Pages

Home » » नेपाली गजल : निन्द्रा भङ्ग पारी दिन्छ राती चुरा बजे [ सर्जक : हरि प्रसाद ओली ]

नेपाली गजल : निन्द्रा भङ्ग पारी दिन्छ राती चुरा बजे [ सर्जक : हरि प्रसाद ओली ]

गजल
निन्द्रा भङ्ग पारी दिन्छ राती चुरा बजे 
सार्है हुन्छ डाहा दुख्छ छाती चुरा बजे 

सोला चल्छ दिल्मा भित्र आगो बलेसरी 
लाग्या घाउ ठ्याम्मै हुन्न जाती चुरा बजे 

होसै हुन्न बन्दै काँ'छु आफू कतापुगेँ 
खाली पाउ नाच्दै हिँड्छु माती चुरा बजे 
,
धौता पुज्छु नित्यै धूप फूल चाढाउँछु 
भूल्ने गर्छु मैले बाल्न बाती चुरा बजे 
,
ईश्वर सम्म भूलें लौन कस्तो अचम्म हो ?
लाग्दो रैछ मातै हेर घाती चुरा बजे 
,
हातै चल्न छोड्दा लाग्छ जाँगर मरेसरी 
सारा काम मेरा राख्छु थाती चुरा बजे 

छन्द - धाग्पाहे
सुत्र - $$$ |$$ $|$ $|$ | $
गण - म य र र ल. गु .
विश्राम - छ र चार चार अक्षरमा
लक्षण - 'धाग्पाहे'भए यो छन्दमा होस् रुवाइ झैँ
'मायारारलागा'को भावमा होस् दुहाई झैँ |
गुनगुन - लालालाललाला लाललालाललालला
हरि प्रसाद ओली
साउदी अरब
साउदी अरबियन एयरलाईन
साउदीया क्याटेरिङ
जेद्दा
Share this article :

No comments:

Post a Comment

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger