Listen Our Online Radio









~~~~~~~~~~~~~~~~~~~~~~~~~~#बिषयसुची #~~~~~~~~~~~~~~~~~~~~~~~~~~

गजल (416) मुक्तक (290) कविता (93) चुटकिला (85) मुक्तक माला (74) nepalimp3 (57) मुक्तक दोहोरि (51) Nepali News (31) मुक्तक दोहोरी (27) हिजो - आज (27) funny picture (23) नेपाली खित्त्का (21) अचम्म संसार (20) साहित्य (17) News (15) गीत (13) दोहोरि (13) हाँस्य-व्यंग्य (13) nepali radio (11) jokes (10) आज देशमा (10) फेसबुके स्टाटस (10) साहित्य समिक्षा (10) Fun (9) converter (9) प्रहार (9) सायरी (9) हाइकु (9) knowledge (8) muktak sarobar (8) mynepal (8) sports (8) कथा (8) सिन्का (8) football (7) ब्यङ्ग्य (7) भावना (6) भाषा/साहित्य (6) लेख (6) आफ्नो कुरा (5) कमिडी (5) जान्नैपर्ने कुराहरु (5) प्रेम (5) सिक्ने ठाउँ (5) मुक्तक दोभान (4) साहित्य सरगम (4) Artist (3) E-Book (3) Facebook (3) blogger tips (3) केस्रा (3) जीवन (3) जीवनी (3) बहकिने मन (3) सूचना (3) Anroid apps (2) facebook posts (2) featured (2) nepali videos (2) software (2) गजल सुधा (2) तपाइँप्रति (2) नाटक (2) प्यारोडी (2) माया के होला (2) मुक्तक दोहोरी रेडियो कार्यक्रम (2) लघुकथा (2) समालोचना (2) सामान्य ज्ञान (2) साहित्य दर्पण (2) स्मृतिका पानाहरु (2) SMS (1) advertisement (1) general (1) nepali film (1) nepali patro (1) system (1) कोशेली (1) गजल गंगा (1) गजल गुन्जन (1) गेडी (1) फोटो गज़ल (1) भलाकुसारी (1) मनोवाद (1) मुक्तक डायरी (1) राशिफल (1) रेडियो कार्यक्रम (1) लिखित अन्तरबार्ता (1) संगीत (1) संवाद (1) साबरी (1) सामुन्द्रिक छल्का (1) साहित्य संगम (1) हास्यव्यङ्ग्य (1)
Home » , » भिखारीको पनि जुलुस – न्यूनतम भिख रु ५ गर्नु पर्ने माग

भिखारीको पनि जुलुस – न्यूनतम भिख रु ५ गर्नु पर्ने माग

Bhikhari-protest_biratnagar_nepal
कहिँ नभएको बिरोध नेपालमै हुन्छ! बिरोध पनि हदसम्मका हुन्छन! बिराटनगरमा निस्केको यो ‘भिखारी एकता समाज नेपाल’ को जुलुस हेर्नुहोस !
भिखारीलाइ पनि पेशाको रुपमा बिकास गर्ने नियतले गरिएको यो जुलुस कुनै राजनीतिक शक्तिले आफ्नो निहीत स्वार्थ पूर्ति गर्ने गरेको सहजै अनुमान गर्न सकिन्छ । काम नगरी पैसा कमाउने यस्तो जुक्तिलाई कतिपय देशमा चोरी बराबरको दर्जा दिने गरिन्छ । नेपालमा संगठित रुपमा भिख माग्ने कार्यको थालनीको रुपमा बुझिने यस्तो जुलुसले अपराधिक गतिबिधिमा बढाबा दिने शंका गर्न सकिन्छ । भिखारीको जुलुसलाई प्रहरीको सुरक्षा सहित परिक्रमा गर्न दिइएको यस घटनाले भोली चोर, डाँका, तस्कर आदि अपराधिक गतिबिधी संचालन गर्ने व्यक्तिहरुले पनि संगठन खोलेर ब्यापार गर्न पाउने संदेश दिन्छ ।
भिखारीलाई न्यूनतम भिख रु ५ दिनु पर्ने माग राख्ने यस्तो जुलुस देख्दा
अबका दिनमा भिखरीको पेशाको सुरक्षाको लागि शुरक्षा गार्ड र भिख माग्ने कलामा प्रशिक्षण आदि खबर आउन थालेमा पनि अचम्म नमाने हुने भएको छ । विराटनगरको कालीमन्दिरबाट सुरु भएको ६०–७० जना भिखारी सम्मिलित सो जुलुशले विराटनगरका विभिन्न ठाउको परिक्रमा गरेको छ । सो बिरोध जुलुसमा विराटनगरका भिखारीहरुले आफ्नो हक र अधिकार खोज्नुका साथै सामाजिक सदभाब कायम हुनु पर्ने माग पनि गरेका थिए ।
bhikhari_ekata_samaj_protest
Bhikhari-protest_biratnagar_nepal_ekata_saman
नेपालमा हुने बिभिन्न बिरोध, बन्द र आन्दोलन देख्दा बिरोध, आन्दोलन आदिमा गिनिज बुकले रेकर्ड राख्न थाल्ने हो भने कम्तिमा पनि ९० प्रतिशत रेकर्ड त नेपालले नै राख्छ होला । यस्तो खालको जुलुस देख्दा तपाईलाई कस्तो लाग्छ कमेन्ट गर्नु होला ।
Bhikhari_aandolan_biratnagar_nepal_ekata_samaj
फोटो – सुबास कार्की, दिपेश राउत र अन्य मार्फत
अपडेट - यस सन्धर्भमा गणेश लम्सालको कुरा जायज लागेको ले थपिएको छ :
कसैले उक्साएर निकाल्न लगाएको भएपनि उनीहरुमा पनि चेतना हुन्छ भन्ने प्रस्ट पारे उनीहरुले । उनीहरु पनि मानव हुन । उनीहरुलाई राज्यले सधै भीखारी वनाईराख्न पाउदैन , यसैले उनीहरुलाई घरवास र रोजगार दिनुपर्छ भन्ने मेरो पनि सर्मथन । अझ यी वालिका भीख माग्ने भीखारीकै एक छोरी हुन । यिनका अरु ३ जना भाईवहिनी पनि छन । सडकमै जन्मेका यिनीहरुको दिन पनि वावु आमासंगै भीख मागेरै वित्छ । विद्यालयको मुख देखेका छैनन । कसैको नजर परेहुन्थ्यो यिनीहरु माथि ।
begger_girl_protest
Share this article :

No comments:

Post a Comment

Total Desktop view for chukuprakash

number of visits track
Now online in this blog

NOW IN NEPAL..
Please follow me at my Personal facebook ID. Follow Me at chukuprakash's twitter account.
 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger