Pages

Home » » सुरज गैह्रे बिबश र बिरेन्द्र कार्कि बिचको मुक्तक दोहोरी

सुरज गैह्रे बिबश र बिरेन्द्र कार्कि बिचको मुक्तक दोहोरी

सहभागी : बिरेन्द्र कार्की र सुरज गैह्रे बिबश

बाध्य भएँ दैब संग हार्न जलेका लास
निर्दोस थिय छिन भरमै ढलेका लास !!
अझै पनि रहात पाउन सकेन भन्छन
पिडित का आशुले यहाँ गलेका लास !!
सुरज
पुराना ति ऐतिहासिक भबन सबै ढले
भूकम्पले नेपाली ति जनता सबै गले
पशुपतिको बगर तीर एउटै चितामा
हेर्नुस हिजो एकै ठाउँ हजार लास जले
बिरेन्द्र
हजारौ मरे त हजारौ हराय भुकम्पले
बाच्ने पानी दिनरात डराय भुकम्पले
कसरी मन सान्त हुन्छ खै नेपालिको
टेक्ने जमिन पनि फरफराय भुकम्पले

सुरज
भूकम्पले नेपालीको लग्यो सबै घर
बारम्बार आईं राख्दा मनमा सँधै डर
आसै मर्यो अब त बाच्न नेपालीको
कति खेर लेर जान्छ नहुने भयो भर
बिरेन्द्र
भरका कुरा के गरु हटायरै छाड्ने भो
बार बार आको छ सतायरै छाड्ने भो
दुनिया हल्लाउने कति ठूलो शक्ति हो यो
न रोक्नु न छेक्नु सबै बगायरै छोड्ने भो
सुरज
हाम्रो हातले भूपम्प छेक्न सकिदैन
कति खेर आउने हो देख्न सकिदैन
बिनासकारी भुकम्पले हेर्नुस नेपालमा
कति मरे कति घाइते लेख्न सकिदैन
बिरेन्द्र
देख्न न सके पनि आफ्नो ख्याल गरि राखु
भुकम्प जोखिम ठाउबाट बसाइ सरि राखु
केही दिन भय पनि खुला ठाउँ सुरछित बनी
सबै मिलि एक भै हामी दिल वरि परि राखु
सुरज
सानो सानो राहात बोज्नू पर्यो अब
त्रासित मन हरुलाई रोक्नु पर्यो अब
हरेक देश देश बाट आएको त्यों राहत
नदिने लाई समाईर ठोक्नु पर्यो अब
बिरेन्द्र
फेरि आउँछ भन्दै हिड्ने हरु कहाँ छन
एक एक गरि छापामार बस्ती जहाँ छन
आलो घाउमा नुन हैन मलम लगाउने गर
पाल पनि लगे नेता जनताले कहाँ पहा छन
सुरज
गाऊ गाउ बाट उठौ बस्ती अब उठौ
नेपालका पीड़ित लाई राहत दिन जुटौ
पीड़ित लाइ राहत नदि भ्रष्टचार गर्ने लाइ
समातेर यस्ता लाई बम बारुतले भुूटौ
बिरेन
युवा जागौ नेताको कुनै छैन हजुर भर
जङ्गलि छ बुध्दी तेसै पसेका हुन सहर
नेताले राहत दिने बिस्वास छैन जनता को
जुटौ सबै कुटौ नेता आफ्नो आफै बनाउ घर
सुरज
नेता लाइ पीड़ित सम्म जान भन्नुछ
दुखी ति जन्तालाइ राहत लान भन्नुछ
मेची अनि महाकालीमा राहत बाड़छौ भनि
हामी सामू ऐले उनलाई कसम खान भन्नुछ
बिरेन्द्र
हिमाल पहाड तराइ पुराउनु छ राहात
मेची महाकाली कुनै गर्नु हुन्न पक्षेपात
हामी एउटै फुलको फुलबारी मिलेर सबै
आफ्नो देश आफै बनाउ मिलाउ हात मा हात
सुरज
Share this article :

No comments:

Post a Comment

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger