=======मुक्तक========
हजुरको याद मलाई नआएको, हैन आमा।
आँशु सँगै यहाँ खान नखाएको, हैन आमा।
दुःख नमान्नु है परदेशीको जीवन यस्तै छ।
अनि घन्टौ गफ गर्न नी नचाएको,हैन आमा
-------------मुक्तक----------------
आमाको सेवा गर्नु है नरुवाउनु कहिल्यै
दःख दिएर त्यो परेली नढुवाउनु कहिल्यै
आमा नै भगवान हुन् उहाँ कै पुजा गर्नुस।
घृणा गेरेर त्यो पाउ नछुवाउनु कहिल्यै
---------------मुक्तक------------------
नरुनु सम्झेर परदेशी छोरीलाई हे मेरी आमा।
सक्दिन बस्न हजुरको तस्बिर न'हेरी आमा।
आजको दिन माता तिर्थ अौसी सम्झिएछु धेरै।
भिज्यो परेली यादमा आँसु बग्दा खेरि आमा।
नानू मगर
किचनास ८ स्याङ्जा
हाल : कुबेत
आमाको सम्झनामा सिर्जित ३ मुक्तक हरु [ सर्जक : नानु मगर ]
Labels:
मुक्तक
Please follow me at my Personal facebook ID.
Follow us at our Facebook page.
Follow Me at chukuprakash's twitter account.
Follow @chukuprakash
Subscribe to:
Post Comments (Atom)
Total Desktop view for chukuprakash
Please follow me at my Personal facebook ID.
Follow Me at chukuprakash's twitter account.
Follow @chukuprakash
No comments:
Post a Comment