Pages

Home » » मुक्तक दोहोरी : पुरन वियोग र भगवती लामा बीच

मुक्तक दोहोरी : पुरन वियोग र भगवती लामा बीच


पुरन वियोग र भगवती लामा 
पुरन बियोग
सबैको कुरा यहाँ खास गर्नु पर्छ
कसैबाट केहि पाउने आश गर्नु पर्छ
भगवती जि तपाई हामी सबै मिलेर
मुक्तकको अब बिकास गर्नु पर्छ

भगवती लामा
मुक्तकमा कुन बिषय राख्ने सोचेर भन्नु होला
धेरैले के चाहान्छन यहाँ रोजेर भन्नु होला
चिने जानेका मुक्तकिला मनहरुलाई पनि
लौन ?? के गर्ने होला भनि सोधेर भन्नु होला


पुरन बियोग
दुबै मिलि साहित्यमा खुशी छरौला
मर्नु परे बरु दुबै जना संगै मरौला
ढुक्क हुनु भगबती जि म अबश्य साथ दिन्छु
कहिले देश कहिले मायाका कुरा गरौला

भगवती लामा
रोई रहेको देशको कुरा के गराई भो र
चिन्या छैन पिरतीमा के हेराई भो र
जे पर्ला मुक्तक लेखिन्छ लेख्न चाँहि
तर पुरन जि संगै के मराई भो र

पुरन बियोग
देश रोएनी हामी केहि गर्न सक्छौ
सबैको ओठमा हाँसो खुशी छर्न सक्छौ
के भर भाग्यको खेल न हो भगवती जि
संग संगै बाँच्न अनि संगै मर्न सक्छौ

भगवती लामा
जे गरे पनि देश बिगार्ने राक्षस मार्न सक्दैनौ
फर्कि न आऊ भनि सात समुन्द्र तार्न सक्दैनौ
हो बरु पिरतीको बाटो खनेर हिडौ एकैसाथ
जित होला संधै भरि कहिल्यै हार्न सक्दैनौ

पुरन बियोग
त्यो बस्तीमा गएर बाँच्नु छ हामी
संधै संगै रहेर बाँच्नु छ हामी
हुन्छ चोखो माया पिरती गाँसेर
हाँसी खुशी भएर बाँच्नु छ हामी

भगवती लामा
जहाँ पनि पिरतीको खोइरो खन्ने भेटिन्छन नि
हुंदा आफ्नो नहुंदा पराई बन्ने भेटिन्छन नि
आफ्नो गाँऊबाट निक्कलिएर बसाई सर्दा
ठुलो भाग खान गाको भन्ने भेटिन्छन नि

पुरन बियोग
म संग जे छ त्यही तिमीलाई दिँउला
तिर्खा लाग्दा पानी संग संगै पिउला
अरुले यहाँ जे गर्छन गर्न देऊ भगवती
तिमी र म संधै हाँसी खुशी जिउला

भगवती लामा
अरुको नजरबाट गिरेर बाँच्ने कसरी
बैमानीको संज्ञा भिरेर बाँच्ने कसरी
भन्नु हुन्छ हजुर माया हो सबथोक
ईष्टसँगको सम्बन्ध चिरेर बाँच्ने कसरी

पुरन बियोग
ईष्टसंगको सम्बन्ध गाँस्न सक्छौ हामी
रुने छैनौ संधै भरि हाँस्न सक्छौ हामी
आत्मबिश्वासका साथ अगी बढौ भगवती
संधै भरि खुशी भएर बाँच्न सक्छौ हामी

Comment Us !!

Share this article :

No comments:

Post a Comment

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger