Pages

Home » » नेपाली गजल : बेच्नेलाई राहतको पाल के भन्नु हुन्छ ? [ रेखा पन्त - गोर्खा ]

नेपाली गजल : बेच्नेलाई राहतको पाल के भन्नु हुन्छ ? [ रेखा पन्त - गोर्खा ]

गजल 
बेच्नेलाई राहतको पाल के भन्नु हुन्छ
मौका छोपी चामल दाल के भन्नु हुन्छ

विदेशबाट भित्रिएका औषधी र पट्टी
बेची भाछ्न मालामाल के भन्नु हुन्छ



न पुगेछ एकै मुठी चिउरा सरकार बाट
खुल्ला चौर र पानीको आल के भन्नु हुन्छ

खाने आस र त्रास बोकी जिउनु भन्दा बरु
आमा भन्छिन आइज काल के भन्नु हुन्छ

नोट :सेयर गरौ कपी नगरौ
रेखा पन्त गोर्खा 
इजरायल
Share this article :

No comments:

Post a Comment

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger