भारतीय प्रहरीले बिहारको अररीया जिल्लास्थित एक गाउँमा लागेको मेलाबाट नेपाली बालिकाहरुलाई उद्धार गरेको छ ।
मेलामा नांगो नाच देखाउन बाध्य पारिएका २५ जना बालिकाहरुलाई उद्धार गरिएको अररिया जिल्लाका प्रहरी प्रमुख शिवदीप लन्डेले बताउनुभयो । साथै प्रहरीले बालिकाहरुलाई नांगै नचाउने काममा संलग्न ४४ जनालाई पक्राउ गरेको छ । उनीहरुले मेलाका आगन्तुकहरुलाई आकषिर्त गर्न र त्यहाँ राखिएका सामान किन्नको लागि लोभ्याउन बालिकाहरुलाई नांगै नचाएको प्रहरीलाई उधृत गर्दै टाइम्स अफ इण्डियाले जनाएको छ ।

No comments:
Post a Comment