कातर भए काप्न
थाले मर्न जानिन म
घाऊ माथि नुन चुक
छर्न जानिन म
धोका रैछ
जिन्दगीनै रोहीबसे यसै
धिक्कार छ आत्मा
हत्या गर्न जानिन म
थुम्की पुग्ने
रहर थ्यो खुट्टा ताने पनि
एकोहोरो चढिरहे
झर्न जानिन म
संघर्ष र मायालाई
पर्यवाची ठाने तर
पसु सारी घासे
मैदान चर्न जानिन म
पागल भै भौतारिदा
मरे बेस भन्थे तर
आँफैलाई लाछी
नाममा दर्न जानिन म
-प्रकाश अर्याल ( चुकुप्रकास )
कुरुक्षेत्र विस्वबिध्यालय ,
कुरुक्षेत्र विस्वबिध्यालय ,
No comments:
Post a Comment