काशीराम शर्मा/सुर्खेत, हाम्रो समाजपनि कस्तो छ । बाबुआमाले आफ्ना सन्तानहरुको रेखदेख र पालनपोषण गर्नुपर्नेमा उल्टै उनीहरुबाटै असुरक्षित हुन थालेपछि कसको विश्वास गर्ने ? यस्तै भएको छ, सुर्खेतमा । एक यौनपिपासु बाबुले आफ्नै दुई नाबालिका छोरीहरुलाई रक्सी खुवाएर बलात्कार गरेका छन । सदरमुकाम वीरेन्द्रनगरसंगै जोडिएको उत्तरगंगा गाविसका मदनबहादुर (नाम परिवर्तन) ले यही फागुन ११ गते राती आफ्नै पाँच बर्षीया छोरीलाई रक्सी खुवाएर बलात्कार गरेको खुलेको छ ।
श्रीमतीले अर्को विहे गरेर गएपछि दुई छोरी बाबुसंग बस्दै आएका थिए । उनले यसअघि जेठी छोरी सात वर्षीया वालिकालाई पनि बलात्कार गरेको छिमेकीहरुको भनाई छ । घटना भएको दिनभन्दा पनि अगाडिबाटै आफ्ना दुई छोरीहरुलाई बाबुले बलात्कार गर्दै आएको उनीहरु बताउँछन् ।
बलात्कार गरेप
छि कसैलाई भनेमा मारीदिने धम्की दिएकोले उनीहरुले घटना लुकाएका थिए । स्थानीय छिमेकी जीवन सुनारका अनुसार
आफूहरु बनको गस्तीमा गएको बखत फागुन ११ गते राती घरमा बच्चाहरु रोएको थाहा पाएपछि गएको तर बाबुले हँसिया समाएर उल्टै धम्की दिएका थिए ।
भोलिपल्ट घरमा जाँदा बाबु भागिसकेको तर दुई छोरीहरु हिंड्न नसक्ने भएर पल्टिरहेकोले चन्दा उठाएर स्थानीय मेडिकलमा उपचार गराइएको जानकारी उनले दिए । छोरीहरुलाई सोध्दा बाबुले बलात्कार गरेको, आफू चिच्याउँदा बन्चरोको विँडले हानेर हात भाँच्चिएको बताएपछि बाँगेसिमलस्थित प्रहरी चौकीमा गइ उजुरी गरेर बाबुलाई पक्राउ गरी प्रहरीलाई जिम्मा लगाएको छिमेकी सुनारले बताए ।
उनका अनुसार जेठी छोरीको बायाँ हात भाँच्चिएको छ भने कान्छी छोरीको खुट्टा चोट लागेको छ । जेठी छोरीको हात प्लास्टर गर्नुपर्ने भएकोले रकम अभाव भएपछि उनीहरु उपचारविहीन भएर बस्नुपरेको जानकारी दिदैं उनले उपचारमा सहयोग गरिदिन सवैसंग आग्रह पनि गरे ।
फागुन ११ गते राती बाबुले मदिरा सेवन गरी आफूहरुलाई पनि खुवाएको र आफूमाथि जबर्जस्ती गर्न खोज्दा चिच्याएपछि बन्चरोको बिडले हानेर हात भाँचिदिएको सात वर्षीया वालिकाले बताइन् । आफू चिच्चाएपछि बाबुले बहिनीलाई पनि पिट्दै जबर्जस्ती गरेको उनको भनाइ छ ।
आफूहरुमाथि जबर्जस्ती गरेको कुरा बाहिर कसैलाई भनेमा मारिदिन्छु भनेर बुवाले धम्की दिएकोले आफूले कसैलाई नभनेको उनले बताइन् ।
यौनपिपासु बाबुलाई प्रहरीले पक्राउ गरी हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख एसपी राजु मानन्धरका अनुसार मदनबहादुरलाई जबर्जस्ती करणीको मुद्दा दायर गरी अनुसन्धान गरिरहेको बताए ।
यता कानुनमा बालिकालाई जबर्जस्ती करणी गरेमा मुद्दामा १० बर्षदेखि १५ बर्ष कैद सजाय हुने प्रावधान छ । अधिवक्ता नन्द भण्डारीका अनुसार मदनबहादुरको हकमा भने कैद समय थप हुनेछ । उनीमाथि बालिका जबर्जस्ती करणीका साथै हाडनाता करणी पनि भएकोले १८ बर्षदेखि २० बर्षसम्म कैद र अदालतले उचित क्षतिपुर्ती पनि भराउन सक्ने प्रावधान छ ।
Sourcehttp://nepalsamuha.com/2011-03-02-08-24-16.html
Sourcehttp://nepalsamuha.com/2011-03-02-08-24-16.html
No comments:
Post a Comment