Pages

Home » » नेपाली कविता : नानीबाबुहरुको देश [विवश एस•बि]

नेपाली कविता : नानीबाबुहरुको देश [विवश एस•बि]

कविता
नानीबाबुहरुको देश
तिमि मुखमा कालोपट्टी बाँधेर
नाक दुई औंलाले थुनेर
नखोज अत्तरका गन्धहरु,
राजधानीका सडकका पेटीहरुमा,
नखोज सिंगापुरे घरहरु
नदेख दिवा सपना
नेपाल , नेपाल नै हो।
पहाडमा भेडा गोठालो जाँदाको क्षणहरु
झल्किरहन्छन होला तिम्रा नयनमा
भेडा र भेडीहरुको भिडन्तमा
सिङ भाँचिएर लडेका ति दृश्यहरु
आज नेपालको सांसद् भवनमा देख्न पाउँदैछौं।
सडकका पेटीमा सुत्नेहरु
सुतेकै छन् जुटको सिरक ओढेर
पुस,माघका ठन्डिरातहरुमा।
हतारो उस्तै छ ति राष्ट्रप्रेमिहरुमा
सार्क सम्मेलनमा अर्बौं पैसा बिच्छाउन।
खै कसरी बोक्ने हुन् ?
ति जनताहरुले ऋणको पोकाहरु
कसरी धान्नेहुन महँगो ब्याजदर ?
धिक्कार छु म जन्मिएकोमा खै कसरी भनु?
प्यारो नानीबाबुहरुको देश।
(राजधानी राष्ट्रिय दैनिक १२ मंसिर २०७१ मा प्रकाशित)
विवश एस•बि
मकवानपुर , हेटौंडा -५
हाल ,बनेपा-१० काभ्रे
Share this article :

No comments:

Post a Comment

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger