Pages

Home » » नेपाली गजल : कहिले आँसुमा आशा रोपी हिडेँ [ ‪‎हर्कराज भूटानी‬ ]

नेपाली गजल : कहिले आँसुमा आशा रोपी हिडेँ [ ‪‎हर्कराज भूटानी‬ ]

‪गजल‬
कहिले आँसुमा आशा रोपी हिडेँ।
कहिले आँसुमै शक्ति खोजी हिडेँ।

माटोमा हिरा र मोती उमार्नलाई,
पसिनाका थोपा थोपा पोखी हिडेँ।

कसम यो सुखले मलाई भूले पछि,
हजारौँ दु:खलाई आफैँ भोगी हिडेँ।

पुग्नु छ सबेरै हिमाल भन्दा माथी,
त्यसैले छातीमा देश बोकी हिडेँ।

मानवता सम्झेर हरेक वस्ती भित्र,
मानव र मानवता संगै जोडी हिडेँ।

‪‎हर्कराज भूटानी‬
Share this article :

No comments:

Post a Comment

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger