Pages

Home » » प्रकाश पाठक"योगि" का २ नेपाली गजल

प्रकाश पाठक"योगि" का २ नेपाली गजल

गजल  १ 
बगाउदै आशुको खोलि उनि गईन !!
भिजाई आफ्नो गह्को चोलि उनि गईन !

बोल्न सारै कठिन भयो, त्यो पलमा
बध्यताले चढेर डोलि उनि गईन !!

गह भरि आशु ,समझना मुटू भरि
लुकाउदै मिठास बोलि उनि गईंन !!

पत्तो नपाई समयले घात् गरेपछि
आशु बाटै खेलेर होलि उनि गईन !!

हात हल्लाउदै बिस्तारै उ गएपछि
लागेझै भो छातिमा गोलि उनि गईन !!


गजल  २ 
बन्दैन देश नेता हरू लाई नालापानि नकटाए सम्म
पक्कै पनि देशका धुताहरू लाई धुलो नचटाए सम्म !!

लौ हेर देश डुबि सक्यो,पत्तो छैन कसैलाई रति पनि
पाउदैनन् भोट गुंडा र आवारा गाऊमा नखटाए सम्म !!

नेपाल आमा चैनको सास फेर्दिनन् तबसम्म महोदय
जबसम्म ई नेताहरूलाई देशबाट नहटाए सम्म !!

सबै आ-आफ्नो भुडि भर्न तम्तयार भएर बसेका छन
देस्को उन्ति हुन्न एक-एक गरि ईन्लाई नघटाए सम्म !!

कानमा तेल हालेर आनन्दले निदाउने छन् ईनिहरू
हिमाल,पहाड,तराईबाट एक्कै स्वरमा नभटाए सम्म !!

प्रकाश पाठक"योगि"
चितवन
हाल=चेन्नई
Share this article :

No comments:

Post a Comment

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger