अमेरिकाको न्यु योर्कका जस्टिन बसेट जागिर खान अन्तरबार्ता दिंदा एउटा अचम्मको अनुवभ गरेका छन् | केही साधारण प्रश्न गरे पछि अन्तरबार्ता लिने महिलाले आफ्नो कम्पुटरमा जस्टिनको फेसबुक एकाउन्ट चेक गर्न थालिन | उनले सबै कुरा हेर्न नपाए पछि जस्टिनलाइ लग इन गरेर देखाउन अनुरोध गरिन |
जागिर खाने अन्तर्वार्तामा फेसबुकको पास्वोर्ड मागेको देखेर तीन छक परेका जस्टिनले आर्काको निजी जीवनको चियो चर्चो गर्ने कम्पनीमा जागिर खान्न भनेर हिदेछन | तर सबै जना तेसरी कहाँ हिड्न सक्छन र ?
तेस्तै २०१०मा रबर्ट कलिन भन्ने व्यक्तिलाई पनि फेसबुकको पास्वोर्ड मागिएको थियो रे | रबर्टलाइ अचम्म लागे पनि उनलाइ जागिरको अति नै आबस्यकता भएकोले पास्वोर्ड दिएको टाइम पत्रिकालाइ बताएका छन|
फेसबुक, ट्वीटर आदि इन्टरनेटका "सार्बजनिक स्थान" मा जथाभाबी कुराकानी, फोटो, भिडियो आदि राखेर दुख पाएको त सुनिएको थियो | तर यस्ता अकाउन्टलाइ सबैले हेर्न नमिल्ने बनाएमा आफ्नो कुरा सुरक्षित हुन्छ भन्ने सोच पनि परिवर्तन गर्नु पर्ने भएको छ |
फेसबुक, ट्वीटर प्रायोग गर्दा निम्न कुरामा चनाखो हुनु राम्रो होला:
- सबैले थाहा पाउन नहुने कुरा नराख्ने | जस्तै, स्क्यान गरेका सम्बेदनशील कागजात जस्तै पासपोर्ट, लाइसेन्स,
- आपराधिक गतिबिधीमा संलग्न ब्यक्तिलाई साथी नबनाउने | पुलिस र अन्यलाई फेसबुक बाट अपराधको अनुसन्धान गर्ने एकदमै सजिलो हुन्छ | अनि, पुलिसले मागेमा पास्वोर्ड दिन कन्जुस्याई गर्दा उल्टो फसिने सम्भाबना हुन्छ | तेसैले कसलाई साथी बनाउने कसलाई नबनाउने भन्ने कुरामा पनि चनाखो हुनु राम्रो हुन्छ |
- कसैको पनि गालि बेईजेती नगर्ने |
- अनाबस्यक र अश्लील खालका सामाग्री पोस्ट नगर्ने |
- काम वा व्यक्तिगत सम्बन्धको बारेमा हुने गुनासा पोस्ट नगर्ने |
- भबिश्यमा आफुलाई अफ्ट्यारो हुनेखालका कुरा हरु पोस्ट नगर्ने |
- पहिला तेस्ता पोस्ट भएका छन् भने यथासिघ्र मेटीदिने |
No comments:
Post a Comment