Listen Our Online Radio









~~~~~~~~~~~~~~~~~~~~~~~~~~#बिषयसुची #~~~~~~~~~~~~~~~~~~~~~~~~~~

गजल (416) मुक्तक (290) कविता (93) चुटकिला (85) मुक्तक माला (74) nepalimp3 (57) मुक्तक दोहोरि (51) Nepali News (31) मुक्तक दोहोरी (27) हिजो - आज (27) funny picture (23) नेपाली खित्त्का (21) अचम्म संसार (20) साहित्य (17) News (15) गीत (13) दोहोरि (13) हाँस्य-व्यंग्य (13) nepali radio (11) jokes (10) आज देशमा (10) फेसबुके स्टाटस (10) साहित्य समिक्षा (10) Fun (9) converter (9) प्रहार (9) सायरी (9) हाइकु (9) knowledge (8) muktak sarobar (8) mynepal (8) sports (8) कथा (8) सिन्का (8) football (7) ब्यङ्ग्य (7) भावना (6) भाषा/साहित्य (6) लेख (6) आफ्नो कुरा (5) कमिडी (5) जान्नैपर्ने कुराहरु (5) प्रेम (5) सिक्ने ठाउँ (5) मुक्तक दोभान (4) साहित्य सरगम (4) Artist (3) E-Book (3) Facebook (3) blogger tips (3) केस्रा (3) जीवन (3) जीवनी (3) बहकिने मन (3) सूचना (3) Anroid apps (2) facebook posts (2) featured (2) nepali videos (2) software (2) गजल सुधा (2) तपाइँप्रति (2) नाटक (2) प्यारोडी (2) माया के होला (2) मुक्तक दोहोरी रेडियो कार्यक्रम (2) लघुकथा (2) समालोचना (2) सामान्य ज्ञान (2) साहित्य दर्पण (2) स्मृतिका पानाहरु (2) SMS (1) advertisement (1) general (1) nepali film (1) nepali patro (1) system (1) कोशेली (1) गजल गंगा (1) गजल गुन्जन (1) गेडी (1) फोटो गज़ल (1) भलाकुसारी (1) मनोवाद (1) मुक्तक डायरी (1) राशिफल (1) रेडियो कार्यक्रम (1) लिखित अन्तरबार्ता (1) संगीत (1) संवाद (1) साबरी (1) सामुन्द्रिक छल्का (1) साहित्य संगम (1) हास्यव्यङ्ग्य (1)
Home » » मुसोको टुसो

मुसोको टुसो


श्री गणेशाय नमः भन्ने बित्तिकै गणेशको वाहन मुसो सम्झनु पर्छ । त्यत्रा धम्मरधुस भुँडे गणेशलाई ढाडमा राखेर दगुर्ने मुसो कम बलियो हुन्न । बत्ती झिलिक्क बाल्न नपाई मिलिक्क गरेझैं कुद्ने मुसो गणेशजी ढाडमा चढेर आसन जमाएपछि के कुद्न सक्थ्यो ? त्यसैले कुमारजी विश्व भ्रमण गरेर फर्कंदा मुसोले आफ्ना मातापितालाई एक फन्को लगाउनसम्म भ्याए भनौं । छोरो टाठोबाठो होला, विश्व यात्रा गर्ला भनी महादेव पार्वतीले परीक्षा लिएको त आफ्नो पिलन्धरे वाहन देखेर गणेशजीले मातापितालाई नै विश्व बनाए ।

धन्य प्रभु ! यस्ता आफ्ना सेवकको इज्जत राख्ने गणेश साँच्चिकै मङ्गलकारी हुन् तर गणेश दायाँबायाँ लाग्दा लड्डु उडाउन मुसो के कम ? मुसा भनेका मन्त्रीका पीए सरह हुन् । पीएले हाकिमको आँखा छली कहाँ प्वाल पार्नुपर्छ ? कहाँ काट्नु पर्छ ? कहाँ चट पार्ने ? कहाँ कहाँ चाहार्ने ? कहाँ दार्ने ? सबै मुसाभन्दा कम्ता गर्दैनन् । त्यसैले मुसा घरमा होस् कि वनबारीमा सबैतिर भ्याउँछन्- दुलो खन्न, जाल काट्नदेखि कुन ठाउँमा प्वाल पार्ने ? कुन ठाउँको खाद्य मुखमा पार्ने ? र भुँडी भर्ने सबैमा खप्पिस हुँदाहुँदा नेपालका मुसा त वायुसेवा निगममा आतङ्क फैलाउन समेत पछि परेनन् । हवाईजहाज चढेर देश भरमन गरे, ककपिटमा पुगेर दृश्यावलोकन पनि गरे र पाइलटलाई उडाइदिने धम्की दिएर गायब भए । यी मुसा मान्छेसँग डराउन्नन्ा् । पपुआ न्युगिनीको जग्गर डेढ दुई किलोका असी बयासी सेन्टिमिटर लामा मुसाभन्दा हिमाली मुसा के कम ? जालमा परेका सिंहलाई निकाल्न सक्ने मुसा विष पचाउन महादेवभन्दा के कम ? उस्तै परे संवेदनशील ठाउँमा दार्न र ओढ्ने ओछ्याउने उदार्न पछि पर्दैनन् । लोडसेडिङ गर्न गि्रड सञ्चालन कन्ट्रोल रूममा पसी विद्युत् सर्ट गरेर फिडर चट पार्न र आगो लगाउन सक्ने शक्ति राख्छन् । मुसो उस्तै परे पूरै घर मुसे घर बनाउन पछि पर्दैनन्, जसरी संसद बेकम्मा बनाउन जनप्रतिनिधि भनाउँदा अघि सर्छन् । मुसाले उस्तै परे घर झ्याङ प्वाल, बारी खाल्डाखुल्डी पार्नेदेखि प्लेगको महामारी फैलाई मान्छेलाई चट् पार्न पनि पछि पर्दैनन् । उहिले पो पाइड पाइपरले ठीक पारे । अहिले डुक्रे मुसोलाई कसले ठाउँमा ल्याउने ? जङ्गली मुसा सहर पसेपछि त झन् बर्बाद ! यी सहरको सोखमा बसेपछि ठूलै कोखमा जन्मे सरह धाक, धमास, धम्की दिने मात्र हो र ? मुसे महाराज भएर गम्फी बस्छन् र निमुखालाई चम्की चम्की धम्की दिने र खान्की लिन पछि पर्दैनन् ।
घर वनबारीका त मुसा भै हाले । मान्छेका हात र गर्धनका मुसोको अर्को उत्पात ! मुसो पनि काम नपाएर कहिले घाँटीमा त कहिले खाँटी ठाउँमा देखा पर्छ । न चिमटेर फाल्नु न चुना हाल्नु । न बान्नु न हतियारले हान्नु । अविवाहित वर भएका भए बर्बाद ! नाकको प्वालमुनिको मुसोको टुसो हेर्दै हाँस्थे । उहाँ भने सिद्धिमुनि गणेशको वाहन के खान आएको होला नाकमुनि ? गणेशको वाहन भएकैले होला 'एक जना मित्रले मुसोलाई मुद्दा हालेको फड्को किनाराको साछी भएर ठीकै गर्‍यो' मात्र के भनेको थिएँ नाकको प्वालनेर एउटा सानो कोठीजस्तो ढिस्को देखियो । दारीजुँगा सफाचट पार्दा आइलाग्यो मुसाको अवरोध । हेर्दाहेर्दै नाकको प्वालमुनि मुसो देखा पर्‍यो । ठूलो मुसो भएर दुलोनेर बस्ने सुर कसी ठ्याक्कै देब्रे प्वालमुनि जुँगाको जङ्गलमा मुसो देखा पर्‍यो । दिन दुगुना रात चौगुना बढ्दै सिङ जस्तो टुसो देखियो । नाकको प्वालमुनि देखिएको टुसोजस्तो मुसो क्या गज्जब सृष्टि ! न दुलाभित्र जाने मुसो हो न घाँस झैं दारी काट्ने मुसो । फेरि अरू ठाउँमा नआएर किन नाककै प्वालमुनि र जुँ्गाको घारिभित्र टाढैबाट टड्कारै देखिने गरी बढेको होला ! कतै ग्रान्ड डिजाइन त हैन ?
मेरो रूप बुढेसकालमा पनि कुनै हिरोको भन्दा कम थिएन तर मुसो आएपछि आफ्नो आकर्षण जिरो ! कुनै राजनीतिक नेताले प्रतिपक्षलाई गरे झैं कुनै अभिनेताले हिरोलाई जिरो पार्न मुसो लगाएको त हैन ? तर आछुँ खाएँ बाछुँ खाएँ झुसे बारुलो ! मुसोलाई ठीक पार्छु भन्दा भन्दै नेताको भुँडी उक्सेझैं निस्कँदै आयो । हिरोलाई जिरो बनाउँदै लगेपछि आफूलाई ज्यानमारा खुर्सानी खाएझैं पिरो भयो ।
बाटामा हिँड्न हुन्न, हैन-नाकमुनि के आयो ? टर्रा प्रश्नको पर्रा आयो । सबले सोध्न थाले । आँखा भएर पनि आफूले देखेको हैन । ऐना हेरेपछि पो देखियो सक्कली रूप ! सिङमाङगढे राजाको टाउकामा उम्रेको सिङजस्तै मुसो ! नाकमुनिको मुसोको टुसो केले छोप्नु ? सधैँ प्रदूषणको फुर्लुंगे पट्ट िलगाउन पनि भएन । पख्लास् मुसो ! भन्दै जँुगा पालेर जङ्गलमा दबाएर राखँे तर जुँगाभन्दा लामो भएर नाकको प्वाल ढाक्लाझैं भयो । सधैँ हेर्नेले अचम्म मानेर हेर्न थाले । कसैले यो त बढेर ढाक्छ । हैन यो त पछि पाक्छ के गर्नु ? रेजर लाउनु पनि भएन न त इरेजरले मेट्ने नै । मान्छेका कुरा सुन्दा त यसले मानौ ब्रहृमाण्ड ढाक्छ । अनि आफ्नो ब्रहृमाण्ड नखल्बलिने कुरै भएन । एउटा मित्रले भन्यो, यसलाई त साबदानाले ठीक पार्छ । होमियोप्याथीमा पाइन्छ । नभन्दै साबदानाजस्तै सेता दाना दिएपछि मुसोको टुसो जिउँदै गिर्‍यो । दुच्छर मुसाको पुच्छर टुक्रियो । मुसो झोक्रियो । बस, धागोले टनटनी बानेर घाँटी अठ्याएपछि फत्रुक्क झर्‍यो तर मुसोको टाउकाको टुसो सानै भए पनि सहिदको सालिकझैँ टक्रक्क देखियो । यसले मन फक्रक्क पर्‍यो । मुसोको टुसो झार्न यारलाई जति प्यार गरेर अनुरोध गरे पनि अवरोध आएझैँ दललाई हतियार बुझाउन यारलाई जति प्यार गरेर अनुरोध गरे पनि हतियार बुझाउन अवरोध आएझैँ भो ! पहिल्यै हतियारले चट हुन्थ्यो तर स्याल सिध्याउन बाघ मार्ने गोली किन ठोक्नु भनेर मुसोलाई गोली त गोली गोली ओखती दिएको मुसोले मान सम्मान ठानेर अझँै बढ्ने दाउ गर्दैछ । जुँगालाई जङ्गल र नाकको प्वाललाई ट्रेन्च ठानेर तन्कन खोज्दै छ । पख्लास् मुसो रूपलाई कुरूप पार्नेसँग कोही लाग्दैन चुप ! नाकमुनिको मुसोको टुसो नामेट नभएसम्म जे भने पनि मैले आतङ्ककारी नै घोषणा गरेँ । मुसो उडाउन कतै गणेश नै पुज्नु पर्ने हो कि ? मैले सम्झें भक्तपुरको एउटा विचित्र चित्र । स्यालहरूले हात्तीलाई घेरेको वरिपरि । घेराउमा परेको हात्तीको ढाडमा स्याल चढेको । उही बेलैमा भविष्य चिन्तन ! स्यालको कुरो त छँदैछ । मुसा पनि कम्ता छैनन् । उही कहिलेकाहीँ आफैँ चढेको जहाज प्वाल पार्छन् र ! नत्र कुन ठाउँमा खाना छ त्यसलाई पत्ता लगाउन कुनै वैज्ञानिकले भेट्ने हैनन् । मुसोको उपद्रो पनि गजब गजबका ! पुनरमुसीको भव भन्ने त हामीले सुनेकै हौं तर मुसोले श्रीपेच लगाएको कथा चाहिँ कतै कसैले नभेटे पाँडे पुराणमा पाइन्छ ।
एउटा काँठको मुसोले धेरै बच्चा पाएपछि हुर्काउन गाह्रो भयो । डल्ले मुसोलाई उसकी आमाले कामको खोजीमा सहरतिर लगी । छोरालाई कोदोको बाला काट्ने काम सहरमा पाइन् । अनि एउटा सुचिकारको कपडा काट्ने काममा डल्ले मुसोलाई उसकी आमाले राखिदिई । आफूचाहिँ बाटोको सुरुङ खन्ने काम गर्न थाली । छोरो डल्ले मुसो सहरको खानाले मोटायो । सहरको नानाले खुसायो । सहरको गानाले रमायो । उसले आफ्नो घर बिर्सिंदै गयो । सुचिकारले काट भनेको लुगा नकाटी सुचिकारकै कोट काटेर हाँस्न थाल्यो । नकाट भन्दा पनि टेरेन । आफ्नो घर बिर्सियो । सुचिकारले निकाल्यो । ऊ अब कतै पनि टिक्न सक्ने स्थितिमा थिएन ।
डल्ले मुसोले आफ्नो घरमा टाढा टाढा पुगेर कोदोको बाला काटेर खान गाह्रो थियो । कसैले देख्यो भने उसलाई हिर्काउँछन् भन्ने डर थियो । जङ्गली बिरालोले घिसार्दै लगेको र पटकपटक थप्पु हान्दै लडाएको उसले देखेको थियो तर उसले सबै बिस्र्यो । डल्ले मुसो सुचिकारको छोरोजस्तै घुर्की लगाउँथ्यो । फुर्ति गर्थ्यो । यो देखेर सुचिकारलाई हाँसो उठ्थ्यो ।
सुचिकारको घरमा एउटा सिंहासन थियो । डल्ले मुसोले 'यसमा चढेर बस्न पाए कस्तो हुँदो हो' भन्ने सोच्यो । उसले खुब विचार गर्‍यो । त्यो सिंहासनमा मखमल मोड्न सुचिकारकहाँ ल्याइएको थियो । एक दिन सुचिकारको आँखा छली मुसो सिंहासनमा चढ्यो । डल्ले मुसो दङ्ग परेर हेर्दै थियो । सुचिकारलाई देख्यो । सुचिकारले पनि सिंहासनमा बसेको मुसोलाई देखेर छक्क पर्दै हेर्दै थियो । मुसोले आफू सुचिकारको काम गर्ने मुसो भन्ने बिर्सें्छ । उसले सुचिकारलाई भन्यो- "ए सुचिकार दाइ ! म सिंहासनमा बसेपछि श्रीपेच खोइ त ? मलाई श्रीपेच चाहियो ।"
सुचिकारले पनि यसलाई लगाइदिनै पर्‍यो भनी प्वाल परेको हाँडीमा कुचो घुसारी 'लौ लगा श्रीपेच' भन्दै हाँडीले टाउको मात्रै हैन, पूरै जिउ ढपक्कै छोपिदियो । मुसो हाँडीभित्र उफ्रिरह्यो । कल्फी हल्लि नै रह्यो । आफ्नो नाकको मुसोले श्रीपेच कहिले लगाउने हो, हेर्दै छु कल्की हल्लाउने प्वाल ।
युवामञ्च २०६८ मंसीर
-रामकुमार पाँडे

Share this article :

No comments:

Post a Comment

Total Desktop view for chukuprakash

number of visits track
Now online in this blog

NOW IN NEPAL..
Please follow me at my Personal facebook ID. Follow Me at chukuprakash's twitter account.
 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger