Listen Our Online Radio









~~~~~~~~~~~~~~~~~~~~~~~~~~#बिषयसुची #~~~~~~~~~~~~~~~~~~~~~~~~~~

गजल (416) मुक्तक (290) कविता (93) चुटकिला (85) मुक्तक माला (74) nepalimp3 (57) मुक्तक दोहोरि (51) Nepali News (31) मुक्तक दोहोरी (27) हिजो - आज (27) funny picture (23) नेपाली खित्त्का (21) अचम्म संसार (20) साहित्य (17) News (15) गीत (13) दोहोरि (13) हाँस्य-व्यंग्य (13) nepali radio (11) jokes (10) आज देशमा (10) फेसबुके स्टाटस (10) साहित्य समिक्षा (10) Fun (9) converter (9) प्रहार (9) सायरी (9) हाइकु (9) knowledge (8) muktak sarobar (8) mynepal (8) sports (8) कथा (8) सिन्का (8) football (7) ब्यङ्ग्य (7) भावना (6) भाषा/साहित्य (6) लेख (6) आफ्नो कुरा (5) कमिडी (5) जान्नैपर्ने कुराहरु (5) प्रेम (5) सिक्ने ठाउँ (5) मुक्तक दोभान (4) साहित्य सरगम (4) Artist (3) E-Book (3) Facebook (3) blogger tips (3) केस्रा (3) जीवन (3) जीवनी (3) बहकिने मन (3) सूचना (3) Anroid apps (2) facebook posts (2) featured (2) nepali videos (2) software (2) गजल सुधा (2) तपाइँप्रति (2) नाटक (2) प्यारोडी (2) माया के होला (2) मुक्तक दोहोरी रेडियो कार्यक्रम (2) लघुकथा (2) समालोचना (2) सामान्य ज्ञान (2) साहित्य दर्पण (2) स्मृतिका पानाहरु (2) SMS (1) advertisement (1) general (1) nepali film (1) nepali patro (1) system (1) कोशेली (1) गजल गंगा (1) गजल गुन्जन (1) गेडी (1) फोटो गज़ल (1) भलाकुसारी (1) मनोवाद (1) मुक्तक डायरी (1) राशिफल (1) रेडियो कार्यक्रम (1) लिखित अन्तरबार्ता (1) संगीत (1) संवाद (1) साबरी (1) सामुन्द्रिक छल्का (1) साहित्य संगम (1) हास्यव्यङ्ग्य (1)
Home » » नेपाली फिल्ममा किस र सेक्सको तड्का, ‘टङ किस’को प्रतिस्पर्धाले तीन नायिकाबीच कुटाकुट

नेपाली फिल्ममा किस र सेक्सको तड्का, ‘टङ किस’को प्रतिस्पर्धाले तीन नायिकाबीच कुटाकुट

‘टङ किस’को प्रतिस्पर्धाले तीन नायिकाबीच कुटाकुट,,
नेपाली फिल्ममा किस र सेक्सको तड्का,
Kiss in Nepali Movieहुन त हामीले हलिउड र बलिउडमा किस सिन र बेड सिन सामान्य भैसकेको इस्तिथि थाहा छ ! तर गएको साता केहि यस्ता समाचारहरु आए कि अब नेपाली फिल्मका सिनले आउदो दिनमा बलिउड र हलिउद्लाई पो मात खुवाउने हुन् कि ? प्रसङ्ग शुटिंग भैरहेको चलचित्र ए.टि.एम का नायिकाहरुको हो ! हुन त गत वर्षहरुका चलचित्र कागबेनी र ब्याच नॉ १६ मा किस सिन नभएका होइनन्, तर जब चपली हाइट यस्तै सिनहरुको कारण सर्वाधिक चल्यो त्यसपछि नेपाली फिल्मका निर्माताहरु को दिमागमा फिल्म चलाउनु छ भने प्रसस्त मात्रामा यस्ता सिन हाल्नुपर्ने कुरा घुसेको कुरा देखियो !
प्रसङ्ग १ : चलचित्र ए.टि.एम
यस चलचित्रको शूटिंगयता धेरै चर्चा परिचर्चा सुन्नमा आयो अनलाइन खबर डट कम मा प्रसारित यी दुइ खबरहरु पदनुस :-
‘टङ किस’को प्रतिस्पर्धाले तीन नायिकाबीच कुटाकुट
Kiss Scene in Nepali Movie ATM
कलाकारवीच अभिनय र चर्चाका कारणले लफडा भएका खवरहरु त खासै नौला होईनन् । तर, कुनै चलचित्रमा टङ किस कसले वढि खाने भन्ने विषयमा नायिकावीच झगडा पर्छ र वोलचाल नै वन्द हुन्छ भन्ने सुन्दा जिव्रो टोक्न पर्ने अवस्था आउँछ ।
एक सिनेमामा अभिनय गरिरहेका तीन नायिकावीच यस्तै दृश्यका कारणले अहिले वोलचाल नै वन्द भएको छ । प्रसंग हो, शनिवारमात्र छायांकन सकिएको चलचित्र एटिएमको । चलचित्रमा तीन नायिका रहेका छन्, जिया के.सी, सविना कार्की र सोनिया शर्मा ।
तीन नायिकाका एक्ला नायक दिनेश थापासंगले कसले लामो समय टङ किस खाने भन्ने विषयमा झगडा मात्र गरेका छैनन्, हात हालाहाल पनि भयो । तीनैजना नायिकाले एक दृश्यमा चलचित्रका कलाकार दिनेश थापालाई चुम्वन गर्नु पर्ने दृश्य थियो । जुन दृश्यमा, नायिका सविना कार्कीले दिनेशसंग लामै चुम्वन गरिन् । यो देखेर जियाको पारो तात्यो र उनले सविनासूग झगडा गर्न थालिन् । झगडा पर्दा पर्दै दुई नायिकावीच हात हालाहाल नै भयो । नायिका सविना र जियावीच भुत्लाउनेसम्मका काम भए ।
भुतलाभुलत भएपछि यसको निर्मात्री कुष्मा वुढाथोकीले दुई जनालाई छुट्टाएकी थिईन् । त्यसयता तीनै नायिका वोलचाल नै वन्द गरेर वसेका छन् ।
झगडाको बिषय किसमात्र छैन, ड्रेसदेखि मेकअपमा समेत उनीहरुवीच झगडा पर्‍यो । धेरै जसो सिनेमामा चुम्वनका दृश्य दिन नमानेर निर्माण पक्ष र नायिकावीच लफडा भएका खवरहरु त सुनिएकै हो । तर, कसले वढि चुम्वन दिने विषयमा झगडा गर्नु, भुतलाभुलत नै गर्नु अनि वोलचाल नै वन्द गर्नु आफैमा अचम्मको घटना बेहोर्नु परेको छ नेपाली सिने क्षेत्रले ।
वक्षस्थल समाउन पनि कथाले नै मागेको हो ?
Nepali Movie ATM Scene
दर्शकले पचाउनै नसक्ने दृष्यप्रति आलोचना हुँदा अक्सर सवै नायिकाले दिने रेडिमेड जवाफ हो- ‘कथाले माग्यो, दिए ।’ अचम्मको छ यो कथा पनि के के माग्छ माग्छ । अहिलेसम्म कुनै पनि चलचित्रले माग्न नसकेको मागेको हालै छायाङ्कन सकिएको चलचित्र ‘एटीएम’ले । माग्न पनि यति धेरै माग्यो कि बन्द कोठामा श्रीमान-श्रीमतीवीच नाङ्गै भएर गर्नुपर्ने दृष्य पनि खुला ठाउमै दिनुपर्‍यो ।
चलचित्रमा नायिका जिया के.सीको वक्षस्थलमा कलाकार दिनेश थापाको हातले च्याप्पै समातेको देखिन्छ । यस्तो दृश्यमा न त नायिकालाई लज्जावोध भएको देखिन्छ न त नायकले नै कुनै सकस माने ।  चलचित्र लुट र चपली हाइटको सफलतापछि अहिले नेपाली सिनेमा निर्माता-निर्देशकलाई अश्लिलतामात्र बिक्छ भन्ने भूत चढेको छ । टङ किस खानु र वेडसिन दिनु त सामान्य जस्तै भएको छ । नायिका जियाले चलचित्रमा टङ किस खाएपछि अनलाइनखवरसँग भनिन-’मैले यो चलचित्रमा ३ पटक भन्दा वढि टङ किसको दृश्य दिएकी छु ।’ जिया भन्छिन- दृश्य दिनेक्रममा ईमोशनमा आईयो र १० मिनेटभन्दा लामो भयो । तर, सेन्सर वोर्डले यति लामो दृश्य राख्न त नमान्ला ।’
धेरैजसो अबस्थामा निर्माता-निर्देशकले उत्तेजक दृष्य दिन कर गरेको तर हिरोइनहरुले नमानेको सुनिन्छ । तर अचम्म यो चलचित्रमा त नायिकाहरुवीच नै कसले बढि उत्तेजक दृष्य दिने भन्ने होडबाजी छ । मैले यति मिनेट किस गरें, यति मिनेटको वेड सिन दिएँ भनेर गर्वसाथ सुनाइरहेका छन् । नेपाली चलचित्रमा यस्ता दृश्य राख्न थालीएपछि, धेरैले भनेका छन-’नेपालमा अव खुलेयाम अश्लिल सिनेमा वन्न धेरै समय लाग्दैन ।’ छायांकनस्थलमा नायकले नायिकाको वक्षस्थल समात्छ भने अव अश्लिल सिनेमाको छायांकन हुन कति समय लाग्ला र ?
पछिल्ला समय वनेका दर्जन वढि सिनेमा यस्तै कुराको पछि लागीरहेका छन् र सकेसम्म नायिकालाई नङ्ग्याउन लागिपरेका छन् । यसले नेपाली चलचित्र ‘सी’ ग्रेडमा पुगेको भान हुन्छ । यस्ता दृश्य दिएर हिट भइन्छ भन्ठान्ने नायिकाहरुले सपना पनि पानीको फोका नै बन्ने पक्का छ । यस्ता दृश्यले सिनेमाको मात्र होईन कलाकारको पनि ग्रेड छुट्टाउँछ ।
जुन बिषय संकेतमात्र गरे पुग्ने हो त्यसलाई पुरै नंग्याउनु ग्लामर हैन, अश्लिलता हो । वन्द कोठाभित्र यस्ता कुरा सामान्य होलान, सिनेमाको पर्दामा भद्दापनको पराकाष्टा हो ।
प्रसङ्ग २ : चलचित्र इसारा
कुनै पनि चलचित्र को ट्रेलरले कस्तो फिल्म हो भन्ने जानकारी दिन्छ तर यदि कुनै चलचित्रको ट्रेलरको आधा समय सम्म बेड सिन देखाइन्छ भने त्यो चलचित्रले सोझै सेक्स बेच्न खोजेको जस्तो लाग्दैन र ? तपाई आफै हेर्नुस तल को ट्रेलर :  Source:Filmy Khabar

Share this article :

No comments:

Post a Comment

Total Desktop view for chukuprakash

number of visits track
Now online in this blog

NOW IN NEPAL..
Please follow me at my Personal facebook ID. Follow Me at chukuprakash's twitter account.
 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger