Pages

Home » » मुक्तक दोहोरी : पुरन वियोग र सरला नेपाल बीच

मुक्तक दोहोरी : पुरन वियोग र सरला नेपाल बीच

पुरन वियोग र सरला नेपाल
भुमिका
पुरन बियोग (मालिक)
सरला नेपाल (नोकर )

पुरन बियोग
जिन्दगीका दुख पिडा फाल्न पाए हुन्थ्यो
प्रगतीका पाईला हरु चाल्न पाए हुन्थ्यो
ठुलो महल बनाएर झारु पुछा लाउने
एउटा गतिलो नोकर बसाल्न पाए हुन्थ्यो

सरला नेपाल
घरको फोहोर मैला फाली बस्ने छु
हजुरको दुख पिडा अङगाली बस्ने छु
घरको नोकर मलाई राख्नु भयो भने
यो भब्य महल अब सम्हाली बस्ने छु


पुरन बियोग
त्यहाँ बाट यहाँ आउन सक्छेऊ र 
मेरो मन मुटूमा छाउन सक्छेऊ र 
महल धेरै ठुलो छ हेर सरला मेरो 
त्यो महलमा झारु पुछा लाउन सक्छेऊ र 

सरला नेपाल 
हजुरको घरमा जब दिनु पर्यो
सुबिधा मलाई सब दिनु पर्यो
जत्रो महल भए पनि काम गर्छु
मैले मागे जति तलब दिनु पर्यो

पुरन बियोग
खोजे जस्तो आज नोकर पाईयो
संगै बसी मःम चाउमिन खाईयो
हुन्छ म तिमले भने जति पुरै दिन्छु
बरु भन तिमलाई कति तलब चाईयो

सरला नेपाल
दुबै जना मिली गरौ सहमति
हजुरलाई दिन मन लाग्छ कति
गरिबलाई हजुर न पारी मारमा
दिनु होला हजुरले मन लागे जति

पुरन बियोग
त्यो हुदैन बरु घरी घरी माग्नु
काम गरे पछि मन परि माग्नु
थोरै दिए रिसाउली धेरै दिए मात्यौली
त्यसैले तिमीले फिक्स सेलरी माग्नु

सरला नेपाल
पहिला मैले काम गरेसी हजुर
काम गरेको महिना मरेसी हजुर
तलबको कुरा पछि नै गरौला
पैसाको आबश्यक्ता परेसी हजुर


पुरन बियोग
तिमी संधै फुर्ति मात्रै लाऊ छेऊ
आबश्यक्ता परेसी पैसा पाऊ छेऊ
हुन्छ तिमले जे भन्छेऊ त्यही मान्छु
भन कहिले काम गर्न आऊ छेऊ

सरला नेपाल
तलब दिन झमेला नगर्नु होला
नोकर भनि हेला नगर्नु होला
भोली बिहान आउने छु बसपार्कमा
लिन आउन अबेला नगर्नु होला

पुरन बियोग
के लाऊ छेऊ नाडीमा तिमी आफै भन
कस्ती देखिन्छेऊ साडीमा तिमी आफै भन
भोली बसपार्कमा लिन आउदा तिमलाई
पैदल आउकी गाडीमा तिमी आफै भन

सरला नेपाल
हजुरको ईच्छा जे मा आए पनि
लिनुस परिक्षा जे मा आए पनि
जसरी नि मलाई काम दिनु होला
दिनुस जागिर भिक्षा जे मा आए पनि

पुरन बियोग
तिमीले सक्ने जति काम दिने छु
बिहानी पखको न्यानो घाम दिने छु
हुन्छ तिमलाई लिन म गाडीमा आऊला
नाम दिनेछु अनि ईनाम दिने छु
Share this article :

No comments:

Post a Comment

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger