कोही मर्दैछ कोही मारिदैछ मेरो देश मा
कुर्सीको निम्ति मनलागी गरिदैछ मेरो देश मा
अंश मा नमिलेर दाजु भाई काटा काट छ
जाति'र धर्म को बिज छरिदैछ मेरो देश मा
शान्ति को दुत गौतम बुद्ध जन्में को देश
कसरी जिउँ डर त्रास भरिदैछ मेरो देश मा
लाग्छ गरिएछ गल्ती हिजो मतदान गरेर
आफै खनेको खाल्टोमा परिदैछ मेरो देश मा
पशु बलिनै बन्द गर्ने दबाव आई रहदा
फेरि किन आज मान्छे तरिदैछ मेरो देश मा
देश आमा हुन आमा लाईनै घायल पारी
आफ्नै सन्तान किन बैरिदैछ मेरो देश मा
~~~~~{कृष्ण घायल आशु}~~~~~
नेपाली गजल : कोही मर्दैछ कोही मारिदैछ मेरो देश मा [ कृष्ण घायल आशु ]
Labels:
गजल
Please follow me at my Personal facebook ID.
Follow us at our Facebook page.
Follow Me at chukuprakash's twitter account.
Follow @chukuprakash
Subscribe to:
Post Comments (Atom)
Total Desktop view for chukuprakash
Please follow me at my Personal facebook ID.
Follow Me at chukuprakash's twitter account.
Follow @chukuprakash
No comments:
Post a Comment