विमलराज ढकाल (पवित्रप्रेमी) |
आशाका ती दियोहरु सधैं भरी बलिरहोस्
चोखो प्रिती लाउनेहरु हार्नु हुन्न कसै सित
अजम्बरी माया लाउनु जल्नेहरु जलिरहोस्
सुगन्धित जगत आज प्र्रितीको यो वासनाले
हाँगा हाँगा डाली डाली फुलिरहोस् फलिरहोस्
एउटा बाटो नछोडे है सम्बन्ध त्यो टुटाएर
मनमा माया मार्नु हुन्न शरीर यो ढलिरहोस्
समय त बदलिन्छ सर्पको त्यो काँचुली झँै
आफु कहिल्यै नबद्लिनु समयले छलिरहोस्
विमलराज ढकाल (पवित्रप्रेमी)
बसेरि ५ धादिङ
No comments:
Post a Comment