Pages

Home » » नेपाली गजल : भुकम्पले चर्किएको घर .... [ सुरज गैह्रे बिबश ]

नेपाली गजल : भुकम्पले चर्किएको घर .... [ सुरज गैह्रे बिबश ]

भुकम्पले चर्किएको घर कस्तो छ आमा !!
पानी छिर्छकी भित्ताको चर कस्तो छ आमा !!

अहिले सिङ्गो देश रोयको छ पिडै पीडा !!
नेपाली गाउँ अनि सहर कस्तो छ आमा !!

बर्खा लाग्यो बाढी पहिरोले के के गर्ने हो !!
झर्छकी आफै माथि पथर कस्तो छ आमा !!

चुुहिदा पानी को धारा टाले है जसो तसो !!
टाल्ने त्यो खरबारिको खर कस्तो छ आमा !!

तिम्रो आँखा रसायो भने हेर कस्ले बुज्छ !!
यो प्रदेशिको मनमा डर कस्तो छ आमा !!

सुरज गैह्रे बिबश
स्यङ्जा वालिङ
Share this article :

No comments:

Post a Comment

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger