लाग्छ न्याश्रो असाध्यै !
हेथ्र्यौ चोरी मधु —नजरले , मख्ख पर्थेँ रमाई ।
बोल्थ्यौ मीठा सरस रसना , हात थिच्दै समाई ।।
केली चल्थे हलचल हुँदै , ओठमा ओठ नाच्दै ।
संझीरन्छू सुनयनवती ! लाग्छ न्याश्रो असाध्यै ।। १ ।।
हौ , पूर्णिमाकी प्रभा ?
बुट्टामा सजिएर ह्याट शिरको , शोभा र रक्षा गरी ।
चस्मा लोचन छोप्न कम्मर कस्यो , रङ्गीन ज्योत्स्ना छरी ।।
हल्का हास भरेर ओठहरूले , आभा खुलाए अहा ।
झुल्किन् है झलमल्ल व्योम जगकी , हे पूर्णिमाकी प्रभा ।।
श्रध्दा पुष्पलाल ?
पुष्पकै लालिमा बोकी , कालिमा फाल्न रौसियौ ।
निन्दा आलोचनाबाट , क्रान्तिमा अझ हौसियौ ।।
निस्ठाका शैल हौ पुष्प , 'काल' हौ एकतन्त्रका ।
मीठो सुगन्धका पुष्प , 'लाल' हौ जनतन्त्रका ।।
साहित्यकार बद्रीप्रसाद दाहालका केहि कविताहरु
Labels:
कविता
Please follow me at my Personal facebook ID.
Follow us at our Facebook page.
Follow Me at chukuprakash's twitter account.
Follow @chukuprakash
Subscribe to:
Post Comments (Atom)
Total Desktop view for chukuprakash
Please follow me at my Personal facebook ID.
Follow Me at chukuprakash's twitter account.
Follow @chukuprakash
No comments:
Post a Comment