Pages

Home » , » चुकुप्रकाश १४ औं बृहत मुक्तक दोहोरी (लोडसेडिङ बिशेष ) मा मुक्तककार राम शरण श्रेष्ठले राख्नु भएका केहि मुक्तकहरु

चुकुप्रकाश १४ औं बृहत मुक्तक दोहोरी (लोडसेडिङ बिशेष ) मा मुक्तककार राम शरण श्रेष्ठले राख्नु भएका केहि मुक्तकहरु

चुकुप्रकाश १४ औं मुक्तक दोहोरी (लोडसेडिङ बिशेष ) मा मुक्तककार राम शरण श्रेष्ठ ले राख्नु भएका मुक्तकहरु मध्येबाट केहि मुक्तकहरु निम्न अनुसार थिए ...



राम शरण श्रेष्ठ
चिसापानी, रामेछाप
मुक्तक १ 
खोला नाला धेरै धेरै सुन्दर उपहार छ ।
जलश्रोतमा दोश्रो देश तर अन्धकार छ ।
बर्षै पिच्छे बजेट आउँछ कता जान्छ जान्छ
लोडसेडिङपो जनतालाई सधैं लगातार छ ।

मुक्तक २ 
बत्ति आईदिए हुन्थ्यो साँझहरुमा
आउँदै आएन तै पनि रातहरुमा
खाली लोडसेडिङ बढाउँछ सरकार
सबै अल्झेकाछन् मुर्दा बादहरुमा

मुक्तक ३ 
चल्छ सधैं राजनैतिक चलखेल प्राधिकरणमा
बजेटमा हुन्छ नि जालझेल प्राधिकरणमा
परियोजना ठेक्का पट्टाको सुचना निस्केपछी
कमिसनमा हुन्छ किनमेल प्राधिकरणमा


मुक्तक  ४ 
तालिका जारी गरेको छ हेर्नुहोला भन्छ सरकार
खोलामा पानि घटेको छ हेर्नुहोला भन्छ सरकार
चाहिने ३००० मेगावाटमा जम्मा अहिले सम्म
उत्पादन ७५० मा चलेकोछ हेर्नुहोला भन्छ सरकार

राम शरण श्रेष्ठ
चिसापानी, रामेछाप

[ माथिका सम्पूर्ण मुक्तक हरफहरु - चुकुप्रकाश १४ औं मुक्तक दोहोरी मा  भएको मुक्तक को केहि अंश हो ] 


मुक्तक दोहोरीमा  भाग लिन अथवा मिठा मिठा मुक्तक दोहोरी पढ्न / सुन्न  हामि संग जोडिनु होला |



प्रतिक्रिया  दिन  नभुल्नु होला !
Share this article :

No comments:

Post a Comment

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger