Pages

Home » » नेपाली गजल : पापी नेता भूकम्पमा नपरेको किन होला [ सर्जक : रेखा पन्त ]

नेपाली गजल : पापी नेता भूकम्पमा नपरेको किन होला [ सर्जक : रेखा पन्त ]

गजल

पापी नेता भूकम्पमा नपरेको किन होला
देश छोडी बिदेशतिर नसरेको किन होला

दुर्गम गाउ गल्ली पुग्छन् भोट माग्नु परेदेखी
बिनास हुदा तिनै गाउघर नझरेको किन होला

सर्वस्व नै खोसीस् दैब सोझा सिधा जनताको
हाम्रा रगत चुस्ने शोसक नहरेको किन होला


दुधे बच्चा लगिस दैब,आमाको काख रित्याएर
साथ छुटाईस् तैले ,दया नगरेको किन होला

जहाँ पाप त्यही फलिफाप भन्ने उखान भाछ
कुर्सि घुमाइ खाने पापी नमरेको किन होला

रेखा पन्त 
गोर्खा 
हाल : इजरायल

Share this article :

No comments:

Post a Comment

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger