महँगो कपडामा सजिएर झकिझकाउ बनी चोरी गर्दै हिँड्ने गोरखा स्थायी घर भएकी २१ वर्षीया पूजा थापा मगरलाई वडा प्रहरी बैदामले मंगलबार पक्राउ गरेको छ । उनले पर्यटकीय क्षेत्र लेकसाइडका महँगा होटल बुक गरी पाहुनाको रकम र सुन लुटेको प्रहरीले जनाएको छ ।

होटलमा बस्दा पाहुनाको चियोचर्चो गर्दै रकमवाला चाल पाएपछि नजिकै कोठा सारेर उनले चोरीको योजना बुन्दै आएकी थिइन् ।
'यस्तो टेक्निक लगाएर युवती एक्लैले चोरी गरेको घटना जिल्लामा पहिलो हो,' चन्दले भने, 'चोरी गर्ने उनको टेक्निक अचम्मको छ ।'
उनका अनुसार प्रायः एसी रुम खोज्ने र होटलमा उच्च खानदानी परिवारजस्तै हाउभाउ देखाउने भएकाले समेत होटल सञ्चालकले पनि सजिलै उनलाई कोठा उपलब्ध गराउँदै आएका थिए । प्रहरीका अनुसार उनले पोखरामा चार तोला सुन र झन्डै तीन लाख रुपैयाँ चोरी गरेको उजुरी परेको छ । गत चैतमा उनले पोखराको रत्नचोकस्थित एक ब्युटीपार्लरमा काम गर्ने बहानामा ५० हजार रुपैयाँ र तीन तोला सुन लिएर भागेकी थिइन् ।
'अहिले ब्युटीपार्लर सञ्चालिका र विदेशी पर्यटकको उजुरीका आधारमा उनलाई चोरी मुद्दा चलाइएको छ,' जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रवीन्द्रराज पौडेलले भने, 'चोरीको प्रकृति हेरेर कारबाही अघि बढाइनेछ ।' उनका अनुसार यस्तै प्रकृतिको मुद्दा यसअघि काठमाडौं प्रहरीमा समेत परेको बुझिन आएको छ ।
काठमाडौं बस्दै आएकी अभियुक्त थापा गत चैतदेखि हरेक महिनाको एक साता पोखराका होटल बुक गरी चोरी गर्दै आएको प्रहरीसमक्ष स्विकारेकी छन् । उनले दुई वर्ष काठमाडौंको सिटी सेन्टरमा काम गरेकी थिइन् । कुनै मोडल र सिनेमाकी नायिकाले जस्तै पहिरन फेर्ने उनले चुरोट पिउने र अंग्रेजी बोल्ने प्रहरीले जनाएको छ ।
No comments:
Post a Comment