Pages

Home » » गजलकार राजीव जि सी संघर्षी का केहि गजलहरु

गजलकार राजीव जि सी संघर्षी का केहि गजलहरु

२१२२ २१२, २१२२ २१२
राजीव जि सी संघर्षी

के बुझेँ, जाने भनौ, जिन्दगानीको कुरा
अर्थ' बग्ने जीवनी, मिल्छ पानीको कुरा

फुल्न देऊ आज यो, झुल्न देऊ आज यो
भोलि बन्ने हो कथा, हर जवानीको कुरा

सब् विभाजन् गर्दिए, छुट्नु पैले प्रेम त्यो
सम्झना बाँकी रह्यो, यै निशानीको कुरा

क्वै मर्यो तारिफ सुरू, लाश चिच्याऊँदो हो
सुन्छ जिउँदोले कहाँ, यार खरानीको कुरा

राम जाने के बित्यो, ज्ञात् हिजोको छैन क्यै
सुन्नमा राम्रो हुने, यो कहानीको कुरा

बहर : मदीद



एकै देख्छु गुण यो कमेरो चुनामा
अचम्मै छु भ्रमको म कस्तो थुनामा

कहाँ सम्म खोज्यौ, उजेली नियाल्दै
मुनी थेँ टुकीको, अँधेरो कुनामा

छ रित्तो छ डाली , हरे जिन्दगीको
खुशी ती कसैले, निमोठ्दा मुनामा

बचेरा बँचेछन्, अधर त्यो लुँछीदा
रह्यौ धन्य चेली, खुलेको तुनामा

बच्यो मात्र पीडा, घडामा मिल्यो र
कँहा हर्ष बच्थ्यो, मिलेथ्यो दुनामा




अभावको विजय छ हारेको यो जिन्दगीमा
रम्न कहाँ सकौली र प्रिया मेरो झुपडीमा

जति अडान गरे पनि तिम्रो हुन सक्दिन म
खुशी किन्न, राखेको छु आफ्नै ज्यान बन्धकीमा

सागर मिल्छ तिम्रो लागि दिने श्यामा हँजारौ छन
किन खोज्छ्यौ लिप्त हुन जाबो थोपा अञ्जुलीमा

हैषीयत रत्ति छैन मनको अर्थ रहला के
तिम्रो दम्भी शहर हो माया हुन्छ सम्पतीमा

पखेराको अँधेरोमै रमेको छु ! रम्दिन भो
उजेलीमा आडम्बरको निशा छुप्ने नगरीमा



राज्य मात्रै हुने, आफ्नो राज हुन्न
बन्छु मनको नरेश , शिरमा ताज हुन्न

बाध्यता हो छुँदा, लूक्नै पर्छ तैलेँ
लाग्छ लज्जावती, तेरो लाज हुन्न

बाँधि टालो नयन, आफ्नो छोप्नु लज्जा
नाङ्गिनेको यँहा, काम् क्वै काज हुन्न

दु:ख बाँकी अझै, लेखेको छ के के
रम्नु, भोली कतै, उस्तै आज हुन्न

आज मेरो समीप्, केही पल् बिताउ
हून्न भोली कसै, तिम्रो माझ हुन्न

असम (असम मुसद्दस सालिम)




122 122 122 122
सखी, आँशु पोख्ने, सिरानी बनाएँ
हरेक रात धोई बिहानी बनाएँ

तिमी खोज्दथ्यो धेर सामीप्य मन्ले
नपाएर सस्तो जवानी बनाएँ

कतिञ्जेल बाँचौ यहाँ तिर्सनामा
जवानी फुटाएँ र पानी बनाएँ

गयौ कोष टाढा थियो मन निरीह
असन्तुष्टिको आफु खानी बनाएँ

जवानी फिजाएँर सर्वश्व नाँशे
र आदर्श सारा निशानी बनाएँ

बहरे मुतकारिब मुसम्मन सालीम




बिष बाटै अमृत फल्यो बिष फेरि किन फाल्छन
सिक्न मिल्छ पाल्नु पर्छ ज्ञानीले नि शत्रु पाल्छन

ठूला ठूला पर्वत ढाल्यौ मिथ्या बोल्ने महोदय
अदम्य र साहषी त चुनौतीका पहाड्र ढाल्छन

म रोए झैँ गर्छु सखी तँ हाने झैँ गरिदिनु ।
बेकामे यी आगन्तुक आफै बाटो लागि हाल्छन् ।

साहित्यको सिकारू हुँ प्रेम गर्छु शब्द लाई
खेलाडीले खेलाँउछन खै कसरि शब्द चाल्छन

मुस्कानले पार्दैन्थ्यो यार भान कत्ति मधुमास को
धन्य मेरा परेली यी बाँध थुन्छन प्वाल टाल्छन

शहरको चमक हेरि रोए मात्रै पखेरा यी
बुझेनन त्यो उज्यालोमा, अँध्यारोकै दियो बाल्छन

राजीव जि सी संघर्षी
रमेटार 11 बाग्लुङ
Share this article :

No comments:

Post a Comment

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger