Pages

Home » » नेपाली गजल : बाढी पैह्रो भुइचालो प्राकृतिक समस्याले सताउँछ [बुद्दिराम चौधरी]

नेपाली गजल : बाढी पैह्रो भुइचालो प्राकृतिक समस्याले सताउँछ [बुद्दिराम चौधरी]

गजल
बाढी पैह्रो भुइचालो प्राकृतिक समस्याले सताउँछ ।
यौन शोषण नारी हिँसा लैङ्गिक समस्याले सताउँछ ।।

म यो जातको तँ त्यो जातको म पहाडी तँ तराइको ।
कैले जाती कैले धर्म साम्प्रदायिक समस्याले सतांउछ ।

कोहि भन्छ्न संघ बनाउने कोहि भन्छ्न पर्दैन भो ।
केन्द्र क्षेत्र स्थानीय प्रशासनिक समस्याले सताउँछ ।

उद्द्योग धन्दा नखुल्नाले बेरोजगार हुल बढ्दै गाछ ।
धेरै लाई त युबा रोजगार बैदेशिक  समस्याले सताँउछ ।

समाधान त हुन्छ अरे मिलिजुली काम गरे सबैजना ।
ब्यबस्थापनको कमजोरी प्राबिधिक समस्याले सताउँछ ।।
बुद्दिराम चौधरी
डुरुवा ६, धमकापुर दाङ्ग
हाल साउदी अरब
Share this article :

No comments:

Post a Comment

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger