|
यत्रतत्र छरप्रस्ट कलियूगका दानव ।।
ब्यबहार उस्तै आनि उस्तै छ आकृति ।
दिदैन फेर्न यिनले ज्ञानको नौलो जागृति ।।
हिम्सक दक्षक भक्षकभरि भराउ गुण ।
दुरुस्तै उही स्वरुप यी हुन सैतानी भुण ।।
पुन्य होईन यी त पापकै खेतीमा उदाउछ ।
पुरानै उही दैत्तिक प्रबितीमा नै रमाउछ ।।
बाणी मै गोमन झै बिसका छन् प्याला ।
रुपले गहुगोरा तर भित्री मनका काला ।।
हदै सम्म गिर्छ उहो धनको लालसी ।
रोज्छ छोटै बाटो कर्म गर्नलाई आलसी ।।
जाति भाति कुरीतीको झन्डा फराउछ ।
असती अधर्मी कुकर्मी उही मन पराउछ ।।
एकछत्र चल्दैछ यीनको सामन्ती राज ।
सत्य झुक्दैछ यहाँ असत्यको माज ।।
राम होईन आज रावणको जमाना ।
पाप धर्म एकछत्र सबै छ समान ।।
फेरिन्न अब फेरि यो सैतानी जुग ।
कस्तो आयो दिन यो घोर कलियुग ।।
No comments:
Post a Comment