गजल
चढ्न त एक्लै चढें त्यस्ता खुड्कीला पनि
पक्कै थिएनन् घुम्ति तेती सजीला पनि
उ खरायो हूँ भन्दै उफ्रदै थ्यो बाटोमा
म कछुवा कै चालमा भएथें ढीला पनि
संयमित् बनिरहें समयको पीडामा
चाखें ति भोगाइका स्वाद अमिला पनि
खारें तपनमा धेरै र गालें साधनामा
हो पसीना र आँसू हुन्छन् नूनीला पनि
छोड्दैन भमराले फूलहरु मात्र चूसी
बासनाको आखेट बन्छ कोपिला पनि
सागर भण्डारी "बिभोर"
पाल्पा दर्पुक एक
नेपाली गजल : चढ्न त एक्लै चढें त्यस्ता खुड्कीला पनि [ सर्जक : सागर भण्डारी "बिभोर"]
Labels:
गजल
Please follow me at my Personal facebook ID.
Follow us at our Facebook page.
Follow Me at chukuprakash's twitter account.
Follow @chukuprakash
Subscribe to:
Post Comments (Atom)
Total Desktop view for chukuprakash
Please follow me at my Personal facebook ID.
Follow Me at chukuprakash's twitter account.
Follow @chukuprakash
No comments:
Post a Comment