गजल
किनबेच गर्ने अनौंठो बजार भएँ म।।
गहकिलो चमक दिने संसार भएँ म।।
हेरी रहे निष्ठुरीलाई छुन सकिन कैले।
उस्को नजरमा समुन्द्र पार भएँ म।।
आर्थिक कम्जोरीले बिदेश लाग्नु पर्यो।
बिदेशमा धन कमाउदै निखार भएँ म।।
छोडि गईन् निष्ठुरीले बिदेशिनु पर्दा।
बाध्यताले बियोग हुन तयार भएँ म।।
सपना चक्नाचुर भयो पागल बन्न पुगे।
बारीको काम नलाग्दो झार भएँ म।।
जति प्रेम गर्दा पनि कमि हुन थाल्यो।
मायामा भोगी बनेर लाचार भएँ म।।
निष्ठुरीको तस्बिर हरु झुले नयन भरी।
युद्ध लड्ने जस्तो खुकुरी धार भएँ म।।
दृष्टि हरु हेर्न सकिन सिर उठाएर कैले।
संसार भरी ब्याकुल बनि भार भएँ म।।
साहित्यको किताब पढे विवश बनेर।
दुनियाको अगाडि गजलकार भएँ म।।
प्रकाश मगर बियोगी
सौडियार १ दाङ घोराही
हाल न्यू दिल्लि भारत
नेपाली गजल : ........गजलकार भएँ म [ सर्जक : प्रकाश मगर बियोगी / दाङ घोराही ]
Posted by
Prakash blog store
यो पनि हेर्नुहोस् [See this one also]
- उदास अनन्त का दुई गजल
- डि.पि भावुक चैनपुरे जुजारुका केहि गजल हरु
- गजल : प्रियाको वचन टेरिरँहु लाग्छ [ देवराज भन्तना"अपवाद ]
- धादिङका साहित्यकार प्रकाश बुढाथोकी का केहि प्रेमिल गजलहरु
- आफ्नो देशको सम्झनामा केहि गजलहरु [ नानू मगर ]
- गजल : चस्केला छाती खाडीमा मदन ढलेको समय [ युवराज गौतम अन्तरमुखी ]
- प्रकाश पाठक योगीका ५ गजलहरु
- सन्तोष भट्टराईका ८ गजलहरु
- नेपाली गजल : नाकाबन्दी कैले सम्म सरकार ??
- दिलमा बसेर दिल, दुखाएर गई

Labels:
गजल
Please follow me at my Personal facebook ID.
Follow us at our Facebook page.
Follow Me at chukuprakash's twitter account.
Follow @chukuprakash
Subscribe to:
Post Comments (Atom)
Total Desktop view for chukuprakash
Please follow me at my Personal facebook ID.
Follow Me at chukuprakash's twitter account.
Follow @chukuprakash
No comments:
Post a Comment