विमलराज ढकाल (पवित्रप्रेमी) |
माफ दिनु, न त कलम मेरो पनि दोष छैन
लेख्दा लेख्दै मसी सक्यो नीबै दोब्र्यो तर
सुधार सुको नभएसी मलाई होश छैन
आश्वासनको चाङ लाउँछन् समस्याको अघी
समस्याको व्याबहारिक कहीँ उदघोष छैन
आफ्नो गल्ती लुकाउन अरुलाई औँल्याउँछन
न त सबुद प्रमाण त्यसको आधार ठोस छैन
मेरो भन्नु एउटा कलम , नीबै दोब्रे पछी
जे जे हुन्छ हेरी राख्छु म मा आक्रोस छैन
Bimal Raj |
No comments:
Post a Comment