Pages

Home » » नेपाली गजल : नाफा घाटा दुबैलाइ बराबर हुनुपर्छ [ सर्जक : मनु बिद्रोही - नुवाकोट]

नेपाली गजल : नाफा घाटा दुबैलाइ बराबर हुनुपर्छ [ सर्जक : मनु बिद्रोही - नुवाकोट]

गजल
नाफा घाटा दुबैलाइ बराबर हुनुपर्छ
मलाइ जस्तै तिम्लाइ पनि डर हुनुपर्छ

यदि हाम्रो सम्बन्धलाइ जिबन्त राख्ने भए
ढुङ्गामा माटो जस्तै गरी निर्भर हुनुपर्छ

भोलि पराइ बनेर या छाडेर जानु पर्दा
जिन्दगी भर हाम्रो मुटूमा असर हुनुपर्छ

लछ्य एउटै भएर मात्र हुदैन लछ्यमा पुग्न
समझदारी अनि मन सुन्दर हुनुपर्छ

तिमी मुटु अनि म धड्कन भएसी फेरी
हामी दुबैको एउटै खुसि र रहर हुनुपर्छ

मनु बिद्रोही
नुवाकोट
Share this article :

No comments:

Post a Comment

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger