Pages

Home » » नेपाली गजल : छाती चिरेर खोट देखाउन सक्दिन म [ मानन्धर अभागी ]

नेपाली गजल : छाती चिरेर खोट देखाउन सक्दिन म [ मानन्धर अभागी ]

~~~~~~~~~~ गजल ~~~~~~~~~~~
छाती चिरेर खोट देखाउन सक्दिन म
चाहेर नि मनको कुरा बताउन सक्दिन म

साँचो हो वा झुठो हो सँधै तिमी यसो भन्छौ
तिम्रो त्यो काख विना निदाउन सक्दिन म

भरै लाग्दैन मलाई तिम्रा ती कुराहरूमा
अमुल्य यो जिन्दगी गुमाउन सक्दिन म

किन यसरी पिइ आको बाटै नचिन्ने गरी
सँगै हिंड्दा लड्ने गर्छौ उठाउन सक्दिन म

तिम्रो त्यो खराव आदत मलाई राम्रो लाग्दैन
त्यसैले तिम्लाई आफ्नो बनाउन सक्दिन म ।

~ © मानन्धर अभागी ।
Share this article :

No comments:

Post a Comment

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger