कम्प्युटरमा भाइरस लागेर हैरान हुनुभएको छ भने अब झन् चिन्ताको विषय
थपिएको छ । हालसालै गरिएको एक अनुसन्धानले अब कम्प्युटर भाइरसले कम्प्युटर
मात्र प्रभावित नभई मानिस पनि प्रभावित हुने कुरा देखाएको छ । कम्प्युटरमा
भाइरसले असर गरेपछि मानिसमा आउने तनाबले मात्र होइन, यसले मानिसको शरीरलाई
नै प्रत्यक्ष असर गर्ने केही अनुसन्धानकर्ताको चेतावनी छ ।
कम्प्युटरको
हार्डवेयरमै हालिने भाइरसका कारण मानिसको शरीरलाई असर गर्ने र यो प्रविधि
निकट भविष्यमा बजारमा आइपुग्ने कुरा अनुसन्धानकर्ताले बताएका छन् ।
बेलायती विश्लेषक मार्क गेसनले हालै गरेको अध्ययनअनुसार, भाइरस लागेका
चिपयुक्त कम्प्युटर बजारमा आउन थालेको र त्यस्ता कम्प्युटरले मानव
स्वास्थ्यमा समेत असर गर्ने तथ्य सार्वजनिक गरेका छन् । 'पछिल्लो समयमा
बनेका अधिकांश प्रविधिगत सामग्री निकै साना आकारका छन् । र, यदि कसैले
हार्डवेयरमा लुकाएर भाइरस आक्रमण गर्न चाह्यो भने त्यसले निकै ठूलो क्षति
गराउन सक्छ,' अध्ययन प्रतिवेदनमा भनिएको छ, 'त्यसैले नयाँ प्रविधि बजारमा
ल्याइँदा यस्ता विषयमा ध्यान दिन आवश्यक छ ।'
मार्क गेसनले |
कम्प्युटरको नियन्त्रणमा चलाइने ठुल्ठूला बिल्डिङका एक्सेस सिस्टममा यदि भाइरसले आक्रमण गर्यो भने त्यतिवेला बिल्डिङभरिका मानिसको ज्यान जोखिममा हुने पनि अनुसन्धानले देखाएको छ । र, एउटा हाते बटनयुक्त कुनै सामग्रीको उत्पादनले त्यस्तो गर्न मिल्ने चेतावनी पनि उनले दिएका छन् । साइबर क्रिमिनलले मानिसको शरीरभित्र भाइरस छिराउने नयाँ प्रविधि पत्ता लगाउन सक्ने भएकाले यस विषयमा सतर्क रहन मार्कले सुझाब दिएका छन् ।
No comments:
Post a Comment