Listen Our Online Radio









~~~~~~~~~~~~~~~~~~~~~~~~~~#बिषयसुची #~~~~~~~~~~~~~~~~~~~~~~~~~~

गजल (416) मुक्तक (290) कविता (93) चुटकिला (85) मुक्तक माला (74) nepalimp3 (57) मुक्तक दोहोरि (51) Nepali News (31) मुक्तक दोहोरी (27) हिजो - आज (27) funny picture (23) नेपाली खित्त्का (21) अचम्म संसार (20) साहित्य (17) News (15) गीत (13) दोहोरि (13) हाँस्य-व्यंग्य (13) nepali radio (11) jokes (10) आज देशमा (10) फेसबुके स्टाटस (10) साहित्य समिक्षा (10) Fun (9) converter (9) प्रहार (9) सायरी (9) हाइकु (9) knowledge (8) muktak sarobar (8) mynepal (8) sports (8) कथा (8) सिन्का (8) football (7) ब्यङ्ग्य (7) भावना (6) भाषा/साहित्य (6) लेख (6) आफ्नो कुरा (5) कमिडी (5) जान्नैपर्ने कुराहरु (5) प्रेम (5) सिक्ने ठाउँ (5) मुक्तक दोभान (4) साहित्य सरगम (4) Artist (3) E-Book (3) Facebook (3) blogger tips (3) केस्रा (3) जीवन (3) जीवनी (3) बहकिने मन (3) सूचना (3) Anroid apps (2) facebook posts (2) featured (2) nepali videos (2) software (2) गजल सुधा (2) तपाइँप्रति (2) नाटक (2) प्यारोडी (2) माया के होला (2) मुक्तक दोहोरी रेडियो कार्यक्रम (2) लघुकथा (2) समालोचना (2) सामान्य ज्ञान (2) साहित्य दर्पण (2) स्मृतिका पानाहरु (2) SMS (1) advertisement (1) general (1) nepali film (1) nepali patro (1) system (1) कोशेली (1) गजल गंगा (1) गजल गुन्जन (1) गेडी (1) फोटो गज़ल (1) भलाकुसारी (1) मनोवाद (1) मुक्तक डायरी (1) राशिफल (1) रेडियो कार्यक्रम (1) लिखित अन्तरबार्ता (1) संगीत (1) संवाद (1) साबरी (1) सामुन्द्रिक छल्का (1) साहित्य संगम (1) हास्यव्यङ्ग्य (1)
Home » » आधुनिक कथा (अरुणिमा...)

आधुनिक कथा (अरुणिमा...)

नेपाल सुन्दर, शान्त, विशाल । आफ्नो मुलुकको परिभाषा गर्न महाकविका यी शब्द मैंले चोर्नै पर्योप, सायद ममा यति साहस छैन कि यस पवित्र धराको व्याख्या मैंले गर्न सकूँ । जीवनको २५ बसन्त पार गरिसक्दा ममा व्यग्र चिन्ता व्याप्त भयो, मगज रन्थनियो । मगज रन्थनिनु स्वाभाविक कुरा हो किनकि साथीहरू प्रगति गरिरहेछन्, म अवनति । म आफ्नो मगजलाई रन्थनिएको देख्न सक्तीन । म मगज-मन्थनका लागि डुल्न चाहन्थे । साउन माह थियो । मेघहरू गड्याङ्ग-गुडुङ्ग गर्दै थिए । इन्द्रदेव पृथ्वीवासीका निम्ति उदार भएका थिए । कोठाको झ्यालबाट पानीको एक बाछिटोले मेरो निद्रा भङ्ग गर्यो र म एक बेनाम, गन्तब्यविहिन यात्राका लागि हानिएँ ।
मुलुक श्रावण माहको वर्षाले नुहाइरहेको थियो । म पनि नुहाउँदै-नुहाउँदै धनकुटा पुगेछु । पाखाहरू रुझेका थिए, सडक पनि रुझेका, असीमित चाहनाले मन पनि रुझेको । लालीगुराँस बारीका कान्ला-कान्लामा मुस्काइरहेका थिए, सडक छेउ ती सल्लाका बोटहरू पनि श्रावणको यस सुन्दर वातावरणमा रमाइरहेका थिए, तिनका हाँगाहरू देख्ता लाग्थ्यो मानौं कुनै युवतीले भर्खर स्नानपछि आफ्ना केशहरू फिँजाएर स्नान-घरबाट बाहिर निस्केकी हो ! ती सल्लाका बोट उन्मादित थिए, कता-कता पिरतीमा गाँसिन पुगेछु म तिनीहरूसित । म नारायण गोपाल गीत सुन्दै अघि बढें, 'साउनको झरी बनी तिमी आऊ न..'।
धनकुटालाई छोएर बग्ने अरुण नदीको आयतन बढेको थियो । अरुण उद्वेलित थिए, अभिमानित थिए । हिँउद मासमा स-साना सिङ्घाने बालकहरू अरुणको छातीउपर निर्वस्त्र भै विचरण गर्छन, तर अहिले भनें ती बालकहरू सचेत छन । अरुणको त्यो उग्र-रुप देख्ता स्वयं इन्द्रदेव पनि त्रसित हुन्थे, त हामी कसो त्रसित नहुनु, हाम्रा बाल-बालिका किन त्रसित नभउन? म पनि केही चाहना बोकेर पुगेको थिएँ, त्यहाँ । म खोजी गर्दै पुगेको थिएँ । मेरो खोज के हो, म जान्दिन, बुझ्दिन, परिभाषित गर्न सक्तीन तर मेरो मगजभित्र मेरो खोजी स्पष्ट रुपमा आफ-से-आफ परिभाषित भै बसेको छ ।
श्रावणको त्यस उग्र वर्षामा, अरुण किनारका सारा बस्तीहरू खाली भैसकेका थिए, कारण- बस्तीका मानिसहरूको मगजभित्र त्रास लिप्त थियो; अरुण भोको अजिङ्गर झैं हुँकार जो गरिरहेका थिए । म खाली भएका ती बस्तीहरू देख्छु, उजाड लाग्छ । मानिसविहीन बस्ती विरक्तिलो हुँदो रहेछ । प्रकृति जति नै सुन्दर भएतापनि, मानिस बगैरको सुन्दरता व्यर्थ छ ।
यौटा स्त्रीले आफ्नो लोग्ने गुमाएपछि जति सुकै साज-सज्जा किन नगरोस, उसको भित्री सुन्दरता कदापि झल्किन सक्तैन । उसको मन खिन्न नै रहन्छ, उसले स्वेत वस्त्र पहिरेर केवल एक कल्पना गर्छे । उसको कल्पनामा ऊ आफ्नो लोग्नेसँग आलिङ्गनबद्ध भै डुलिरहेकी हुन्छे । हो, अरुणको भाव मैंले बुझिरहेको थिएँ । अरुणले अभिमानित भै जति सुकै हुँकार गरेपनि उनको भित्री मनमा मानिसरुका निमित्त प्रेम थियो । उनी मानिस बिना एक्लो भएका थिए । सायद त्यो हुँकार एक्लोपनको उपज थियो क्यार ! मलाई अरुणसँग डर लागेन, म बगर-बगर, रेतउपर डुल्न थालें । पवनको एक शीतल लहरले मलाई छोयो । म पुलकित भएँ । वातावरण सौम्य थियो । पारी-पाखामा हुस्सु लागेको थियो । पवन बग्दै थिए । आफ्नो वेगसँगै पवनले त्यस हुस्सुलाई पनि ऊँबो-ऊँबो लगिरहेका थिए ।
बिस्तारै पारी-पाखाको हुस्सु, त्यहाँबाट पलायन भएर अन्तै सर्यो । पारीको हरित पाखा देख्दा मन उज्यालो भयो । मगजका तन्तुहरूले स्पन्दन गर्न थाले, अनायासै। अरुण किनारको यस पवित्र भूमिउपर बसेर ईशको आराधनामा म रमाउन चाहन्थे । मरुका कणहरू वर्षाले गर्दा ओस्सिएका थिए । ढुङ्गाहरू चिसा भएका थिए । सूर्योदय कामना गर्दै चरा-चुरुङ्गी ओत लागेर चिर्वीर गर्दै थिए.... ।
***
म ईश्वर भक्तिमा लीन भएँ । बादल गड्गड्याउन थाल्यो । झरीले शनै: शनै: उग्र रुप लियो । म अविचलित भै डटिरहें । सायद मेरो बहादुरी देखेर ईश्वर समेत नतमस्तक भए क्यार मसामु । केही बेरको ठुलो वर्षा आफ-से-आफ रोकिन पो पुग्यो । सूर्यदेव अम्बरमा देखा परे, धेरै दिनपछि । चरा-चुरुङ्गी ओत लागेको ठाऊँ छाडेर आ-आफ्नो गन्तब्यतर्फ अग्रसर हुन थाले । म ध्यानमा डुबें, डुबिरहें ।
मेरो ध्यान भङ्ग गर्न भनीं यौटा स्त्रीले अरुण नदीको पल्लो छेऊ नृत्य गर्न थाली । उसको पाउजुको स्वर सुनेर म उसप्रति लालायित भएँ । मलाई अरुण पारी जान मन लाग्यो । तर, म पारी कसोरी पुग्न सक्थें र त्यस दम्भित जलवेगलाई चिरेर ? ऊ मसमीप आउन थाली, अरुणको उग्र जलवेगमा पौडी खेल्दै । म त्रसित भएँ । अनायासै म चिच्याएँ, "आफ्नो ज्यानको माया छैन तिमीलाई ?"
अर्को क्षण त्यो स्त्री मेरो बाहुपाशमा बेरिन पुगेकी थिई । उसलाई देख्ता मलाई यस्तो लाग्यो, मानौं हाम्रो जन्म-जन्मान्तरको साइनो छ । मैंले प्रश्न गरें, "तिमी को हौं ?"
"म अरुणिमा", उसले भनीं, "अरुण-नदीकी पुत्री अरुणिमा!"

मलाई अनौठो लाग्यो त्यो सब । तर, स्वप्न थिएन त्यो कुरा, म विपनीमैं विचरण गर्दै थिएँ । म अरुणिमाको जालमा परिसकेको थिएँ । उसका अङगहरू रुझेका थिए तापनि उसको सामिप्यतामा मलाई अनौठो न्यानोपनको आभास भैरहेथ्यो । के त्यो न्यानोपन प्रेमको प्रतिक थियो र ? मेरो मगजभित्र प्रश्नचिह्नहरूको छाल बग्यो । मैंले अरुणिमालाई बिस्तारै आफ्नो आलिङ्गनमा कसें । मेरो धैर्यको सीमाना टुट्दै गयो । मैंले उसका केश सुम्सुम्याउन पुगें । बेहद नै प्रभावशाली महक उसका अङ्गहरूबाट प्रवाहित हुन पुगे, वरपर ।
प्रकृतिको यो कस्तो उपहार ! अर्को क्षण पुन: वर्षा हुन थाल्यो र मैंले अरुणिमालाई चुम्बन गर्न थालें, बेहद नै रसीला चुम्बन! मेरो शरीर शिथिल हुन थाल्यो । मैंले सुस्केरे लवजमा उसलाई प्रश्न गरें, "मसँग विवाह गर्छ्यौ ?"
उसले मेरा आँखामा हेरी । केवल मुस्काई ऊ । मधुर मुस्कान थियो त्यो, कोमल-कोमल, सौम्य!
उसले मेरा अधरहरूलाई आफ्ना हत्केलाले थिचेर भनीं, "हाम्रो विवाह सम्भव छैन । म एक साधारण मछुवारिन, माछा मारेर जीविकोपार्जन गरिरहेकी छु । तँपै हुने-खाने ब्रहामण देखिनुहुन्छ...."
"मन मिलेपछि जातको के कुरा भो र अरुणिमा! "
"ठिक छ", उसले भनीं, "मा आफ्नो पिताजीसँग अनुमति लिएर आउँछु ।"
ऊ अरुणको तटऊपर पुगी र फर्केर मतर्फ हेर्दै मुस्काई । मैंले पनि प्रतिउत्तरमा मुस्काइदिएँ । अरुण नदीबाट यौटा ठुलो छाल बगेर त्यस तटउपर आइपुग्यो, जसले अरुणिमालाई आफ्नो वेगसँगै बगाएर लग्यो । म चिच्याएँ, "अरुणिमा! अरुणिमा!!"
अरुणिमाले ठुलो स्वरले अट्टाहास हाँस्दै भनीं, "म अरुणिमा हूँ, अरुणिमा! अरुण पुत्री अरुणिमा । मलाई यहाँ कसैको डर छैन, कसैको डर छैन......"
ऊ शनै: शनै: अरुणभित्र समावेश हुन थाली र मेरा नयनसामु नै ऊ चुर्लुम्म डुबी अरुणभित्र ।
मैंले मुकदर्शक बन्नु सिवाय अरु केही गर्न सकिन । अनायासै मेरा आँखाबाट दुई थोपा आँसु खसेर अरुण किनारको रेतउपर मिल्किए । मैंले बुझ्न सकिन, आफ्नै आँसुको त्यो रहस्य । के अरुणिमाका निम्ति ती आँसु खसेका थिए र ?
Share this article :

No comments:

Post a Comment

Total Desktop view for chukuprakash

number of visits track
Now online in this blog

NOW IN NEPAL..
Please follow me at my Personal facebook ID. Follow Me at chukuprakash's twitter account.
 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger