Listen Our Online Radio









~~~~~~~~~~~~~~~~~~~~~~~~~~#बिषयसुची #~~~~~~~~~~~~~~~~~~~~~~~~~~

गजल (416) मुक्तक (290) कविता (93) चुटकिला (85) मुक्तक माला (74) nepalimp3 (57) मुक्तक दोहोरि (51) Nepali News (31) मुक्तक दोहोरी (27) हिजो - आज (27) funny picture (23) नेपाली खित्त्का (21) अचम्म संसार (20) साहित्य (17) News (15) गीत (13) दोहोरि (13) हाँस्य-व्यंग्य (13) nepali radio (11) jokes (10) आज देशमा (10) फेसबुके स्टाटस (10) साहित्य समिक्षा (10) Fun (9) converter (9) प्रहार (9) सायरी (9) हाइकु (9) knowledge (8) muktak sarobar (8) mynepal (8) sports (8) कथा (8) सिन्का (8) football (7) ब्यङ्ग्य (7) भावना (6) भाषा/साहित्य (6) लेख (6) आफ्नो कुरा (5) कमिडी (5) जान्नैपर्ने कुराहरु (5) प्रेम (5) सिक्ने ठाउँ (5) मुक्तक दोभान (4) साहित्य सरगम (4) Artist (3) E-Book (3) Facebook (3) blogger tips (3) केस्रा (3) जीवन (3) जीवनी (3) बहकिने मन (3) सूचना (3) Anroid apps (2) facebook posts (2) featured (2) nepali videos (2) software (2) गजल सुधा (2) तपाइँप्रति (2) नाटक (2) प्यारोडी (2) माया के होला (2) मुक्तक दोहोरी रेडियो कार्यक्रम (2) लघुकथा (2) समालोचना (2) सामान्य ज्ञान (2) साहित्य दर्पण (2) स्मृतिका पानाहरु (2) SMS (1) advertisement (1) general (1) nepali film (1) nepali patro (1) system (1) कोशेली (1) गजल गंगा (1) गजल गुन्जन (1) गेडी (1) फोटो गज़ल (1) भलाकुसारी (1) मनोवाद (1) मुक्तक डायरी (1) राशिफल (1) रेडियो कार्यक्रम (1) लिखित अन्तरबार्ता (1) संगीत (1) संवाद (1) साबरी (1) सामुन्द्रिक छल्का (1) साहित्य संगम (1) हास्यव्यङ्ग्य (1)
Home » , » क्रमभङ्ग - लघुनाटक

क्रमभङ्ग - लघुनाटक


बिबेक दुलाल क्षेत्री

(मन्चमा बिचार १, बिचार २, बिचार ३ देखि क्रमश:२० सम्म छन् । बिचार १ उठ्छ र बोल्न थाल्छ, उसको कुरा सुनेर अरू पनि बोल्न थाल्छन, कोही प्रश्न गर्न थाल्छन )
बिचार १ - नहुने काम भयो !
बिचार २ - कस्तो काम ? कस्तो नहुने काम ?
बिचार १ - नसोचेको काम, हित बिपरीतको काम, लापर्बाहीको, सत्य लिलामीको काम !बिचार ३ - पहिले सबैले यसो भन्छन तर पछि......!
बिचार ४ - यसले हामीलाई तान्न खोजेको हो तर पछि के ?
बिचार ३ - उही सोझालाई सिध्याउने काम, जनतालाई झुक्याउने काम, नेताले गर्ने जस्तो काम !
बिचार ५ - यो नेता जस्तो छ नि !

बिचार ६ - यो नेता होइन ब्यापारी हो । हेर त गाला, ओहो सुट कस्तो महगो ह !
बिचार ७ - हामी नेता होइनौ, नेताको साथी पनि होइनौ ।
बिचार ५ - यो पहिलेको चाही नेता हो । तर पछिल्लो चाही हैन जस्तो छ ।
बिचार ३ - साथी हो नझुक्क ! त्यो नहुने काम भयो भन्ने चाही शत प्रतिशत नेता हो, म ठोकुवा दिन्छु ।
बिचार ८ - हा हा हा ब्यापारी पनि नेता हुन्छ !
बिचार १ - हुन्छ, यहा जे पनि हुन्छ । डा नेता हुन्छ, कर्मचारी नेता हुन्छ, बिद्यार्थी नेता हुन्छ, मजदुर नेता हुन्छ, प्रदेश नेता हुन्छ, हैन के नै बाकी छ र नेता बन्नलाई ?
बिचार ९ - फेरी अर्को झूट, यो मान्छे अघिदेखि धेरै बोल्दैछ !
बिचार १ - मलाइ त्यसो नभन्नोस म तपाईहरूको सेवक हु । म अरूको दुख देखिसहन्न । मलाई दंगा फसाद नसम्झनुस ।
बिचार १० - साथी हो इतिहास पताओं ! कत्तिले हामीलाई कतिपल्ट धोका दिए ।
बिचार ११ - के इतिहासले हामीलाई धोका दियो त ?
बिचार १० - त्यसो होइन यार । यिनीहरूले नै इतिहासलाई धोका दिए ।
बिचार १२ - त्यो कसरी नि ?
बिचार १० - यिनीहरूले हामीलाई नपुग्ने सपना बाडे । यिनीहरू आफूभने कुर्शीमा अल्झे ।
बिचार १३ - महा गलत, सत्य कुरा भन ।
बिचार ९ - ल सुन्नुहोस म भन्छु यिनको कर्तुत । यिनले सपना बाडे, श्रम बाडेनन्, । राजनिती बाडे स्कूल कलेजमा । बर्तमान पुस्तालाई सुहाउँदो शिक्षा बाडेनन्।
बिचार १५ - तपाईसित के प्रमाण छ ?
बिचार ९ - मैले भनि हाले नि, गफ बाडे, यिनीहरूले कमाएको अकुत सम्पती बाडेनन्
बिचार १६ - त्यसै हिलो छ्याप्न पाइन्न !
बिचार १७ - यो मिली भगत जस्तो छ, यी दुवै सरकार भित्रका हुन् की सरकार बाहिरका ?
बिचार ७, बिचार १४ - (एकसाथ कड्कदै )हाम्रो मुखबाट ओकल्न बाध्य नपारियोस! हामीले हाम्रो सिमा मिच्दा, देशको नागरिकता हराउदा बोल्ने चेस्टा गरेका थिएनौ र !
बिचार १ - गम्भीर हुनुहोस ! म यहाहरुको सेवामा हाजीर छु ।
बिचार १६, बिचार १५ - आरोप समाधान होइन, हामीलाई हराएर त देखाओ । हामी भुइमा छैनौ । हेक्का रहोस ।
बिचार १७ - हामीलाई संबिधान चाहियो
बिचार ३ - हामीलाई शान्ति चाहियो
बिचार ४ - हामीलाई बिजुली बत्ती चाहियो
बिचार १२ - हामीलाई प्रतिबद्धता चाहियो
बिचार ६ - हामीलाई नेपाली हौ भनेर गर्ब गर्ने ठाउ चाहियो
बिचार ८ - साथी हो ! हामीलाई चाहिने चिजको लिस्ट अहिले नै बनाओ
बिचार ९ - अ साँच्ची हामीलाई हस्पिटल चाहियो
बिचार १८ - हस्पिटल मात्र होइन । हामीलाई डाक्टर पनि चाहियो
बिचार १० - हामीलाई हाम्रा छोराछोरीलाई पढ्ने समान शिक्षाको अवसर चाहियो
बिचार १ - पुरा हुन्छ मौका दिनुहोस मात्र ।
बिचार १५ - बिचार १६ -हामी अहिल्यै यहाहरुको नाममा घोषणा गर्न लगाउछौ, ढुक्क हुनुहोस यही तपाईहरूको अन्तिम सहयोगी हो, गरे हाम्रैले गर्छ ।
बिचार ७, बिचार १४ - एक पल्ट हामीलाई माथी पुरयानुहोस् । हामी नै सबै बाकी काम गर्छौ । हामी पुरा गर्छौ तपाईहरूको लक्ष्य !
बिचार ५ - केही सुनिएन !
बिचार १२ - केही सुनिएन !
बिचार ३ - केही सुनिएन !
बिचार १० - केही सुनिएन !
बिचार १९ - साथी हो ढिलो भयो जाउ
बिचार २० - हो, जाओ, जाओ, ढिलो भयो ।
(पर्दा खस्छ, सबै अध्यारोमा विलीन हुन्छन )
अस्तु :
अबुधाबी, यू ए ई ।
रचनाकाल :२८ - ०५ - २०१० ।

Share this article :

No comments:

Post a Comment

Total Desktop view for chukuprakash

number of visits track
Now online in this blog

NOW IN NEPAL..
Please follow me at my Personal facebook ID. Follow Me at chukuprakash's twitter account.
 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger