Pages

Home » , » चुकुप्रकाश १४ औं बृहत मुक्तक दोहोरी (लोडसेडिङ बिशेष ) मा मुक्तककार भगवती लामा ले राख्नु भएका केहि मुक्तकहरु

चुकुप्रकाश १४ औं बृहत मुक्तक दोहोरी (लोडसेडिङ बिशेष ) मा मुक्तककार भगवती लामा ले राख्नु भएका केहि मुक्तकहरु

चुकुप्रकाश १४ औं मुक्तक दोहोरी (लोडसेडिङ बिशेष ) मा मुक्तककार भगवती लामा  ले राख्नु भएका मुक्तकहरु मध्येबाट केहि मुक्तकहरु निम्न अनुसार थिए ...

Bhagawati Lama
भगवती लामा
नुवाकोट रातमाटे
मुक्तक    १ 
हजुरबाको पालामा जस्तै गरी
अन्धकारमा बस्न पर्यो सधै भरी
जमाना कहाँ पुगिसक्यो भन्छन्
तर लोडसेडिङले साथ छाडेन हरी

मुक्तक    २ 
बल्ल थालेको ब्यबसाय भत्कायो लोडसेडिङले
ब्यापार पनि दिनानुदिन घटायो लोडसेडिङले
केही होला भन्ने सोचेकोथेँ मैले जीवनमा
तर अचानक पिरैपिर बनायो लोडसेडिङले

मुक्तक    ३ 
साझ परेपछि मेरी आमा दियालो बाल्नुहुन्छ
कहिले काहीँ टुकि बाल्न मट्टितेल हाल्नुहुछ
सधैभरी लोडसेडिङ भैरने हो भने यसैगरी
रिसमा एकदिन सबै तार झिकि फाल्नुहुछ



मुक्तक    ४ 
मोबाइल अफ भाको हप्तौँ भइसक्यो
लुगामा आइरन नलाको हप्तौँ भइसक्यो
सबै घरको कामधन्दा साचेर गाउलेहरुले
बत्ति माग्न प्राधिकरण धाको हप्तौँ भइसक्यो

मुक्तक    ५ 
जनतामा एकता नै नभएर हो
घरिघरि प्राधिकरण नगएर हो
पोल हेरेर चित्त बुझाउन परेको
समस्या नेताजीलाई नकहेर हो

मुक्तक    ६ 
हिमाल पहाड तराई सबै जुट्नु पर्छ अब
हातमा जे छ त्यहि लिई उठ्नुपर्छ अब
चन्द्र शूर्यको झैँ झिलिमिलि देख्नलाई
लोडसेडिङ गराउनेलाई कुट्नु पर्छ अब

मुक्तक    ७ 
दक्ष जनशक्ति जति विदेशमा बेपत्ता
अयोग्य मान्छेले पाएको छ सत्ता
बिजुलीको बढि कर असुलेर यहाँ
लिएका छन् नेता भनौदाले भत्ता

 मुक्तक   ८ 
लोडसेडिङ कसरी घटाउने सोच्दैछु म पनि
टिकाउ हुने गतिलो उपाय खोज्दैछु म पनि
गाँउको गन्यमान्य सबैलाई जमघट गराएर
कःकस्को बिचार उत्कृष्ट छ रोज्दैछु म पनि

मुक्तक    ९ 
सक्छौ भने लोडसेडिङ नि घटाएर देखाउ
इतिहासमा आफ्नो नाम चढाएर देखाउ
यदि मेरो आश गरेका हौँ भने देखि
देश द्रोही भ्रष्ट नेतालाई लडाएर देखाउ

मुक्तक    १० 
किनेर ल्यायो ब्याटि टिक्दैटिक्दैन
रेडियो सुन्न छोरा सिक्दैसिक्दैन
भन्नलाई त सजिलो छनि हजुर
उज्यालो त टुकिले झिक्दैझिक्दैन

मुक्तक    ११ 
छिट्टै हामी उज्यालोमा बस्न पाउनु पर्छ
चौबिसै घण्टा यो ठाउमा लाइन आउनु पर्छ
घरघरमा भाको रेडियो अनि टेलिभिजनले
छमछम नचाउने लोकभाका घन्काउनु पर्छ

मुक्तक    १२ 
झुटो कसम खाने नेता चाहिदैन जनतालाई
महलमा बत्ति लाने नेता चाहिदैन जनतालाई
विकाशको पूर्वाधार सबैमा बिकास गर्छु भनि
सरकारमा मात्र जाने नेता चाहिदैन जनतालाई

मुक्तक    १३ 
जनताले तिरेरको कर छल्छ भने
राजधानीमा मात्र बत्ति बल्छ भने
सोझो बनेर बस्दैन गाउले अब पनि
हिजो गाडेको पोल आज ढल्छ भने

मुक्तक    १४ 
कुकार्य बढेको छ लोडसेडिङले गर्दा
अपराधी सढेको छ लोडसेडिङले गर्दा
सोझा नेपाली चेलीमाथी पनि हेर न
कुदृष्टि गढेको छ लोडसेडिङले गर्दा


मुक्तक    १५ 
मिटर रिडिङ गर्नेको नि बानी थाहा छ
पल्लो घरमा गरेको कुराकानी थाहा छ
यति उठेछ यो घरको बत्तिको कर भनि
हेर्दै नहेरी युनिट टिपि लानी थाहा छ

मुक्तक    १६ 
रातमा नगई पधेरोमा पालो पाउदैन
कामको पीरले पनि त निद लाउदैन
जुनलाई माया नगरे के गर्नु नि मैले
उज्यालो मा बस भन्दै लाइन आउदैन

मुक्तक    १७ 
अहिलेसम्म अध्यारोमा हुर्केको मान्छे म
एउटा जुनकिरी देखेर फुर्केको मान्छे म
आश छैन बिजुलीमा पढ्न पाउछु भनेर
किनकि वनमा दियालो खुर्केको मान्छे म

मुक्तक    १८ 
पानी धेरै घट्छ हिउद लागे पछि
लोडसेडिङ चढ्छ हिउद लागे पछि
किन बुझ्दैन नेपालीले सत्य कुरा
हुरीले पोल लड्छ हिउद लागे पछि

मुक्तक    १९ 
हो हाम्रो देशमा धेरै लोडसेडिङ हुन्छ
आउछ अनि उतिन्खेरै लोडसेडिङ हुन्छ
हाम्रो आवाज सुनिदिने कोही नभएर
जनतालाई खबर देरै लोडसेडिङ हुन्छ

मुक्तक    २०  
जीवन चलाउनु है छ आशु पिएर
रिन काटेर सरकारलाई कर दिएर
उज्यालो त पोइला गइहाल्यो नि
बस्नु पर्छ लोडसेडिङ साथमा लिएर


मुक्तक    २१ 
नाडी निमोठेर लोडसेडिङ घट्ने भए
अनि सबैको मान पनि बढ्ने भए
हाम्रो देश उकालो लाग्थ्यो होला
अध्यारोमा विद्यार्थीले पढ्ने भए

मुक्तक    २२ 
देशको निम्ति घोडा टेकेरै आउछु
देशद्रोहीलाई नि म छेकेरै आउछु
बिजुलि बत्ति माग गर्नलाई भनेर
सत्र बुँदे चाहानालाई लेखेरै आउछु

भगवती लामा
नुवाकोट रातमाटे


[ माथिका सम्पूर्ण मुक्तक हरफहरु - चुकुप्रकाश १४ औं मुक्तक दोहोरी मा  भएको मुक्तक को केहि अंश हो ] 


मुक्तक दोहोरीमा  भाग लिन अथवा मिठा मिठा मुक्तक दोहोरी पढ्न / सुन्न  हामि संग जोडिनु होला |


प्रतिक्रिया  दिन  नभुल्नु होला !
Share this article :

No comments:

Post a Comment

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger