Pages

Home » , » चुकुप्रकाश १४ औं बृहत मुक्तक दोहोरी (लोडसेडिङ बिशेष ) मा मुक्तककार बिनुपा भण्डारी ले राख्नु भएका केहि मुक्तकहरु

चुकुप्रकाश १४ औं बृहत मुक्तक दोहोरी (लोडसेडिङ बिशेष ) मा मुक्तककार बिनुपा भण्डारी ले राख्नु भएका केहि मुक्तकहरु

चुकुप्रकाश १४ औं मुक्तक दोहोरी (लोडसेडिङ बिशेष ) मा मुक्तककार बिनुपा भण्डारी  ले राख्नु भएका मुक्तकहरु मध्येबाट केहि मुक्तकहरु निम्न अनुसार थिए ...

मुक्तक    १
बिनुपा भण्डारी
बिराटनगर
हाल काठमाण्डौ 
यहाँ फस्टाएको मात्र मैन बत्तिको ब्यपार छ।
अन्य सम्पुर्ण क्षेत्रमा लोडसेडिङको मार छ।
जलस्रोतको दोस्रो धनी देश भए पनि नेपाल
विधुतिय उपकरणमा विधुतको हाहाकार छ।

मुक्तक   २ 
होस पुर्याई हिड्नु अधेरोमा लडिएला
भर्याग चड्न खोज्दा मुन्तिर ढलिएला
लोडसेडिङको आगमनले दुर्घटना निम्तिएर
यो संसारबाट अर्कों दुनियामा चलिएला

मुक्तक   ३ 
शुभ खबर छिट्टै सुन्न पाऊँ चाहना छ
खोलामा पानी छैन नेताको बाहना छ
कहिले होला देश लोडसेडिङ मुक्त
सबै उत्सुक छन्न् कहिले जुर्ने लहना छ


मुक्तक   ४ 
मन्त्रि निवास जादैछु टुक्कि र मैन बत्ति दिन
बदलामा तिनको घरको जेनेटर इन्भटर लिन
मधुरो टुक्कि र मैन बत्ति हाम्रो घरमा बल्छ
तिनका घरमा झलमल उजेलो बत्ति बल्छ किन

मुक्तक   ५ 
अध्यारोमा बस्न छैन मन
बस्नै पर्ने बाध्य छ जिवन
सोलारले बत्ति त बल्छनै
तर ख़रिद गर्न छैन धन

मुक्तक   ६ 
युवा वृंद केटाकेटि सबै लाग्नु पर्छ
देश विकास गर्न आफै जाग्नु पर्छ
सरकारको मुख ताकेर बस्ने होईन
विदेश संग पनि सहयोग माग्नु पर्छ

मुक्तक   ७ 
कर्णाली आयोजना रैछ मात्र नाम
बत्ति नदिने आयोजनाको के काम
भष्टचारिलाई हटाउन यहाबाट अब
सबै मिलेर गाउले बिरोध गर्न जाम

मुक्तक   ८ 
आसा मात्र बाकि रयो
साँझ आउदा बत्ति गयो
कसरि चल्छ जिन्दगी
अधेरोमा बेहाल भयो

मुक्तक   ९ 
खाना पकाउन खोज्दा ग्यास सिद्धियो
हिटर बाल्न खोज्दा लोडसेडिङ भै दियो
कसरि खाना पकाएर खानु होला अब
यो मन त मेरो धेरै बिचलन परिदियो

मुक्तक   १० 
हामि नेतालाई मात्र धेरै गालि नगर
फर्काउ नमस्कार आउदा तिम्रो घर
विधुत आयोजना संचालन गर्दैछौ
हट्छ छिट्टै अब लोडसेडिङ भर पर

मुक्तक   ११ 
बिजुलिको पोल छ पोलमा तार छ
बिजुलि चै दिन नसक्ने सरकार छ
दिनमा त सुर्य देवले दिन्छन् उजेलो
रातमा बिना बिजुलि अन्धकार छ

मुक्तक   १२ 
मैन बत्ति बाल्दै रातमा पढ्ने गर्या छु
छाम छुम गर्दै भर्याङ्ग चढ्ने गर्या छु
यता उति हिड्दा अधेरोमा कहिलेकाहि
अर्को ब्यक्ति सग ठोक्कि लड्ने गर्या छु

मुक्तक   १३ 
जनताको आखामा छारो हालेर बस्या छन्
आफ्नो घरमा सोलार बालेर बस्या छन्
बिधुत आयोजना संचालन हुदा घोटला गर्छन्
सोझा जनता त्यै भ्रस्टलाई पालेर बस्या छन्


बिनुपा भण्डारी
बिराटनगर
हाल काठमाण्डौ 



[ माथिका सम्पूर्ण मुक्तक हरफहरु - चुकुप्रकाश १४ औं मुक्तक दोहोरी मा  भएको मुक्तक को केहि अंश हो ] 


मुक्तक दोहोरीमा  भाग लिन अथवा मिठा मिठा मुक्तक दोहोरी पढ्न / सुन्न  हामि संग जोडिनु होला |

प्रतिक्रिया  दिन  नभुल्नु होला !

Share this article :

No comments:

Post a Comment

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger