Listen Our Online Radio









~~~~~~~~~~~~~~~~~~~~~~~~~~#बिषयसुची #~~~~~~~~~~~~~~~~~~~~~~~~~~

गजल (416) मुक्तक (290) कविता (93) चुटकिला (85) मुक्तक माला (74) nepalimp3 (57) मुक्तक दोहोरि (51) Nepali News (31) मुक्तक दोहोरी (27) हिजो - आज (27) funny picture (23) नेपाली खित्त्का (21) अचम्म संसार (20) साहित्य (17) News (15) गीत (13) दोहोरि (13) हाँस्य-व्यंग्य (13) nepali radio (11) jokes (10) आज देशमा (10) फेसबुके स्टाटस (10) साहित्य समिक्षा (10) Fun (9) converter (9) प्रहार (9) सायरी (9) हाइकु (9) knowledge (8) muktak sarobar (8) mynepal (8) sports (8) कथा (8) सिन्का (8) football (7) ब्यङ्ग्य (7) भावना (6) भाषा/साहित्य (6) लेख (6) आफ्नो कुरा (5) कमिडी (5) जान्नैपर्ने कुराहरु (5) प्रेम (5) सिक्ने ठाउँ (5) मुक्तक दोभान (4) साहित्य सरगम (4) Artist (3) E-Book (3) Facebook (3) blogger tips (3) केस्रा (3) जीवन (3) जीवनी (3) बहकिने मन (3) सूचना (3) Anroid apps (2) facebook posts (2) featured (2) nepali videos (2) software (2) गजल सुधा (2) तपाइँप्रति (2) नाटक (2) प्यारोडी (2) माया के होला (2) मुक्तक दोहोरी रेडियो कार्यक्रम (2) लघुकथा (2) समालोचना (2) सामान्य ज्ञान (2) साहित्य दर्पण (2) स्मृतिका पानाहरु (2) SMS (1) advertisement (1) general (1) nepali film (1) nepali patro (1) system (1) कोशेली (1) गजल गंगा (1) गजल गुन्जन (1) गेडी (1) फोटो गज़ल (1) भलाकुसारी (1) मनोवाद (1) मुक्तक डायरी (1) राशिफल (1) रेडियो कार्यक्रम (1) लिखित अन्तरबार्ता (1) संगीत (1) संवाद (1) साबरी (1) सामुन्द्रिक छल्का (1) साहित्य संगम (1) हास्यव्यङ्ग्य (1)
Home » » आमा बिशेष छैटौ मुक्तक दोहोरि देबराज भेन्तनाको साथ रमाइलो भाग (Aama Bisesh Muktak Dohori) - 6

आमा बिशेष छैटौ मुक्तक दोहोरि देबराज भेन्तनाको साथ रमाइलो भाग (Aama Bisesh Muktak Dohori) - 6

  • Anuragi Binod Gaire आमाको थोत्रो चोली फेर्न सकेँ भने
    आमा सधैँ हाँसेको हेर्न सकेँ भने
    मरेपनि बैतर्नी तर्छु होला म त
    आँखा भित्र आमा नाम केर्न सकेँ भने

    Rajeev jc ji
    ================================================================

  • जगत अधिकारी 'अनमोल' जन्म दिने आमालाइ बृद्धाश्रममा छाड्छन् कोही
    हो! श्रीमती ल्याएपछी आम सङ्गै फाट्छन कोही
    बुढेसकालमा आमालाइ घरमा एक्लै छोडी किन?
    श्रिमतिको पिछा गरी शहरतिर लाग्छन कोही ।
    ================================================================
  • पेन्सिल हराएको मान्छे #यस्तालाई के भन्नुहुन्छ..............

    हिजो रातको कुरा खाएकै थालमा चुठेर गयो
    हो महोदय ! जन्मदिने बाबुआमा कुटेर गयो
    आमा रुन्थिन् दुख्दा उस्लाई उस्ले घाउमा नुन छर्यो
    शिक्षा दिक्षा दिन राख्या धन सम्पत्ती लुटेर गयो
     
    ================================================================
  • सुरज विबश विदेशमा छौ स्वदेशमा आमा भन्छिन्......

    आमा भन्छिन पाली खर्को उस्तै छ बाबु !!
    चुइने.. भयो धुरी घर्को उस्तै छ बाबु !!

    पोहोर सालको खर्को पैसा तिर्न शाक्य छैन !!
    सहन. सकिन साहुको थर्को उस्तै छ बाबु !!

    सुरज बिबस गैह्रे

    ================================================================
  • हरीहर कँडेल आमा तिम्रै सम्झनामा रुन्छु घरिघरी
    �तिम्रै तस्विर घुम्छ सधै मेरो आँखाभरि
    यो प्रदशी छोरो सम्झी रुन्छ्यौ रे तिमी
    छिट्टै फर्की आउँदैछु म सात समुन्द्र तरी

    ================================================================ 
  • Anuragi Binod Gaire छुट्टि दिन्न साहुले ढाँट्या छैन आमा
    हाँस्दै दिन मैलेनि काट्या छैन आमा
    अझैपनि ताजै छ तिम्रो झल्को मनमा
    तिम्ले देको ढाका टोपी फाट्या छैन आमा
    nagendra ji

    ================================================================
  • पेन्सिल हराएको मान्छे Innox tira आएको...................
    मलाई पनी सँसार यो देखाइ देउन आमा,
    जन्म दीइ भाग्य मेरो लेखाइ देउन आमा,
    सुन्छु जब त्यो आवाज डर लाग्छ मलाई,
    गर्भपतन महा पापलाइ मेटाइ देउन आमा !!
    जीतेन्द्र गुरुङ (केफास)
    सानो सीरी -९ बर्दीया
    हाल, दोहा- कतार

    ================================================================
  • आरके थापा संघर्ष *** मुक्तक ***

    साँझ, बिहान , दिन अनि रातमा हुन्छिन् आमा ।
    दुःख , सुख जे परे पनि साथमा हुन्छिन् आमा ।
    जता जाउँ जे गरूँ भलो मात्र चाहँदै ,
    हरेक पल हरेक क्षेण माथमा हुन्छिन् आमा ।

    आरके थापा
    गोलढुङ्गा , काठमाडौँ
    ================================================================
  • राम कँडेल सबैलाई
    हाम्ले जप्ने एउटै नाम तिमी हो आमा
    हाम्रो निम्ति चारै धाम तिमी हो आमा
    तिमी भन्दा ठूलो कोही छैन भगवान
    हरि कृष्ण राधे श्याम तिमी हो आमा

    राम कँडेल बाग्लुङ
    हाल दक्षिण कोरिया
    ================================================================
  • Anuragi Binod Gaire ससांरमा आमा महान छन मलाई
    यो सारा धर्ती समान छन मलाई
    त्यो चन्द्र सुर्य सानो आमा अघि
    सबभन्दा ठूलो निशान छन मलाई
    RGchintan ji
    ================================================================
  • Rajeev Gc Sangharsi binod ji

    यहिँ छ मित्र जहाँ आमा त्यहि राम छ ।
    रत रात चाँदनी दिन यो पारिलो घाम छ ।।
    मलाइ क्षितीज पारिको स्वर्गको प्रवा छैन ।
    मेरो लागी आमाकै काख पबित्र चार धाम छ ।।
    ================================================================
  • आँशु एकलयात्री आँशु @Devraj sir

    बा-आमालाई घृणा गर्दा पाप लाग्नेछ ,
    दूःख मात्र मिल्छ त्यही छाप लाग्नेछ ,
    आमालाई घृणा गरी आफू रम्दै बस्नेलाई ,
    ज्यूँदा साथै मरेपछि श्राप लाग्नेछ ।
    ================================================================
  • पेन्सिल हराएको मान्छे आधुनिक अपराधिहरु हेर्नुस् यस्ता छन्.....

    आफ्नै छोराछोरी खटाईयो, आमा अपहरणको लागि
    अर्को पक्षबाट दबाब भो,बाबु मृत्युवरणको लागि
    रोगी यसै मरेका छन् यहाँ,निरोगीहरु रोगी भा'का छन्
    कारण दानव खटेथे, औषधि वितरणको लागि
    ================================================================
  • Raj Yk आमा तिमी ममता कि खानी नै हौ मेरो लागि ll
    आमा तिमी यी आँखाकि नानी नै हौ मेरो लागि ll
    आफ्नो मनमा बसाएर सारा सिर्षटी रचाएर पनि,,
    आमा तिमी नसा,रगत पानी नै हौ मेरो लागि ll

    ___राज वाई.के. भा.गा.बि.स.२,, ५थर,मेची नेपाल
    हाल पिडाको बस्ती बाट!!
    ================================================================
  • Dpt Sharma बाध्यताले घर छाडी मुग्लान तिरै पसंे आमा
    बिरहमा आँशु झार्दै प्रवासमा बसंे आमा
    आफन्तको यादै-यादमा तड्पिएर बाँच्नु पर्दा
    मरुभुमी बगरमा अश्रु धारा खसे आमा
    ================================================================
  • Npr Kisi's Lhāpu खुल्ला छ है ।

    तिम्रो मेरो सम्बन्ध छुटाएर लग्यो आमा ।।
    त्यो पापी कालले उठाएर लग्यो आमा ।।
    पीर ब्यथ यत्रतत्र रोदन उस्तै थियो हाम्रो ।
    दैव आई झनै अाज कुटाएर लग्यो आमा ।।

    • पर्शुराम प्रधान
    खोटाङ्ग
    ================================================================
  • Hariprasad Aryal आमालाई सन्देश......
    हे मेरी आमा नरोई बस आउने छू फिरेर।
    छुटाउंछु पहिले साहुबाट झुप्रो उस्को ऋण तिरेर।
    सहौली कति साहुको गाली घर खाली गर भन्दा।
    भनिद्यौ छोरो तिर्नेछ ऋण हिड्दैन गिरेर।

    हरिप्रसाद निरन्तर
    ================================================================
  • भीम मुस्काञ गाँउलेकाञ्छा आमाको भनाई
    तिमि भयत बाबु टालो पनि लाए हुन्छ
    केहि छैन अर्को सालमा घर छाए हुन्छ
    मेरो बाबु सन्चै छकि विसन्चो छ खैत
    साहुकोपीर नगरभो घर फर्की आए हुन्छ

    भिम मुस्कान एम. सी
    ================================================================
  • Sanat Sharma SaHayatri Ilameli डल्लेभुन्टे भकुन्डे र काले भन्थिन मेरी आमा
    बटुकीमा भुटीमाम् छ खा'ले भन्थिन मेरी आमा
    आजभोली संझनाले भक्कानिन्छु एक्लै एक्लै
    कत्ति याद गर्छन बुढा बाले भन्थिन मेरी आमा

    इलामेली सनत शर्मा सहयात्री
    हाल मुम्बइ
    ================================================================
  • पेन्सिल हराएको मान्छे #आमा नारी हन्् र नारी आमा दिदिबहिनी
    छोरी अनेक रुप ....देवि
    छोरीको गुनासो यस्तो छ है....

    आमा बाबाले त्यही घरमा,जा नभन्नु ल गोदिन्छ फेरि
    सिन्दुरको त्यो अधिकार , माथि नै प्रश्न सोधिन्छ फेरि
    हरेक पिडा छुपाएर नै, मौन रहेर कति सहनु
    यो शरिरमा घाउ बल्झन्छ, आगो अगुल्ठो घोचिन्छ फेरि
    ================================================================
  • ईलामे तारा गरुवाली →तारा प्रसाद अधिकारी
    →दानाबारी -१ गरुवा ईलाम
    कुपुत्रको लाशमा हुन्छिन् आमा
    सुपुत्रको बासमा हुन्छिन् आमा
    शब्द छैन बर्णन गर्ने यहाँ
    मनुष्यको शाशमा हुन्छिन् आमा

    ================================================================
हरेक अंश हेर्नुहोस ..
                              १०   ११
Share this article :

2 comments:

Anonymous said...

हार्दिक हार्दिक धन्यवाद तथा दर्शन नमस्ते मित्र मन तथा गुरुहरुलाई.........///

Unknown said...

हार्दिक धन्यवाद ।
नमस्कार ।

Post a Comment

Total Desktop view for chukuprakash

number of visits track
Now online in this blog

NOW IN NEPAL..
Please follow me at my Personal facebook ID. Follow Me at chukuprakash's twitter account.
 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger