पुरन बियोग
छोडि हिडे प्रदेशमा जन्म घर आमा
तिमलाई खुशी बनाउने छ रहर आमा
यहाँ धेरै भयो प्रदेशमा रुंदै बसेको
के कस्तो छ घरको हाल खबर आमा
लक्ष्मी बादल
तिमी टाढा गए देखी खुशी छैन गाँउमा
तिमी प्रदेशी भए देखी खुशी छैन गाँउमा
शुन्य लाग्छ गाँऊ घर जसो तसो बाँचेकी छु
तिमी मुग्लान रहे देखि खुशी छैन गाँउमा
पुरन बियोग
घरी घरि तिम्रै सम्झना आउछ आमा
यि मेरा आँखा संधै रसाउछ आमा
आफन्त बिनाको यो बिरानो गाँउमा
संगी साथी गाँउको यादले सताउछ आमा
लक्ष्मी बादल
फर्क बाबु अब आफ्नै गाँउमा केही गर्नु पर्छ
जे जाने छौ अब आफ्नै ठाँउमा केही गर्नु पर्छ
म बुढीको के भर छर अस्ताउछु कुन दिन
आऊ बाबु अब आफ्नै नांउमा केही गर्नु पर्छ
पुरन बियोग
यहाँ बस्ने मेरो मन थिएन आमा
ईश्वरले दुःख पिडा लिएन आमा
अर्को पाली तिहारमा पक्कै आउने छु
यसपाली साहुले छुट्टी दिएन आमा
लक्ष्मी बादल
पैसा मात्रै सबै कुरा हैन हेर छोरा
अब मेरो बाँच्ने दिन छैन धेर छोरा
मर्ने बेला एकचोटी मुख देख्न पाए हुनी
आइज बाबु गाँउमा खुशी चैन लेर छोरा
पुरन बियोग
सक्दिन ठाँऊ चिन्न म के गरु आमा
अनि सबै खुशी किन्न म के गरु आमा
गाँऊ आउने अहिले नै रहर छ मेरो
पापी साहुले छुट्टी दिन्न म के गरु आमा
लक्ष्मी बादल
छोड बाबु त्यहाँ काम आऊ आफ्नै गाँउमा
साथी संगी संग प्रित लाऊ आफ्नै गाँउमा
तिमी आए आउछ छोरा सारा गाँउको खुशी
जिद्दी नगर टेक छोरा पाऊ आफ्नै गाँउमा
पुरन बियोग
अब तिनी कुरा गर्ने हैन आमा
मलाई त्यस्तो गाह्रो छैन आमा
पासपोट साहुले नै राखेको छ
भागेर आउनलाई मिल्दैन आमा
लक्ष्मी बादल
आमा भन्दा पनि तिमलाई काम प्यारो लाग्छ भने
माया ममता भन्दा पनि दाम प्यारो लाग्छ भने
केही भन्नु छैन छोरा जे मन लाग्छ त्यही गर
नेपाल भन्दा नि बिदेश कै नाम प्यारो लाग्छ भने
पुरन बियोग
अब छिट्टै घरमा आउने छु आमा
दुई पैसाको भरमा आउने छु आमा
दुःख भुल्दै रुन छोड्दै खुशी भएर
म रहरै रहरमा आउने छु आमा
लक्ष्मी बादल
तेसो भए तिम्रै बाटो हेर्दै बस्छु छोरा
थोरै खुशीको सास फेर्दै बस्छु छोरा
भाई बैनी बाबा अनि अरु धेरै खुशी छन
तिमी आउने दिन मनमा केर्दै बस्छु आमा
पुरन बियोग
चोखो माया लाउन आउदै छु आमा
खुशी मनमा छाउन आउदै छु आमा
ढिडो सिस्नो खाएर आफ्नै देशमा
पसिना बगाउन आउदै छु आमा
Home »
मुक्तक दोहोरी
» मुक्तक दोहोरी : पुरान वियोग र लक्ष्मी बादल बीच
मुक्तक दोहोरी : पुरान वियोग र लक्ष्मी बादल बीच
Posted by
Prakash blog store
यो पनि हेर्नुहोस् [See this one also]
Labels:
मुक्तक दोहोरी
Please follow me at my Personal facebook ID.
Follow us at our Facebook page.
Follow Me at chukuprakash's twitter account.
Follow @chukuprakash
No comments:
Post a Comment