
अहिले सबै शान्त छन्
त्यसैले संसारका
सौन्दर्यपारखी आँखाहरुलाई
मेरा चम्कीला शीखरमात्र हैन
त्यसैको मन्तिर सुक्सुकाइरहेको
उजाड झुपडी पनि छ भन्दिनु,
मेरो शहरमा मन्दिर देवलमात्र हैन
बागमति किनारमा थुप्रै
सुकुम्बासी मनहरु पनि छ भन्दिनु,
मेरो देशमा काठमाडौं र पोखरामात्र हैन
जाजरकोट, रोल्पा र रुकुमका
सिटामोलसम्म नपाइने थुप्रै
अनकन्टार गाउँहरु पनि छ भन्दिनु,
शहरमा रातो कपालमा मस्किंदै हिंड्ने
सान्नानीहरुका आडम्बर हाँसोमात्र हैन
विकट वस्तीहरुमा
भाई खेलाउनकै निम्ति
पाठशाला नजाने
थुप्रै छोरीहरु पनि छ भन्दिनु
तिमिले सुनाउँदा
भाँति पुर्याएर बेलिबिस्तार लाउनु
युग परिवर्तन गर्छु भन्ने क्रान्तिहरु,
धर्ती उलटपुलट पार्छु भन्ने
बारुदका गर्जनहरु,
भूकम्प बनि मुलुक हल्लाएकाे
जनयुद्ध मात्र हैन
एक्लो सहारा गुमाएकी
रोगी आमाको रोदन
जवानीमै सिन्दूर पुछिएकी
घाइते मनमायाको चित्कार
अनि पिठो ल्याउने बाबु गुमाएका
टुहुरो बालकको कथा पनि सुनाउनु
बेथिति र वेदनाका अवरोधहरु पन्छाउँदै
हामी निरन्तर
शीखर चुम्न लम्किरहेछौं भन्दिनु
हाम्रा नाइकेहरु, हाम्रा चालकहरु
सिंगो राष्ट्रलाई
गतिशीलताको डगरमा डोर्याउने
फगत नाटकको रिहर्सलमा ब्यस्त छन्
हामी सोझा जनता
दासताका / कमैयाका जंजीरहरु चुँडालेर
शोषणका / कमलरीका महाजालहरु च्यातेर
छाऊपडी जस्तो कुप्रथाको
गोठ भत्काउने प्रण गर्दै
एकमुठी राष्ट्रियता छातिमा भिरेर
थकाईले लखतरान
थर्थराएका पिँडौलासंगै निरन्तर
शीखर चुम्न लम्किरहेछौं भन्दिनु ।।।
हाल - जोरपाटी, काठमाडौं ।
Share this article :

No comments:

Post a Comment

Total Desktop view for chukuprakash

number of visits track
Now online in this blog

NOW IN NEPAL..
Please follow me at my Personal facebook ID. Follow Me at chukuprakash's twitter account.
 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger