Listen Our Online Radio









~~~~~~~~~~~~~~~~~~~~~~~~~~#बिषयसुची #~~~~~~~~~~~~~~~~~~~~~~~~~~

गजल (416) मुक्तक (290) कविता (93) चुटकिला (85) मुक्तक माला (74) nepalimp3 (57) मुक्तक दोहोरि (51) Nepali News (31) मुक्तक दोहोरी (27) हिजो - आज (27) funny picture (23) नेपाली खित्त्का (21) अचम्म संसार (20) साहित्य (17) News (15) गीत (13) दोहोरि (13) हाँस्य-व्यंग्य (13) nepali radio (11) jokes (10) आज देशमा (10) फेसबुके स्टाटस (10) साहित्य समिक्षा (10) Fun (9) converter (9) प्रहार (9) सायरी (9) हाइकु (9) knowledge (8) muktak sarobar (8) mynepal (8) sports (8) कथा (8) सिन्का (8) football (7) ब्यङ्ग्य (7) भावना (6) भाषा/साहित्य (6) लेख (6) आफ्नो कुरा (5) कमिडी (5) जान्नैपर्ने कुराहरु (5) प्रेम (5) सिक्ने ठाउँ (5) मुक्तक दोभान (4) साहित्य सरगम (4) Artist (3) E-Book (3) Facebook (3) blogger tips (3) केस्रा (3) जीवन (3) जीवनी (3) बहकिने मन (3) सूचना (3) Anroid apps (2) facebook posts (2) featured (2) nepali videos (2) software (2) गजल सुधा (2) तपाइँप्रति (2) नाटक (2) प्यारोडी (2) माया के होला (2) मुक्तक दोहोरी रेडियो कार्यक्रम (2) लघुकथा (2) समालोचना (2) सामान्य ज्ञान (2) साहित्य दर्पण (2) स्मृतिका पानाहरु (2) SMS (1) advertisement (1) general (1) nepali film (1) nepali patro (1) system (1) कोशेली (1) गजल गंगा (1) गजल गुन्जन (1) गेडी (1) फोटो गज़ल (1) भलाकुसारी (1) मनोवाद (1) मुक्तक डायरी (1) राशिफल (1) रेडियो कार्यक्रम (1) लिखित अन्तरबार्ता (1) संगीत (1) संवाद (1) साबरी (1) सामुन्द्रिक छल्का (1) साहित्य संगम (1) हास्यव्यङ्ग्य (1)
Home » » अबसरलाई सहि सदुपयोग गर्न सकेमात्र सन्ततिको शिर ठाडो पार्न सकिन्छ - राजेश अधिकारी

अबसरलाई सहि सदुपयोग गर्न सकेमात्र सन्ततिको शिर ठाडो पार्न सकिन्छ - राजेश अधिकारी

राजेश अधिकारी
भूकम्पले तहस नहस पारेर बिध्वसं मात्र निम्त्याएको छैन् ,मुलुक संचालनको संयन्त्र भित्र पनि ठूलो हलचल ल्याएको छ। मैले भूकम्प पश्चात देश चल्ने ठाँऊका प्रमुख प्रधान मन्त्री देखि वहाँका दरीला भनाऊदा मन्त्रीहरु र थुप्रै नेताहरु संग भेंट गरें, निरन्तरता पनि छ। बिपत व्यवस्थापनमा विदेशी सहयोग देखि नेपाली सेनाको उद्धार र राहत सामग्री बितरण व्यवस्थापनमा सरोकारवाला कर्मचारीतन्त्रको कार्याविधि हुदै सी.डी.ओ.,स्थानिय निकाय र सर्वदलीय संयन्त्र मार्फत पिडितको हातमा राहत पुर्याईएको देखियो।


पिडितहरुको हात सम्म राहत पुग्दै गर्दाको अपारदर्शिता, दलिद्र मानसिकता र अनुत्तरदायी शासनको पराकाष्ठा नियाल्दै र चिर्दै हजारौं पिडित जनता संग मन साट्ने अबसर पाईयो। नेपाल रोईरहदा ८० लाख बिस्थापित जनता र त्यसभित्र १७ हजार घाईते अनि ८००० लाशका पिडाले दिएको यातनात्मक छटपटाहट महशुस पनि गरियो। ति क्रोदन र रोधनलाई खुशीमा परिणत गर्न उठेका नेपाली हातहरु र समुदायका साथहरुले संसारलाई चकित तुल्याईरहदा नेपाली छाति चौडा भईरहेछ दिन प्रतिदिन। परिस्थिति माँझ संक्रमणिय नेपाली राजनिति र लोकतन्त्र दुबै चुनौतीपूर्ण अबस्थामा रहेकोछ। संकटकालको धोषणा संगै अन्तरिम संबिधानको कतिपय धाराहरु निलम्बित छन्। ति निलम्बित धाराहरु फुकुवा हुन ७ लाख घरहरुको पुर्ननिर्माण पूर्णरुपले सक्नु जरुरी छ। गाँऊहरुलाई सम्पूर्ण सरकारी सेबा युक्त एकिकृत ग्रामिण बस्तीमा रुपान्तरण गरेर सहकारी क्रान्ति आजको आबश्यकता बनेकोछ। पौरखि हातहरु जुटाएर नेपाली युवाहरुलाई स्वयंसेवक राष्ट्र निर्माणका कालीगड बनाऊन सक्ने दक्ष ब्यक्ति समयको माँग बनेकोछ। पुरातात्विक महत्वका संपदाहरु तँ मलाई बिश्वास छ , बन्छ नै। अन्तराष्ट्रिय चासो र विश्वसंपदाका कारणले पनि। तर उपत्यका भित्रका नगर र महानगरबासीहरुको निजी निवासको विनासलाई मेघा सिटिमा रुपान्तरण गर्नुको विकल्प छैन्।
मुलुक भुकम्पिय जोखिममा छ भनेर जोखिम न्यूनिकरणका ऊपायहरुको सचेतना कार्यक्रम र त्यसको ब्यवस्थापकिय तालिमहरु हेर्दा लाग्थ्यो सरकार दूरदर्शी छ। विधालयहरुमा ल्याईएको रेक्ट्रोफिट प्रबिधिको सतप्रतिसत सफलता देख्दा लाग्छ बिपत्ति संग जुध्न सक्ने क्षमता राख्न सकिने रहेछ। एकातिरको परिस्थिति त्यस्तो थियो भने अर्कों तिर नेपाली सेना विकासका वाधक हुन्, जनताले तिरेको करबाट सेतो हात्ती समान सेना पाल्नु जरुरी छैन भन्ने तत्वहरुका लागि सेनाको महत्व र आबश्यकता सगर्ब प्रशंसा गर्ने वातावरण बनाईदिएको छ। जनयुद्दताका देखि विभिन्न जात, धर्म, वर्ग, लिङ्ग, क्षेत्र र शिद्धान्तमा बिभाजित भएर भाडिएको समाजलाई घर पहिला की संबिधान, संघियता पहिला कि घर भनि सोद्धा एऊटैं स्वर घर पहिला भन्ने सतप्रतिशत मत छ।
यस बाट समाजलाई भाडेर राजनैतिक स्वार्थ पुरा गर्छु भन्नेहरुका लागि दरिलो जबाफ दिएकोछ। मानिसको स्वबिबेकिय अधिकार माथि ठाडै कुल्चेर बिभिन्न प्रलोभनका आधारमा धर्म परिवर्तन गराऊने तत्वहरुका लागि धनले अन्तसकरणमा बसेको देबलाई कसैले हर्न सक्दोरहेनछ भन्ने पुष्टी गरिदिएकोछ। मैं हुँ भन्ने जस्तो मसुर पनि तु काबुमा पार्न सक्ने भुकम्प जादाको क्षणको देब पुकार ऊसको बास्तबिक धर्म हुँदो रहेछ। प्राकृतिक बिपत्तिले सबै तह र तप्कालाई पाल मुनि ल्याईदिदा त्यहि धरातल बाट माटो छोएर यो चुनौतीलाई अबसरमा बदल्ने प्रण गर्ने बेला हो यो। धमिलो पानीमा माछा मार्न खोज्ने तत्व र काबु बाहिरको परिस्थितिमा स्वार्थ पुर्ति गर्न चाहने झुण्ड बाट चलाखिपूर्ण तवरबाट उम्किदै नबनिर्माण थाल्नु पर्दछ।
विश्वका बिभिन्न मुलुकहरुमा आएका भुकम्प र त्यसको ब्यवस्थापनका मिश्रित प्रतिक्रियाहरु छन्। हाईटी मोडल तिर जाने की गुजरात मोडल भन्ने चर्चा ब्यापक छ। हाम्रो भौगोलिक भुबनावट र सामाजिक बनौटलाई ध्यानमा राखेर नेपाली सेनाको अग्रपंतिमा अन्य सरकारी संयन्त्र र साथमा युवा स्वयंसेवक परिचालन गरि नमूना ब्यवस्थापन गर्न सकेमा नेपाली मोडल विश्व बिख्यात हुनेछ। तबमात्र नेपालीले केहि वर्षमा दोहरों अंकको आर्थिक बृद्धिदर हासिल गरि सम्बृद्धि हासिल गर्नेछ। यो अवसरका लागि १७ बुदे संकल्प प्रस्ताव पास गरेर आशाका ज्योती देखाएको सिंगो संसदलाई शुभकामना।
यो शुभकामना बरदान साबित हुनु पर्दछ। अन्यथा १८औं सताब्दीको महा भुकम्प देखि २०४५ साल सम्मको भुकम्प पश्चात भएका राजनैतिक परिवर्तन जस्तै २०७२ को विनाशकारी भुकम्पले नयाँ शक्तिको उदय गराएमा आश्चर्य मान्ने ठाँऊ रहदैन। बास्तबिक पिडितहरुले न्याय नपाएर बिचौलिया र दलाल हाबी भएमा २०४५ सालको भत्तपुरमा घटकों हेंजु काण्ड जस्तै अन्य काण्ड नघट्ला भन्न पनि सकिदैन। त्यसैले आदरणिय स्वाभिमानी युवा जमात र खेलाडी मित्रहरु आऔं, सबै जुटौं। प्राकृतिक बिपत्तिको सामना गर्दै राष्ट्र निर्माणको महान यज्ञमा होमिऔं। दुखेका नेपाली मनहरुलाई कोमल हातले मलम लगाऔं। यो अबसरलाई सहि सदुपयोग गर्न सकेमात्र सन्ततिको शिर ठाडो पार्न सकिन्छ। नत्र काग कराउदै गर्छ पिना सुक्दै जान्छ भन्ने उखान साबित हुनेछ।
राजेश अधिकारी
Share this article :

No comments:

Post a Comment

Total Desktop view for chukuprakash

number of visits track
Now online in this blog

NOW IN NEPAL..
Please follow me at my Personal facebook ID. Follow Me at chukuprakash's twitter account.
 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger