कविता
आमाको महत्व
"बिभोर"
मेरी आँमाका दुःख का
पहाड़ हरु साना थिएनन् ।
त्यो बीसम परिवेश मा मलाई
जन्म दिँदाको मृत्यु पीड़ा म
सब्द मा कसरी पोख्न सक्छु र !?
दश नंग्रा खियाएर चलाइरहेको
जिजीविषा कति ब्यथात्मक थियो
म अबोध बालक ले के महसूष गर्न सक्थें र !?
घाम पानी नछेक्ने धुरी मुनि पुत्ताएको
अगेनामा मेथी र तोरी का गेडा पररर
पड़काएर कालै डढालेको तातो तेलले
मलाई सेक्नुहुन्थ्यो ठेउला परेका हातले
तर मलाई पटक्कै बिझाउदैनथ्यो
त्यो स्वर्गीय चरमोत्कर्ष आनन्दमा बिभोर हुन्थें।
मेरी आमाको आँङ ढाक्ने चोलो थिएन
सीरीङ्ग हुँदा म झस्कन्थें त्यो कठान्ग्रिने
पूस माघ को जाडोमा । आमालाई मिठो चोखो
र तातो खान थिएन ज्वाना को झोल सिवाय
तर पनि नझिज्जिएरै छाती चुसाइरहनु हुन्थ्यो ।
जति मलाई सम्हाल्न गाह्रो थियो त्यो भन्दा
कम दुःख थिएन वहाँलाई रिझाउन जो मेरा
पिता हुनुहुन्थ्यो ।
दोहोरो पीड़ा खेप्दै मलाई ताते ताते गर्दै
पालन पोसण गर्नुमा कस्तो अभिनय
रह्यो होला....!! बिडम्बना र काहाली लाग्दो
छ आँमाको काहाँनी ।
आफ्ना सम्पूर्ण खुसी लुटाएर ज़िन्दगी दिने
आँमाको महत्व कति छ ?
म निरुत्तरित हुन्छु ।
आफ्नो चिसो पेटले मलाई कसरी
तताउनुहुन्थ्यो होला चिसो भँइमा
न्याना बिस्तारा बिना...!!
मेलापात जाँदा पाएको अर्नी आँफुले
नखाई पटुकामा घुसारेर ल्याइदिनु
हुन्थ्यो मेरो लागि सम्झेर.. त्यो भन्दा
सच्चा मायाँ अरु हुनै सक्दैन ।
हो म अनुभूति गरीरहेछु आँमाको महत्व...
आमालाई रुवाउने ए सन्तान हरु हो
नौ महीना सम्म निरन्तर डेढ़ किलाको ढुङ्गो
भुडि मा बाँधी बोकेर डुल अनि चेत् हुन्छ ।
हिजो आएकी एक युवतिले मेरो लागि आँमा
त्याग भन्नु कहाँ सम्मको गलत हो..!!??
भोली उस्लाइ छोराले तेसै गरी त्याग्दा
कस्तो हुनेछ??
आँमाका एक एक बलिदानका अगाडी मेरा हरेक योगदानहरु ऋणी नै रहन्छन दस धारा दूध को!।
सागर भंडारी "बिभोर"
पाल्पा दर्पुक एक
हाल मरुभूमि
No comments:
Post a Comment