नानु मगर
मुक्तक १
सम्झिन्छन नारीलाई बजारको बस्तु जस्तो।
अनि धन दौलतमा किन्न खोज्छन सस्तो।
किन दिदैन नारिलाई साथ र हौसला यहाँ।
महिला पुरुषमा भेदभाब गर्ने समाज कस्तो।
मुक्तक २
सम्मान पाउनु पर्छ हामी नारीले।
आवाज उठाउनु पर्छ हामी नारीले।
सधै कम्जोरी बनेर बास्न हुँदैन है।
अधिकार जुताउनु पर्छ हामी नारीले
मुक्तक ३
कस्तो हुन्छ पुरुष मलाई पनि थाहा छ है।
पत्थर जस्तो मुटु दयाँ माया काहा छ है।
ललाई फकाई गरेर फसाउने त होला नी।
नारी अधिकार पाउने मलाई नी चाहा छ है।
मुक्तक ४
आत्मनिर्भर कसरी गर्ने दिदी।
हेप्छ सबैले कस्को भर पर्ने दिदी।
भुईको धुलो सम्मस पनि गन्दैन।
हामी नारि कसरी अघि सर्ने दिदि।
मुक्तक ५
बाहिर राम्रो पारी अौकात लुत्न खोज्छन।
आफ्नै भनि भनि सारा ढुट्न खोजछन।
कसरी बुझीन्छ र त्यस्तो मान्छेको मन ।
ईच्छा पूरा गरि दोबाटोमै छुत्न खोज्छन।
मुक्तक ६
सबै तपाईं जस्तो बुद्धीमानी पुरुष भैदिएँ।
नारीलाई पनि पुरुष सम्मको नजरले लिएँ।
किन हुन्थ्यो र महिलाको हत्या हिंसा यहाँ।
महिला पुरुष दुबै देशको गहना भनी सम्झिएँ।
मुक्तक ७
हामी महीला भएको छौ यो देशको भार।
किन हुन्छ सधै गल्लि गल्लि बलत्कार।
खाचो छ हामीलाई तपाईहरु जस्तै युबाको।
जिन्दगि र यो समाज देखेरै भाको छु दिग्दार।
मुक्तक ८
अती भयो अब सकिन समाजमा जिउन।
ढुजा ढुजा मुटु फात्यो सकिन भो सिउन।
महिला पुरुष दुबै ईस्वारको बर्दान हैन र।
बगिरह्यो आसुको भेल गार्हो भयो पिउन।
मुक्तक ९
पुरुषहरुको राज भएर हो यस्तो भाको।
महिलाहरु पीडा सएर हो यस्तो भाको।
के आवाज दिनु हुन्छ त्यस्तो पुरुषलाई।
देशको अौकाट नै लएर हो यस्तो भाको।
मुक्तक १०
भने जस्तो ब्यबाहारमा उटारे देखि।
अोईलिएको फूल समाजमा सारे देखि।
हामी नारि कति खुसि हुने थिएउ होला।
देशको हत्य हिंसालाई सधैब बारे देखि।
मुक्तक ११
अत्ति भाएको छु म त यो समाज देखेर।
थाकी सके म अधिकारको न्याय लेखेर।
जहाँ न्याय मागे पनि दिदैन कसैले हामीलाई
खाई सक्यो पुरुषहरुले नारि अधिकार बेचेर।
मुक्तक १२
नारि बिनाको बन्दैन घर भन्छ।
पुरुषहरुको हुदैन कुनै भर भन्छ।
साच्चै हो रैछ देश नै कब्जामा रख्छ।
बाटो हिड्दा पनि हाम्रो शहर भन्छ।
मुक्तक १३
नारिलाई सम्मान दिनु भयो धन्यबाद छ।
दोहोरीमा स्थान दिनु भयो धन्यबाद छ।
आमा सरह नारिलाई सम्मान गर्नुस सधै।
मिठो मुक्तक दान दिनु भयो धन्यबाद छ
नानू मगर
किचनास८स्याङ्जा
हाल=कुबेत
नानु मगरका केहि नारि बिशेष मुक्तकहरफहरु
Labels:
मुक्तक
Please follow me at my Personal facebook ID.
Follow us at our Facebook page.
Follow Me at chukuprakash's twitter account.
Follow @chukuprakash
Subscribe to:
Post Comments (Atom)
Total Desktop view for chukuprakash
Please follow me at my Personal facebook ID.
Follow Me at chukuprakash's twitter account.
Follow @chukuprakash
No comments:
Post a Comment