Listen Our Online Radio









~~~~~~~~~~~~~~~~~~~~~~~~~~#बिषयसुची #~~~~~~~~~~~~~~~~~~~~~~~~~~

गजल (416) मुक्तक (290) कविता (93) चुटकिला (85) मुक्तक माला (74) nepalimp3 (57) मुक्तक दोहोरि (51) Nepali News (31) मुक्तक दोहोरी (27) हिजो - आज (27) funny picture (23) नेपाली खित्त्का (21) अचम्म संसार (20) साहित्य (17) News (15) गीत (13) दोहोरि (13) हाँस्य-व्यंग्य (13) nepali radio (11) jokes (10) आज देशमा (10) फेसबुके स्टाटस (10) साहित्य समिक्षा (10) Fun (9) converter (9) प्रहार (9) सायरी (9) हाइकु (9) knowledge (8) muktak sarobar (8) mynepal (8) sports (8) कथा (8) सिन्का (8) football (7) ब्यङ्ग्य (7) भावना (6) भाषा/साहित्य (6) लेख (6) आफ्नो कुरा (5) कमिडी (5) जान्नैपर्ने कुराहरु (5) प्रेम (5) सिक्ने ठाउँ (5) मुक्तक दोभान (4) साहित्य सरगम (4) Artist (3) E-Book (3) Facebook (3) blogger tips (3) केस्रा (3) जीवन (3) जीवनी (3) बहकिने मन (3) सूचना (3) Anroid apps (2) facebook posts (2) featured (2) nepali videos (2) software (2) गजल सुधा (2) तपाइँप्रति (2) नाटक (2) प्यारोडी (2) माया के होला (2) मुक्तक दोहोरी रेडियो कार्यक्रम (2) लघुकथा (2) समालोचना (2) सामान्य ज्ञान (2) साहित्य दर्पण (2) स्मृतिका पानाहरु (2) SMS (1) advertisement (1) general (1) nepali film (1) nepali patro (1) system (1) कोशेली (1) गजल गंगा (1) गजल गुन्जन (1) गेडी (1) फोटो गज़ल (1) भलाकुसारी (1) मनोवाद (1) मुक्तक डायरी (1) राशिफल (1) रेडियो कार्यक्रम (1) लिखित अन्तरबार्ता (1) संगीत (1) संवाद (1) साबरी (1) सामुन्द्रिक छल्का (1) साहित्य संगम (1) हास्यव्यङ्ग्य (1)
Home » » मुखियाबाको बखान- बाल कथा

मुखियाबाको बखान- बाल कथा

पूजा हमाल
शिवमन्दिर, नवलपरासी

कुनै एउटा गाउँमा एक दाजु र बहिनी एक-आपसमा साह्रै मिलेर बस्थे । उनी दुइको मेलमिलाप देखेर गाउँलेहरू सब छक्क पर्थे । कुनै कुनैले त झिजो मानी डाहा समेत गर्थे भने कतिपय उनीहरूसँग खुशी पनि थिए । उनीहरूका बुबा-आमा पनि थिएनन् न त सम्पत्ति नै जोडजाम गरेका थिए । त्यसैले आर्थिक अवस्था एकदमै कमजोर थियो । एकदिनको कुरा हो- आफ्नै गाउँका थुप्रै केटाकेटीहरू पढ्न स्कुल जाँदै गरेको दृष्यलाई देखेर बहिनी अञ्जुलाई पनि पढ्ने चेतना जागृत भएछ । यो कु
रा उनले मौका छोपेर आफ्ना दाजु रमेशलाई बताइन् -
"दाजु, मलाई पनि विद्यालय पढ्न जाने मन लागेको छ । विद्यालयमा हाम्रा उमेरका धेरैजसो दाजुभाइ दिदीबहिनीहरू पढ्न स्कुल जाँदा रहेछन् हामी कति अभागी रहेछौं।"

यति भन्दै अञ्जुले आँखाबाट बररर आँसु झारिन् ।
बहिनीको बलिन्द्रधारा आँसु देखेर रमेशले शान्त्वना दिंदै भन्यो - "बैनी, तिमी स्कुल जान्छ्यौ भने म मिहिनेत परिश्रम गरी तिम्रो पढाइ खर्च जुटाउन सक्छु, तिमी केही दिनसम्म धैर्य गर म बहिनीलाई अवश्य पढाउँछु ।"
फुर्सदका बखतमा रमेश काम खोज्दै गाउँगाउँमा डुल्थ्यो । एकदिन बेलचुडी गाउँका मुखियाका घरमा पुगेछ र सोधेछ - "मुखियाजी कहाँ हुनुहुन्छ ?"
"ए को बालक हो ?" मुखियाले सोधे ।
"म कामको खोजीमा हिंडिरा'छु मलाई काम गर्ने अवसर दिनुहोस्" भनेर बिन्ती ग¥यो ।
मुखिया शान्त र दयालु स्वभावका थिए । उनले प्रश्न सोधे-
"बाबु तिम्रो घर कहाँ हो ?"
"मेरो घर गैरी गाउँ हो ।"
"तिम्रो नाम नि ?"
"रमेश हो ।"
"तिम्रा बाबु-आमा कहाँ छन् ?"
"मेरा बाबु-आमा ५ वर्ष अघि स्वर्गवास हुनुभएको हो अलिअलि कुरा मात्र थाहा पाउँछु । हामी दुई भाइबहिनी छौं । मेरी बहिनीले पढ्न साह्रै इच्छा देखाएकी हुनाले म यहाँ काम खोज्न आएको हुँ ।"
"बाबु तिमी यति माया लाग्दा मृदुभाषी रहेछौ तिमीसँग म ज्यादै प्रभावित भएँ । मेरा घरमा पनि ५ सन्तान छोराछोरीमध्ये कुनै पनि बाँचेनन् । म सन्तानबिहीन भएर निराश जीवन व्यतित गरिरहेको छु । यो दैवको लिला पनि बडो बिचित्रको हुँदो रहेछ । कसैलाई आमाबाबु नभएको पीडा त कसैलाई छोराछोरी नभएको पीडा यस्तै रहेछ जिन्दगानी" भन्दै आँसु झारे ।
"बाबु रमेश, मेरा घरमा पनि बाबुनानी छैनन् त्यसैले तिमी आफ्नी बहिनीलाई लिएर आऊ तिमीहरूको पालन पोषण गरी म पढाउँछु र लेखाउँछु । कूलरत्नकै रुपमा राखेर एक बाबुको धर्म निर्वाह गर्छु ।"
रमेश घर गयो र बहिनी अञ्जुलाई फकाएर साथमा लिई मुखियाबाको घरमा बस्न आइपुग्यो ।
मुखिया धनवीरले भोलिपल्टै ती दुईलाई स्कुलमा भर्ना गरिदिए । त्यसदिनदेखि उनीहरू खुबै मिहिनेत र लगनका साथ पढ्न थाले । ती हुँदाहुँदै पछि गएर रमेश चाहिं इन्जिनियर बन्न सफल भयो भने बहिनी अञ्जु पनि त्यस्तै पढेर डाक्टर भइछन् । अहिले त त्यस गाउँभन्दा पनि दाजु रमेश र अञ्जु बहिनीको नाम दूर देशसम्म चिनिन पुगेको छ साथै मुखिया धनवीरको नामले पनि त्यत्तिकै बखान वा चर्चा पाएको छ ।
पूजा हमाल
कक्षा-८, वर्ग (ख)
समताशिक्षा निकेतन
शिवमन्दिर, नवलपरासी

Share this article :

No comments:

Post a Comment

Total Desktop view for chukuprakash

number of visits track
Now online in this blog

NOW IN NEPAL..
Please follow me at my Personal facebook ID. Follow Me at chukuprakash's twitter account.
 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger