मुक्तक १
जुनि भर साथ अनि मोज दिउला म ।
मुटु भित्र बस्ने ठाउँ खोज दिउला म ।
जिउनु अनि मर्नुको अर्थ खोज्छौ भने,
कोहि कोहि यता आउ रोज दिउला म।।
मुक्तक २
आजकाल केटि शहरतिर रोज दिन्छ्न यार ।
खुलम खुला धमाधम पर्पोज दिन्छ्न यार ।
आफुलाइ त के को बाल गुलाब लिन दिन,
सोझी केटि गाउमा बाले खोज दिन्छ्न यार ।
मुक्तक ३
यसपालि पक्कै हजुर मेरो बिहे हुन्छ।
गाउँ घर इस्ट मित्र सुट्बुट सिए हुन्छ ।
चाहिदैन अरु केही कोशेलीका खुराकहरु,
केबल एउटा गरि खाने ठिटी दिए हुन्छ ।।
मुक्तक ४
तिम्रो पनि बिचार आफ्नो ठाउमा सैछ ।
सोच, हाम्रो जीवन यात्रा यहिसम्म रैछ ।
अरु त म के भनु भेट्दा बोल्ने गर्नु,
पहिला जस्तो हुन्न अब नाता छोटिदैछ ।।
मुक्तक ५
तिम्रो मन खुशी पार्न सधै मिठो बोल्दा पनि ।
हर सेकेण्ड अन्लाईन हुने हप्तापछी खोल्दा पनि ।
दर्शन पाउन परै जाओस गर्छ्याउ काच्चै खाउला जसो,
रिसाएर बोल्छ्यौ उल्टै यत्ती कष्ठ मोल्दा पनि ।
मुक्तक ६
सुन चादी हिरा मोती नसके नि किन्न सानु ।
बरु रगत बेचुला म तिमीलाई दुख दिन्न सानु ।
कहाँ पाउली यस्तो मान्छे तैयार हुने मर्न पनि,
गार्है पर्छ यो धर्तिमा राम्रो मान्छे चिन्न सानु ।।
मुक्तक ७
बसाइ सर्न यहाँ कस्लाई पो मन छ ।
मेरो नि मन ले सँगइ बसौ भन्छ ।
खोइ के हो जिन्दगी भिलेन बन्छ सधै,
सम्वन्ध टुटौने पापी त्यही धन छ ।
मुक्तक ८
दुई दिन मात्र ओठ तिर खुशी छरिएला ।
ख्याल गर्नुस है जिउदै मर्ने प्रमिस गरिएला ।
क्वाड माल जलप लगाइ कौडिमा बिक्दैछ रे,
चटारोमा हतार गर्दा सेकेण्ड हेण्डमा परिएला ।।
मुक्तक ९
जुनि भरी साथ पाउने किटान हुन्थ्यो भने ।
लाको माया अमर हुनि बिधान हुन्थ्यो भने ।
यत्तिन्जेल म पनि किन खाली हुन्थे हजुर,
जाल झेल धोकाको नि निदान हुन्थ्यो भने ।।
मुक्तक १०
यहि महिनामा एक हुने सपना बनाउदै गर्नु ।
२-४ दिनलाई पुग्ने गरि खजना बनाउदै गर्नु ।
यहीँ समाजमा जोडि बनी बस्न सकिन्न तर,
कहाँ बाट कता भाग्ने योजना बनाउदै गर्नु ।।
कृष्ण प्रताप महत
पिपलधारा 3 गुल्मी
गुल्मीको मुक्तककार कृष्ण प्रताप महतका केहि नेपाली मुक्तकहरु
Labels:
मुक्तक
Please follow me at my Personal facebook ID.
Follow us at our Facebook page.
Follow Me at chukuprakash's twitter account.
Follow @chukuprakash
Subscribe to:
Post Comments (Atom)
Total Desktop view for chukuprakash
Please follow me at my Personal facebook ID.
Follow Me at chukuprakash's twitter account.
Follow @chukuprakash
No comments:
Post a Comment