Pages

Home » » नेपाली गजल : फूल बनि फुल तिमी, यो दिलको बारीमा [ सर्जक : हर्कराज भुटानी ]

नेपाली गजल : फूल बनि फुल तिमी, यो दिलको बारीमा [ सर्जक : हर्कराज भुटानी ]

‪‎गजल‬
फूल बनि फुल तिमी, यो दिलको बारीमा
आनन्दले झुल तिमी, यो दिलको बारीमा

तप्प तप्प शितका थोपा, पोखी दिउँला म
बिहानी भै खुल तिमी, यो दिलको बारीमा

डाहा गरुन् दुनियाले, तिम्रो रुप देख्दा
अनेक रंग हुल तिमी, यो दिलको बारीमा

यता उता चारै दिशा, सधैँ मुस्कुराउँदै
सक्छौ भने डुल तिमी, यो दिलको बारीमा

म नै तिम्रो माली बन्छु, गोडमेल पनि गर्छु
भमरालाई भूल तिमी, यो दिलको बारीमा

Harkaraj Gurung Bhutani
Share this article :

No comments:

Post a Comment

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger