Pages

Home » » ( दुख पिडा) मुक्तक दोहोरी हरफहरु

( दुख पिडा) मुक्तक दोहोरी हरफहरु

यहीँ मिति बैशाख २०७२/२८ गते बुधबार, प्रकाश मगर बियोगीको  फेसबुक बालमा रहेको( दुख पिडा) मुक्तक दोहोरी हरफहरु -
(१)
घर भत्किएको पाँचौ दिन भो, बाहिर बसेका छौं।।
समाजको नजरमा हामी, खस्न सम्म खसेका छौं।।
कहिले फर्किनु हुन्छ हजुर प्रदेश बाट सुख लिएर।
कपडा लट्टा बोकेर परिवार, जंगलमा पसेका छौं।।
(२)
भत्किएको जन्म घर टाल्न लाई छिटो आउनेछु।।
समाजको सामु दियो बाल्न लाई छिटो आउनेछु।।
सुख दुख बादी चुदी बसौंला, आफ्नै परिवारमा।
अतित बिर्सेर सुख अंगाल्न लाई छिटो आउनेछु।।
प्रकाश मगर बियोगी
सौडियार १ दाङ
हाल भारत
योगेन ढोली ज्यु ले यसरी लेख्नुहुन्छ,

(१)
मुग्लान मा जता हेर्छु देख्छु तिम्रै छायाँ।।
आफ्नो भन्ने कोहि कतै छैन दायाँ बायाँ।।
कुरि राख्नु सङ्गालेर हरेक तिम्रा खुसी।
आर्को साल लिइ आउछु मुटु भरी मायाँ।।
(२)
बहकिन्छु सपनीमा तिमी लाई देख्दा।।
गह भरी हुन्छु आँसु परेलि ले छेक्दा।।
प्रदेशको खबर गाउँ पुर्‍याउछु भन्छु।
पहिलानै आँसु झर्छन चिट्ठी पत्र लेख्दा।।
योगेन ढोली
सोलुखुम्बु हाल बौध , काठमान्डौ
कार्य क्षेत्र मलेसिय
देबेन्द्र ज्यु ले यसरी लेख्नुहुन्छ,
(१)
प्रदेशमा बसेर सुन्छु छिमेकिको घर पनि लड्यो रे।।
अनि घर छोडि मेरि प्यारी पनि पारी बनमा सरेयो रे।।
हुन्छ भने ए सरकार भुकम्प पिडितलाई राहात देउ।
प्रदेश देखि पैसा पटाउदा पनि खाने सामन घट्यो रे।।
(२)
सबै सपना जस्तो भो भुकम्पले घरवार भत्किए पछि।।
छक्कै परे प्यारी पक्का पक्का घर हरु लच्किए पछि।।
भुकम्प आएर सबैलाई डुबाएर गयो है मेरो साथी हो।
कति आताङ्की छु त्यो दिनको यादले झस्किए पछि।।
देबेन्द्र दिल दुखी चोङ्बाङ
तेह्रथुम दागपा
हाल साउदी अरप,
अमृत घायल मगर ज्यु ले यसरी लेख्नु हुन्छ,
(१)
दुखी लाई सधै भरी दुख नै पाईन्छ।।
अति भो अब त खुशी पनि चाहिन्छ।।
के गर्नु सधै प्रदेशमै बस्ने बाध्य भयो।
फेसबुकमा भए पनि माया त लाइन्छ।।
अमृत घायल मगर
नेपालगन्ज बर्दिया
हाल मेरुद भारत,
दुर्गेश ज्यु ले यसरी लेख्नु हुन्छ,
(१)
पिडाले मन मुटु जल्न लागेको छ प्यारा।।
भोको पेट ज्यान गल्न लागेको छ प्यारा।।
अन्तिम त हुँदैन हाम्रो प्रेम कहानी यो।
मायाको कहानी ढल्न लागेको छ प्यारा।।
(२)
खुशी नै हुन्छु यसरी हाम्रो बात हुँदा।।
डर लाग्छ फेरी बिहानीसंगै रात हुँदा।।
अलिकति भए पनि ढुक्क हुने थिए।
यो दुखमा हजुर अनि मेरो साथ हुँदा।।
एक्लो दुर्गेश
कोइलापनी-८ नवलपरासी
खगिसरा ज्यु ले यसरी लेख्नु हुन्छ,
(१)
सास्ती खेप्दै बसे छौँ ढाडस मिल्ला हजुर आउँदा।।
भक्कानिन्छु आफन्तजन यै बेलामा पाखा लाउदा।।
न त गाँसको टुङ्गो नै छ न त ओत लाग्ने ठाउँ छ।
हेऱ्‍याहेऱ्‍यै भयौँ हामी छिमेकीले राहात पाउँदा।।
(२)
यहाँ जो होँचो उस्लाई घोँचो हुन्छ कसो गर्नु।।
सरकार भन्ने कुजातले धनी चुन्छ कसो गर्नु।।
ईष्टमित्र दुःख देखी बोल्न समेत छोडेका छन्।
यहीँ कारणले भित्री आत्मा रुन्छ कसो गर्नु।।
खगिसरा काला 'स्त्री smile emoticon '
रिमुवा ३ गुल्मी ।
सि.टि मगर ज्यु ले यसरी लेख्नु हुन्छ,
(१)
प्रदेश बस्ने रहर मेरो नि हैन नि।
मन त्यतै छ सानु भनेर भैन नि।।
हरदिन हररात पिडा छ मलाई।
टाढा मात्रै छु नसम्झेको छैन नि।।
(२)
पुग्यो अब म जंघार तर्दै छु।।
बिदेश छोडि स्वदेश सर्दै छु।।
आऊ सबै मिलि अघि बढौ।
भएन यसरी अब केहि गर्दै छु।।
सि.टि.मगर
प्यूठान हाल मरुभूमि
सुजन ज्यु ले यसरी लेख्नु हुन्छ,
(१)
अव देखि मान्दिन भगवान जे परोस।।
सम्हाल्छु बरु आफ्नै बदन जे परोस।।
म पनि उनिहरु सँगै जान पाए हुन्थ्यो।
साथि रोकिदेउन यो धडकन जे परोस।।
सुजन श्रेष्ठ हाल नेपाल,
शिब राज बि.सि ज्यु ले यसरी लेख्नु हुन्छ,
(१)
मठ मन्दिर ढले बस्ने घर पनि ढले।।
सुन्दर धरहरा जर्‍याम झुरुम्म गले।।
कहिल्यै आई न लागोश यो बिपत।
नेपालिका सपनाहरुभुकम्पमा जले।।
(२)
कसैको एक मुठी राहात छैन मेरो गाउँमा।।
बिपतमा उद्धारको साथ छैन मेरो गाउँमा।।
ईलाप बिलाप गर्छन पिडित भोक भोकै।
खाउभने एक गाशभात छैन मेरो गाउँमा।।
शिब राज बि सि यकल यात्री
सुर्खेत राकम ९ हाल कुवेत,
ऋतु प्रियसी ज्यु ले यसरी लेख्नुहुन्छ,
(१)
कसैको चाहात छैन यो हाम्रो गाउ बस्तितिर।।
आज सम्म राहात छैन हाम्रो गाँउ बस्तितिर।।
राजधानिमा हरेक दिन बाडिन्छ फ्रुटि चिसो।
एकछाक खाने मात छैन हाम्रो गाँउ बस्तितिर।।
(२)
न खान गासँ छ कहिले आँउछ राहात।।
सडकमै बाँस छ कहिले आँउछ राहात।।
अहिले ठाउँ ठाउँमा हरेक गाउँ गाउँमा।
जिँउदो लाँस छ कहिले आँउछ राहात।।
ऋतु प्रियसी
लम्कि कैलालि,
शिवा रेस्मी ज्यु ले यसरी लेख्नुहुन्छ ,
(१)
दुखी हुदा म यो सुखलाई काहा मिसाऊ।।
जिन्दगी यस्तै हो पिडालाई काहा बिसाऊ।।
भन्छन् सुख दुख एक सिक्काको दुई पाटा।
जब मनै मरे दुनियालाई खै काहा हसाऊ।।
(२)
हो सबै ऊस्तै हुदैन ऊडाछन् हासोमा।।
फकाई फुल्लाई फसाऊछन् पासोमा।।
सकभर त मन भित्र राखुला पिडा म।
मात्र कसैले कसैले राख्लान चासोमा।।
शिभ रेस्मी
कपिलवस्तु नेपाल,
बिष्णु ज्यु ले यसरी लेख्नुहुन्छ,
(१)
घरवार भत्कीदा सत्रु बैरी हाँसेका छन।।
पानिले भिजाउँदा परिवार काँसेका छन।।
कसरी म जलेको मन समालौ भन्नुन।
भुकम्पले टुक्रो बुक्रो सबै माँसेका छन।।
(२)
काल गतिले मर्नु अर्कै हो हजुर।।
अकालै धेरै मर्नु मर्कै हो हजुर।।
यो घटनाले सबैको मन दुखेछ।
यो बैशाख भुकम्प चर्कै हो हजुर।।
बिष्णु एकल यात्री कान्छा
राप्ती अंञ्चल दाङ
चौगेरा हाल यू ए ई,
सुमन ज्यु ले यसरी लेख्नु हुन्छ,
(१)
राहातको पर्खाइमा बसे मरिन्छ।।
चर्किएको यो घरमा पसे मरिन्छ।।
अरुको आस झुक्किएर नगर्नु है।
सरकारी प्रलोभनमा फसे मरिन्छ।।
(२)
राहात होइन यहाँ कात्रा लिइ आउनु।।
मसान घाट पुर्याउने जात्रा लिइ आउनु।।
भोक प्यासले छट्पटाइ मर्ने निस्चित छ।
त्यसैले सराद गर्न पात्रा लिइ आउनु।।
सुमन भण्डारी "प्रतिबिम्ब"
सक्रन्ती - 4 मुशेगैरा तेह्रथुम
हाल :- बिराट नगर ,
हेम ज्यु ले यसरी लेख्नुहुन्छ,
(१)
आज हाम्रो देशमा सयोग अर्बौं पैसा आएकोछ।।
खै फेरि किन अजै पिडितले राहत नपाएकोछ।।
किन अर्का देशलाई दोष दिनु साथि हामिले।
आफ्नै देशको नेताले सयोगका पेसा खाएकोछ।।
हेम घर्ती मगर
हाल गुल्मि तम्घास नेपाल,
प्रकाश सम्झना ज्यु ले यसरी लेख्नु हुन्छ,
(१)
खाड़ी मुलुक मा एक्लो परेको छु।।
तातो हावा नुनिलो पानीमा सरेको छु।।
खै मनको कुरा हरु कस्लाइ सुनाउनु।
दु;खै दुखको जिन्दगी मा झरेको छु।।
प्रकाश मगर सम्झना
देेलेख हाल भारत
भगवती ज्यु ले यसरी लेख्नुहुन्छ,
(१)
घरि घरि आइरहन्छ लानी भो भूकम्पले।।
शुन्दर यो नेपाललाई खानी भो भूकम्पले।।
भन्छन् पाल मुनि बसेर सारा पीडितहरु।
देखेको जति सपना खरानी भो भूकम्पले।।
(२)
नेताले नै गर्दा आको हो र भूकम्प।।
जनतासँग मात्रै रमाको हो र भूकम्प।।
तथानाम भनि गाली गर्नलाई भनेर।
अहिले मात्र नै गाको हो र भूकम्प।।
भगवती लामा
नुवाकोट रातमाटे,
नेपाली भावना ज्यु ले यसरी लेख्नुहुन्छ,
(१)
राहत लिएर जाने बिचैमा लुटिएको सुनिन्छ।।
जनताबाट गाउँमा नेता कुटिएको सुनिन्छ।।
परिस्थितिमा होईन यो भनाभन र हानाहानको।
सरकार र जनता कहिले जुटिएको सुनिन्छ।।
(२)
सरकारले तार्तम्य मिलाउन ढिलो गर्‍यो।।
दुखेको मन मुटु सिलाउन ढिलो गर्‍यो।।
न पाल ,न भात दाल बाचेकाहरुको बेहाल।
सान्त्वना मात्रपनि दिलाउन ढिलो गर्‍यो।।
नेपाली भावना,
रतन ज्यु ले यसरी लेख्नु हुन्छ,
(१)
यतिवेला हामी बाँच्न कठिन भो।।
यो निधार छामी बाँच्न कठिन भो।।
कति मरे,तड्पिएर कति १ झड्कामै।
सुन न ए! सुनामी बाँच्न कठिन भो।।
(२)
ईच्छा उस्तै छन् आशा उस्तै छन्।।
नसोध यार परिभाषा उस्तै छन्।।
जवाफ के दिम् अलमलमा छु अचेल।
शीला उस्तै छन् अभिलाषा उस्तै छन्।।
- रतन 'राज' पुन
बिरेन्द्र ज्यु ले यसरी लेख्नुहुन्छ,
(१)
हेर्नुस दाजु नेपालमा अल्जीएको सास छ।।
जता चालो हिडने पाइला सबै यहाँ लास छ।।
कठै!अरु केसुनाउ म पीड़ित यहाँ जनताको।
खुला आकाश मुनि सब्को बिचल्नीको बांस छ।।
(२)
रहत दियो बिदेशीले बाड़न सकेनन।।
लोभी आखा पीड़ित तीर गाडन सकेनन।।
धीक्कार छ ६०१ गोर्खाली हु भन्न तिम्लाई।
तहसनहस जन्ता हुदा त्यों घर छाडन सकेनन।।
बिरेन्द्र कार्की,
रमेश ज्यु ले यसरी लेख्नुहुन्छ,
(१)
खुसी जति सवै हरायो भुकम्पले।।
नानी वावु डरले करायो भुकम्पले।।
तिमी र म संगै जीउने भन्ने सपना।
खै कता पो साच्चै डरायो भुकम्पले।।
(२)
हजुरको नि सम्पर्क टुटायो भुकम्पले।।
झन्डै हाम्रो मित्रता छुटायो भुकम्पले।।
हजुरको घरमा के के गर्यो भन्नुस न।
मेरो घरको सवै टायल फुटायो भुकम्पले।।
रमेश रसिक
निजगढ,-बारा
असफल ज्यु ले यसरी लेख्नुहुन्छ,
(१)
कस्तो चल्दैछ साथी तेरो जिन्दगी।।
बडा बेजोगमा छ मेरो जिन्दगी।।
लुट्न सम्म लुट्यो साला नियति ले।
सबैको पारिदियो अधेरो जिन्दगी।।
(२)
के गरौ बिर्ख हाल कुकुर जस्तै छ।।
नेपाली नेताको स्वभाव यस्तै छ।।
पेट यिनको भरिदैछ नभएको होइन।
सरकारको महलमा राहात सस्तै ।।
नोट, प्रकाश मगर बियोगी
Share this article :

No comments:

Post a Comment

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger