मुक्तकहरु
पोहोर दाई लाई ढलाएर मारे
एेले त भाई लाई जलाएर मारे
हाम्रो देशको यो कस्तो कानुन
दिन दाहाडे गोलि चलाएर मारे !!

खै को सँग होला यहाँ मैले स्वाभिमान खोज्दैछु
साच्चै हराएछ कि कतै भनि सम्बिधान खोज्दैछु
आफ्नै आमाका सन्तान मारामार गरेको देख्दा
सयौ थुगां फुल्का हामि राष्ट्रिय गान खोज्दैछु !!

लुकाई पिडा हास्न सिकायौ
दु:खमा पनि बाच्न सिकायौ
आमा हजुरले मलाई जैले
रमाएरै सधै नाच्न सिकायौ !!

म अन्यासै झसँग झस्किएर उठे मध्य रातमा
बेसरि मेरो मुटू चस्किएर उठे मध्य रातमा !
सत्रुहरूले लछार -पछार पार्दै थियो देशलाई
एक हिस्सा देशको खस्किएर उठे मध्य रातमा !!
प्रकाश पाठक योगी
चितवन १ जगतपुर
हाल- चेन्नै
No comments:
Post a Comment