गुरू समाधिस्थ
सुन गल्ली, वस्ती, चाैतारीहरू !
मैलेपनि गुरू मानेकाे छु,
तिम्रा भन्दा धेरै फरक ।
.
सिरसिराउने चिसोमा,
काँपेकाे शरीर
गहमा शीतका थाेपा
र कडकडाउने जाडाे,
सबैबाट केही पर
भेटेकाे मैले सूर्यकाे तेज
सोचेथे के प्रभाव हो यस्तो,
तब एउटा मन्त्र जाने
देखे अाफ्नै कालो छायाँ ....
तबदेखि सूर्यलार्इ मैले अाफ्नो गुरू मानेकाछु ।
.
थाेपाथोपा पानीमा,
भिजेकाे शरीर
टप्पटप्प धर्तीमा पानी
र गर्जिने अाकाश,
धर्तीबाट माथि पर
भेटे मैले बादलको वेग
सोचेथे के प्रभाव हो यस्तो,
तब एउटा मन्त्र जाने
देखे अाफ्नै पुरानो छानो ....
तबदेखि बादललार्इ मैले अाफ्नो गुरू मानेकोछु ।
.
अन्धकारमय अाकाशमुनी,
सरर हावा
मन्दमन्द चाँदनी मुहार
र सुस्ताएको बस्ती,
धर्तीबाट माथि पर
भेटेको मैले ताराको मेल
सोचेथे के प्रभाव हो यस्तो,
तब एउटा मन्त्र जाने
देखे अाफ्नै टुकीको रोशनी ....
तबदेखि तारालार्इ मैले अाफ्नो गुरू मानेकोछु ।
.
सुन गल्ली, बस्ती, चाैतारीहरू !
म समाधिस्थ छु,
प्राकृत ती हरेक गुणहरूमा
मानेकाे छु परब्रह्म गुरूहरू,
तर मात्र मानव गुरू मानेको छैन ।
कारण तिमी जान्दछाैं,
मेरा गल्ली, बस्ती, चाैतारीहरू ।।
-------------------------------------------------
लेखक दिपेन्द्र
नेपाली कविता : गुरू समाधिस्थ [ लेखक दिपेन्द्र ]
Labels:
कविता
Please follow me at my Personal facebook ID.
Follow us at our Facebook page.
Follow Me at chukuprakash's twitter account.
Follow @chukuprakash
Subscribe to:
Post Comments (Atom)
Total Desktop view for chukuprakash
Please follow me at my Personal facebook ID.
Follow Me at chukuprakash's twitter account.
Follow @chukuprakash
No comments:
Post a Comment