By~Bimal Raj (पवित्रप्रेमी) |
लेखौँ कती लेखौँ,नलेखौँ यो मन मान्दैन किन ?
थाहा छ बेकार छ तर पनि बेकार ठान्दैन किन ?
आकाशमा जून छँदा छँदै कस्ले रोज्छ तारा यहाँ ?
कस्तो अजीव तारा रोजेँ जूनले मलाई तान्दैन किन ?
मौकामा हिरा फोर्नु अरे ! मौकै मिलोस वास्ता छैन
पवित्रप्रेमी मौकामा चौका पार्न आखिर जान्दैन किन ?
बाटो दुइटा रोजाइ एउटा काँडा रोज्ने या त फूल
घोच्ने काँडा पन्छाइ मनले सुन्दर फूल छान्दैन किन ?
गल्ती बेगर कैयन प्रहार खेपे को छु जिन्दगीमा
अचानो बनी सहन्छ तर जवाफी मार हान्दैन किन ?

जत्तीले रिस साँधे पनि पाइला-पाइला बाँधे पनि
फुकाइ गाँठो छोडि दिन्छ कसैलाई बान्दैन किन ?
Bimal Raj |
No comments:
Post a Comment